ल्याटिन अमेरिकामा साम्राज्यवाद र गैरसरकारी संस्थाहरू
- बैशाख ८, २०८२
नेपाल मजदुर किसान पार्टीको मुखपत्र ‘मजदुर–किसान’ को पहिलो अड्ढको प्रकाशन विसं २०३५ मा भएको हो । पार्टीको सैद्धान्तिक मुखपत्रको रूपमा प्रकाशित ‘मजदुर–किसान’ विभिन्न आरोह–अवरोह पार गर्दै अगाडि बढ्यो । हाते लिथो मेसिनबाट छपाइ तथा लेटर प्रेसबाट छपाइका चरण पार गर्दै विसं २०६८ (सन् २०११) असारबाट रङ्गीन कलेवरसहित म्यागाजिन आकारमा द्वैमासिकको रूपमा प्रकाशन हुन थाल्यो । मुखपत्रको पूर्णाङ्क२४ हालै प्रकाशित भयो । प्रकाशनले भर्खरै दसौँ वर्षमा प्रवेश ग¥यो ।
मुखपत्रको उद्देश्य
एक समारोहबीच नेमकिपाका अध्यक्ष का. रोहितले २०६८ असार २ गते भक्तपुरस्थित बासु कलेजको सभाकक्षमा प्रथम अड्ढको सार्वजनिकीकरण गर्नुभयो । सो कार्यक्रममा उहाँले देश र जनताभन्दा व्यक्तिगत सुख–सुविधालाई प्राथमिकता दिने पुँजीवादी विचारविरूद्ध जनतालाई सुसूचित पार्न, पार्टीको दृष्टिकोण, दस्तावेज, अनुभव र पुराना कुरा जनतासमक्ष पु¥याउन मुखपत्र प्रकाशित भएको प्रस्ट पार्नुभयो । उहाँले भन्नुभयो, “पार्टी कार्यकर्ताहरूलाई सिद्धान्त र दर्शनबारे सुसूचित पारिएन भने हाम्रो श्रम, समय र योगदान खेर जानेतर्फ कार्यकर्ताहरू सचेत हुन आवश्यक छ ।”
अध्यक्ष रोहितले थप्नुभयो, “कार्यकर्ताहरूको वैचारिक स्तर उठाउन, सांस्कृतिक परिवर्तन गर्न नै मुखपत्र प्रकाशन भएको हो ।” सोही क्रममा उहाँले कम्युनिस्ट कार्यकर्ताहरूलाई विचलित पार्दै पथभ्रष्ट बनाउन पुँजीवादी तथा साम्राज्यवादी देशहरूले अनेकौँ जालझेल गर्ने हुनाले उच्च सतर्कता एवम् प्रतिरोध क्षमताको विकासमा जोड दिनुभयो । मुखपत्र प्रकाशनको अन्तर्य बुझ्न यी भावना पर्याप्त छन् । पार्टी मुखपत्र र कार्यकर्ताको भूमिकाबारे राख्नुभएको सो विचार आज पनि हरेक कार्यकर्ताले आत्मसात् गर्नुपर्ने देखिन्छ । मुखपत्रको सार्वजनिकीकरण गर्नुहुँदै उहाँले भन्नुभयो, “हामी समाजवादको निम्ति सङ्घर्षरत छौँ । पुँजीपतिहरूको विरोधमा कामदारवर्गको हितमा क्रियाशील छौँ । समाजवाद र समाजवादीहरूको प्रचार प्रसार कुनै पुँजीपतिले गर्दैन । यसकारण, हाम्रो विचारको प्रचार, हाम्रो सङ्घर्षको प्रचार हामी आफैले गर्नुपर्छ ।” (मजदुर–किसान, अङ्क२) । यी शब्दले मुखपत्रको प्रकाशनको गम्भीर महत्व तथा कार्यकर्ताको जिम्मेवारीबारे प्रस्ट पार्छ । मुखपत्र र कार्यकर्ताबीचको अन्योन्याश्रित सम्बन्ध बोध गराउँछ । त्ससैले त भनिएको हुनुपर्छ, मुखपत्र भनेको पार्टीको वैचारिक झन्डा हो र क्रान्तिको रातो झन्डा हो । यो झन्डाको गौरव र शान बढाउनु हरेक कार्यकर्ताको परम् कर्तव्य हो ।
मुखपत्रको औचित्य तथा आवश्यकताबारे थप प्रस्ट पार्दै ‘मजुदर–किसान’ को पहिलो अङ्क(२०६८, असार–साउन) को सम्पादकीय भन्छ – “कुनै राजनीतिक दलको सिद्धान्त, नीति वा ठम्याइलाई वैचारिक समर्थन वा खण्डन गर्नुपरेमा आधिकारिक आधार पाउन गा¥हो छ । यस्तो अप्ठ्यारो स्थितिमा ‘मजदुर–किसान’ जस्तो एक औपचारिक मुखपत्र प्रकाशन गर्ने निर्णय निश्चय पनि सकारात्मक पक्ष हो ।” राजनीतिक दल भनेको निश्चित विचार, सिद्धान्त या दर्शनको आधारमा स्थापना हुने गर्दछ । तर, राजनीतिक दलले विचार मन्थन, बहसलाई छोडेर फरक बाटो हिँडेको खण्डमा कस्तो दुर्घटना हुन्छ, हाम्रो देशले अनुभव गर्दै छ । राजनीतिक दलले समाजको एउटा निश्चित वर्गको प्रतिनिधित्व गर्दछ । तर, राजनीतिक दल स्वयम् जब वर्ग भुल्छ र निश्चित जात, भाषा, क्षेत्रको वकालत गर्न थाल्दछ समाजले कस्तो स्वरूप धारण गर्छ, समाज कतातिर जान्छ ? हामी आज त्यसका भुक्तभोगी हौँ । राजनीतिक दल त विचारको निकेतन, चिन्तनको चौतारी र आमूल परिवर्तनको संवाहक हो । त्यसको निम्ति विचार, सिद्धान्त, नैतिकता र व्यवहार अपरिहार्य हुन्छ । विचारबाट प्रेरित, शिक्षित तथा दीक्षित कार्यकर्ताको समूह नै राजनीतिक सङ्गठन हो । यी सबै पक्षमा उदासिनता देखाएर अगाडि बढ्ने भनेको भिड हो, सङ्गठन होइन । भिडले भाँडभैलो मच्चाएमा के आश्चर्य ? शासक दलहरूको पार्टी भिडमा परिणत भएकै कारण आज जनताले दुःख पाउँदै छन् । देशले दुर्दशा भोग्दै छ ।
‘मजदुर–किसान’ को उद्देश्यबारे प्रकाश पार्दै सोही सम्पादकीयमा स्पष्ट भनिएको छ , “विभिन्न देशको परिचय, ती देशका साम्राज्यवादविरोधी सङ्घर्ष, सामन्तवादविरोधी प्रजातान्त्रिक आन्दोलन एवम् समाजवादी क्रान्तिबारे पनि परिचय दिँदै जानु यसको उद्देश्य हो ।”
मुखपत्रको अध्ययन तथा अन्तरक्रिया
पहिलो अड्ढमा प्रकाशित अन्तर्वार्तामा अध्यक्ष रोहितले ‘मजदुर–किसान’ लाई शुभकामना दिनुहुँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन, कामदारवर्गको आन्दोलन, संसारका साम्राज्यवादविरोधी तथा समाजवादी र प्रजातान्त्रिक देशहरूका सङ्घर्षबारे मुखपत्रले जानकारी दिने विश्वास व्यक्त गर्नुभयो । यसरी अध्यक्ष रोहितले विश्वदृष्टिकोण निर्माणका लागि कार्यकर्ताहरूलाई उत्साहित गर्नुपर्नेमा जोड दिनुभयो र मुखपत्रलाई त्यस कार्यमा पार्टी पाठ्यपुस्तकको रूपमा प्रस्तुत गर्न तथा ग्रहण गर्न मार्गनिर्देश गर्नुभएको हरदम स्मरणमा राख्नुपर्ने देखिन्छ । पार्टी साहित्यको गहन अध्ययन गरी देश र कामदार जनताको दीर्घकालीन हितमा कार्यकर्ता केन्द्रित हुनुपर्ने अन्तर्वार्तामा व्यक्त विचार गुरूमन्त्र सरह हुन् ।
मुखपत्रको निरन्तरता एवम् व्यापकता आवश्यक भएझैँ त्यसको गम्भीर अध्ययन, छलफल तथा अन्तरक्रिया र प्रतिक्रिया पनि उत्तिनै आवश्यक हुन्छ । मुखपत्र तथा पार्टी साहित्य अध्ययन नगर्ने, चासो नदेखाउने, अल्छि गर्ने या प्रचार नगर्ने आफैँमा एक खालको सांस्कृतिक समस्या त हो नै र त्यो समस्या नै अरू धेरै गम्भीर समस्याको कारण बन्ने खतरा हुन्छ । एक कार्यकर्ताको निम्ति कामदार वर्गीय पार्टीले दिने सबैभन्दा महत्वपूर्ण कुरा भनेको वैचारिक खुराक तथा सैद्धान्तिक ऊर्जा हो । र, एकजना कार्यकर्ताका निम्ति पार्टीबाट प्राप्तिको नाउँमा कुनै मूल्यवान् चीज सम्भव छ भने त्यो विचार तथा दृष्टिकोण नै हो । त्यही वैचारिक हतियारले कार्यकर्तालाई जनताको आँखाको नानी बनाउँछ, क्रान्तिको निर्भिक सिपाही बनाउँछ र नयाँ मानिस बन्नसमेत अभिप्रेरित गर्दछ । यस अर्थमा विचार प्रवाह नगर्ने, सिद्धान्तको मतलब नगर्ने पार्टीको पतन जसरी अवश्यम्भावी हुन्छ त्यसरी नै पार्टीको विचार तथा सिद्धान्तलाई आत्मसात् नगर्ने तथा ग्रहण गर्न नचाहने कार्यकर्ता पनि गलत पुष्टि हुँदै जाने सम्भावना प्रबल हुन्छ । विश्व इतिहासले बताउँछ, विचारले नै नयाँ संस्कृति निर्माण तथा नयाँ परिवर्तनको आधारशिला तयार गर्छ । सिद्धान्तमा विचलन भयड्ढर डरलाग्दो हुन्छ । सोभियत संशोधनवादको पतन तथा सोभियत सङ्घको विघटन र पूर्वी युरोपको दुर्घटना त्यसका ज्वलन्त उदाहरण हुन् ।
