भर्खरै :

संस्कृतिको पहिचान र संरक्षण जरुरी

संस्कृतिको पहिचान र संरक्षण जरुरी

भक्तपुर, ८ असोज । भक्तपुर नगरपालिका वडा नं. २ को आयोजनामा बिहीबार संस्कृतिकर्मीहरूको भेला भयो ।
उक्त कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले युवाहरू सांस्कृतिक क्षेत्रमा सक्रिय भई आफ्नो संस्कृति पहिचान र संरक्षण गर्न निरन्तर लाग्न आवश्यक रहेको चर्चा गर्नुभयो ।
उहाँले समाजवादी व्यवस्थामा मात्र बहुमत जनताको हित हुने चर्चा गर्दै जनतालाई सचेत र सङ्गठित गर्न निरन्तर सङ्घर्ष गर्नुपर्ने बताउँदै समाजमा काम गरिखाने वर्ग नै स्थापित हुने चर्चा गर्नुभयो ।
साबिक वडा नं. १० का पूर्ववडाध्यक्ष आशकुमार कोजुले गाईजात्रामा प्रदर्शन गर्ने गीत, नाटक, ख्यालहरूबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटना परिघटनाबारे सन्देश र सचेतनामूलक हुने भएकोले निरन्तर गर्नुपर्ने बताउनुभयो । उहाँले आफ्नो भाषा, संस्कृति जोगाई राख्न जहाँ जुन देशमा गए पनि निरन्तर आत्मसात गर्नुपर्ने बताउनुभयो ।
वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाको सभापतित्वमा भएको उक्त कार्यक्रममा गणेशप्रसाद सुवाल, सरोज दथेपुथे, श्यामसुन्दर मातांले वडाले गर्दै आइरहेको विकास निर्माण कार्यहरूको जानकारी दिनुभयो ।
कार्यक्रममा वडा सदस्य मन्जु लाखाजुले पनि बोल्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *