कृत्रिम बौद्धिकताबारे तालिम सम्पन्न
- जेष्ठ १०, २०८३
विश्व स्वास्थ्य सङ्गठनले चालू महामारी कति लामो समय जाने हो कुनै टुङ्गो नभएको बताएको छ । सुन्दा यो कुरा नमीठो भए पनि आज संसारको वास्तविकता यही हो । डब्ल्युएचओका विज्ञहरूले कोरोना भाइरसले कहिल्यै पनि संसार नछोड्ने अथवा आफू जत्तिकै सङ्क्रामक अरु कुनै भाइरस छोडेर जानसक्ने सम्भावनाको विषयमा संसार सजग हुनुपर्ने बताएका छन् । यसको अर्थ अबको संसार कोभिड–१९ भाइरसअघिको संसारभन्दा भिन्न हुनेछ । भिन्न संसारको निम्ति मानिसले आफ्नो व्यवहार र जीवनपद्धतिमा पनि परिवर्तन ल्याउनुपर्नेछ । अब मानिसले आफ्नो अस्तित्व रक्षाको लागि प्रकृतिको संरक्षण र संस्कृतिमा परिवर्तन ल्याउनुपर्नेछ । प्रकृतिको अत्यधिक दोहनको कारण आज मानिस यस्तो विकराल परिस्थिति भोग्न बाध्य भएका छन् । तसर्थ प्रकृतिमाथिको अत्याचार र दोहन अन्त्य गरिनुपर्छ । पृथ्वी मानिसको मात्र गृह होइन, संसारका अरु असङ्ख्य जीवजन्तु र बोटबिरुवाको साझा वासस्थान हो । त्यसकारण मानिसले आफूलाई मात्र केन्द्रमा राखेर नभई पृथ्वीका अन्य सबै प्राणीको हितलाई पनि ध्यान दिनुपर्छ । सर्वश्रेष्ठ प्राणी भन्दै मानिसले अरुको अस्तित्व नै नमान्ने अन्यायपूर्ण व्यवस्था र सोच अन्त्य गर्नुपर्छ ।
मानिसको व्यवहार नै संस्कृति हो । कोभिड–१९ महामारीले मानिसको सोच, व्यवहार र संस्कृतिमा पनि परिवर्तनको माग गरेको छ । समाजमा विभेद चर्काउने कुनै पनि सोच आत्मघाती भएको आजसम्मको अनुभवबाट मानिसले सिक्नुपर्छ । सामाजिक विभेदले अन्ततः सबैलाई पराजित गर्ने कुरा कोरोनाको क्रममा संसारभर देखिएका दृश्यबाट पुष्टि गरेको छ । कसैले पनि आफूलाई सर्वशक्तिमान र अरुभन्दा बलियो वा भिन्न भनी सोच्छ भने त्यसको परिणाम सबैको लागि घातक हुनेछ । तसर्थ हामीसँग समाजमा विभेद निम्त्याउने व्यवहारलाई बिदा दिनुको विकल्प छैन । अनावश्यक क्षेत्रमा फजुल खर्च गर्नुभन्दा मानिसको लागि अत्यावश्यक शिक्षा, स्वास्थ्य, विज्ञान र पूर्वाधारमा खर्च गर्नुपर्ने पाठ पनि अहिलेको विपत्तिले हामीलाई सिकाएको छ ।
विडम्बना ! संसारका शासकहरूमा अझै पनि आफू अरुभन्दा भिन्न र सर्वशक्तिमान भन्ने चिन्तनमा कति पनि सुधार आएको छैन । कोरोनाको महामारीले पनि ती मानिसको सोचाइमा अझै परिवर्तन ल्याउन सकेको देखिएन । महाशक्ति ठानिएको अमेरिकाको शासकदेखि संसारकै गरिबमध्ये पर्ने नेपालका शासकसम्मले यस्तो चिन्तन त्याग्न सकेका छैनन् । अमेरिकी शासक डोनाल्ड ट्रम्प आजको विषम परिस्थितिमा पनि गरिब देशविरुद्ध नाकाबन्दीमाथि नाकाबन्दी थोपरिरहेका छन् । भाइरसको कारण लाखौँ लाख मानिस मर्नु न बाँच्नुको दोसाँधमा रहेको क्षणमा उनलाई आज पनि आफू संसारकै सबभन्दा शक्तिशाली भन्ने भान परेको छ । यो समस्या आज नेपालका शासकमा पनि देखिएको छ । देशमा कोरोना भाइरसको सङ्क्रमण दिनानुदिन बढिरहेको छ । अझै पनि कोरोनाको महामारीसँग लड्न प्रशस्त पूर्वाधार छैन । यस्तो परिस्थितिमा शुक्रबार राष्ट्रपतिको तामझामका साथ संसद भवनमा ‘सवारी’ चलाइँदै छ । कानुनमा उल्लेख भएको भन्दैमा ‘के बिरालो बाँधेर सराद्ध’ गर्नैपर्ने हो र ? देश र संसारको परिस्थितिलाई बुझेर के यसमा सरलता ल्याउन सकिन्न ? त्यो तामझाममा लाग्ने खर्च के दैनिक ज्यालादारी गरी खाने नेपालीको पेट भर्न प्रयोग गर्न सकिन्न ? जनताले कोरोना भाइरसको महामारीकै कारण परापूर्वकालदेखि चल्दै आएको संस्कार र चाडपर्व यो वर्ष नमनाउने सुझबुझपूर्ण निर्णय गर्नसक्छ भने राष्ट्रपतिको तामझामपूर्ण सवारी रोक्न सकिन्न र ? के यो व्यवहारमा परिवर्तन आवश्यक छैन ? परिस्थितिले मानिसको व्यवहार निर्धारण गर्ने हो, व्यवहार र परम्पराले परिस्थिति निर्धारण हुने गर्दैन । समयले सिकाएको पाठ सिक्न नसक्ने मानिसले अझ कठिन परिस्थिति सामना गर्नुपर्ने दिन आउन सक्छ, बुद्धिमत्तापूर्ण निर्णय गरौँ ।
Leave a Reply