मुखपत्र ः वैचारिक झन्डा
नेमकिपाले स्थापनाकालदेखि सैद्धान्तिक तथा वैचारिक पक्षमा जोड दिँदै आएको जगजाहेर छ । वैचारिक सङ्घर्षकै क्रममा नेमकिपाको स्थापना भएको हो । सङ्घर्षका अनेक उपाय अपनाएर कामदार जनताबीच माक्र्सवादी शिक्षा प्रचार गर्ने, पिछडिएका बस्तीमा समाजवादी विचार पु¥याउने र त्यसैको आधारमा तल्लो वर्गका जनताको सङ्गठन निर्माण गर्दै वर्गसङ्घर्षको विकास गर्ने अथक यात्रा नेमकिपाले जारी राख्दै छ । नेमकिपा एक्लैले भए पनि नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेको संशोधनवाद, वामपन्थी तथा दक्षिणपन्थी अवसरवादविरूद्ध वैचारिक सङ्घर्ष गर्दै छ । अहिलेको परिप्रेक्ष्यमा नेपालको वामपन्थी आन्दोलनको यो नै महत्वपूर्ण जिम्मेवारी हो । कारण, संशोधनवाद तथा अवसरवाद ठूलो चुनौतीको रूपमा खडा छ । त्यसैविरूद्ध नै निरन्तर सङ्घर्ष जारी छ । साथै, भारतीय विस्तारवाद, संरा अमेरिकी साम्राज्यवादविरूद्धको सङ्घर्षलाई तीव्र पार्नुपर्ने अहिलेको आवश्यकता हो । अमेरिकी साम्राज्यवाद भारतीय विस्तारवादलाई उक्साएर नेपाललाई अप्ठ्यारोमा पार्ने र चीनविरुद्ध प्रयोग गर्ने चाँजापाँजो मिलाउँदै छ । त्यसैको पछिल्लो कदम भनेको एमसीसी हो । साम्राज्यवाद तथा विस्तारवादका मतियार तथा दलालहरूलाई यतिखेर बिनामोलाहिजा वैचारिकरूपमा उदाङ्ग्याउने जिम्मेवारी ‘मजदुर–किसान’ मुखपत्रको काँधमा पनि छ । यी कार्य नेमकिपा र नेमकिपाका कार्यकर्ताबाट अझ बढी सम्भव छ किनभने नेमकिपा पुँजीवादी सत्ता स्वार्थमा फस्दैन । विदेशी शक्तिको छहारीमा रमाउँदैन ।
नयाँ अङ्कबारे
यही सिलसिलामा कोभिड – १९ को बन्दाबन्दीको बेलासमेत ‘मजदुर–किसान’ मुखपत्रको २४ औँ अङ्क कार्यकर्ता तथा पाठकमाझ पुग्नु सुखद विषय हो । यस अङ्कले समेटेका साम्राज्यवादविरोधी लेखरचना समयकै माग तथा आवश्यकता हुन् । महामारीको बखत संरा अमेरिकी साम्राज्यवादको मानवताविरोधी गतिविधि तथा चरित्रको चिरफारले सही दृष्टिकोण निर्माणमा कार्यकर्ताहरूलाई जरूर सहयोग पु¥याउनेछ । यो अङ्क साम्राज्यवादको शल्यक्रिया अङ्क हो भन्दा पनि फरक नपर्ला ¤ विश्वभरि समाजवाद र पुँजीवादबारे बहस चलिरहँदा मुखपत्रको यो अङ्कबाट थप आलोचनात्मक दृष्टि मिलेकोे अनुभव कार्यकर्ताहरूले गर्नेे निश्चित छ ।
अन्तमा,
पार्टी साहित्यको प्रकाशन तथा प्रवद्र्धनमा सहयोग गर्नु हरेक कार्यकर्ता तथा सदस्यको जिम्मेवारी हो । त्यस कार्यमा गौरवबोध गर्न सक्नु एक गम्भीर तथा अनुशासित कार्यकर्ताको गुण नै हो । ‘मजदुर–किसान’ मुखपत्र तथा पार्टी साहित्यको अध्ययन एउटा संस्कृति तथा जीवनपद्धतीको रूपमा विकास गर्ने अभ्यासमा सम्पूर्ण कार्यकर्ता उत्साहका साथ जुट्नु आजको आवश्यकता हो । यसलाई हृदयङ्गम गर्न ढिलाइ नगर्नु बुद्धिमानी हुनेछ ।
Leave a Reply