चिकपाद्वारा पार्टी स्वशासनलाई दृढताका साथ सुदृढ गर्न रणनीतिक योजनाहरू तयार
- आश्विन ६, २०८३
भक्तपुर, ७ असोज । भक्तपुर नगरपालिकाभित्र सञ्चालित स्वास्थ्य संस्थाहरूको आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा नगरपालिकाअन्तर्गत सञ्चालित विभिन्न स्वास्थ्य संस्थाहरूले वर्षभरि सञ्चालन गरेका गतिविधि तथा हासिल गरेका प्रगति प्रस्तुत गरेका थिए ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्वास्थ्य संस्थाहरूले प्रस्तुत गरेको प्रगति तथा गतिविधिको प्रशंसा गर्दै भक्तपुरलाई स्वास्थ्य सेवाको हबको रूपमा विकास गर्न नगरभित्रका स्वास्थ्य संस्थाहरूले गुणस्तरीय र प्रभावकारी सेवा प्रवाह गर्नुपर्ने बताउनुभयो ।
उहाँले प्राणघातक रोगहरूको उपचारसमेत भक्तपुरमै उपलब्ध हुनु सकारात्मक रहेको उल्लेख गर्दै भक्तपुर क्यान्सर अस्पताल सरकारी स्वामित्वमा आएपछि सर्वसाधारणलाई उपचारमा थप सहज भएको बताउनुभयो । अस्पताललाई अझ व्यवस्थित र प्रभावकारी बनाउन नगरपालिकाले आफ्नो तर्फबाट भूमिका खेलिरहेको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै, ख्वप अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गतको सेवा एक दिन पनि नरोकी निरन्तर सञ्चालन गरिरहेको उल्लेख गर्दै विभिन्न कठिनाइका बाबजुद पनि नगरपालिकाले स्वास्थ्य बीमाको सेवामा निरन्तरता दिएको प्रमुख प्रजापतिले बताउनुभयो ।
उहाँले वार्षिक समीक्षा कार्यक्रमले स्वास्थ्य संस्थाहरूले गरेका गतिविधि, उपलब्धि तथा कमजोरीहरूको समीक्षा गरी आगामी दिनमा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने बताउनुभयो ।
प्रमुख प्रजापतिले ख्वप अस्पतालको स्थापना कोभिड–१९ महामारीको सङ्कटपूर्ण समयबाट भएको स्मरण गर्दै अस्पतालले छोटो समयमै प्रगतिउन्मुख काम गर्दै आएको बताउनुभयो । नगरवासीलाई गुणस्तरीय र सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालले आगामी दिनमा अझ राम्रो सेवा प्रदान गर्ने दिशामा काम गरिरहेको उहाँले उल्लेख गर्नुभयो ।
Leave a Reply