‘स्टन्ट’ मा मग्न गृहमन्त्रीलाई छैन प्रक्रियाको सुझबुझ
- बैशाख ६, २०८३
प्रधानमन्त्री ओली केही समयअ घि आफ्नो जन्मोत्सव मनाउन जन्मथलो गएका थिए । हेलिकप्टर चढेर लावालश्करसहित नेपालको नक्सा अड्ढित केक काटेर मनाएको भव्य जन्मोत्सव समारोह अहिले भारतले नेपालको भूमिमा बनाएको बाटोको पूर्वसड्ढेत रहेछ कि यो काकतालीमात्र हो !? प्रम ओलीले सबभन्दा पहिले केक कुन छेउबाट काटे ? महाकाली कि बागमती ? त्यो थाहा भएन !
अहिले धेरैलाई एउटा जिज्ञासा उठेको छ । प्रम ओलीको प्यारो जन्मथलोको आँगन मिचेर कुनै छिमेकीले बाटो बनाए, गोठ वा शौचालय बनाए उनले के गर्दा हुन् ? अथवा भक्तपुरको घर–आँगन छिमेकीले मिचे आफू बालुवाटारको भव्य भवनमा बसेर ऐशोरामको जीवन बिताइरहेकोले ‘थाहै भएन’ भनेर बस्दा हुन् या आफ्नो हक सुरक्षाको लागि अतिक्रमणकारी छिमेकीसँग दरो कुरा गर्दा हुन् वा वडा–पालिका, प्रहरी अदालतमा उजुरी दिँदा हुन् ? केही त पक्कै गर्दा हुन्, संसार यस्तै हो भनेर ‘ज्ञानी’ बनेर बस्ने थिएनन् ¤ छिमेकीलाई एउटा ‘कूटनीतिक नोट’ पठाएर आफ्नो कर्तव्य पूरा गरेको जस्तो भने ठान्ने थिएनन्, यो पक्का हो ।
त्यस्तै सत्ताधारी पार्टीका अध्यक्ष दाहालको कुरा छ । देशका महाधनीहरूमध्येका एक दाहाल ‘सर्वहारा नेता’ हुन् ¤ थाहा भएसम्म उनको घर काठमाडौँमा छैन । तर, चितवनको घर–आँगन सबैले मिचे ‘कूटनीतिक माध्यमबाट वार्ता’ भनिरहँदा हुन् या बन्दुक नै उठाउँदा हुन् ? यस्ता प्रश्न र जिज्ञासा पूर्वप्रमहरू माधव नेपाल, शेरबहादुर देउवा, बाबुराम भट्टराई, झलनाथ खनाल … को सन्दर्भमा पनि स्वाभाविकरूपमा उठ्छ । तिनीहरूको घर–आँगन अरूले मिचे भारतले नेपालको भूमि मिच्दा जस्तो ‘उपदेशक’ भएर बस्ने थिएनन् – यो शतप्रतिशत सत्य हो ।
भारतले नेपालको सीमा अतिक्रमण गरेको, भूमि हडपेको, दशगजा मिचेको, बाँध र बाटो बनाएर नेपाली भूमि डुबानमा पारेको लगायतका समस्या २०७६ सालमा सिर्जना भएको–गरेको होइन । यदि वर्तमान र पूर्व प्रमहरू योग्यता र क्षमता, लक्ष्य र उद्देश्य, नीति र कार्यक्रम लिएर अनि कर्तव्य र दायित्व बुझेर पदको आकाङ्क्षा राखी पदासीन भएका हुन् भने यी समस्या समाधानको लागि ठोस पहल गर्थे, गर्नुपथ्र्यो । वर्तमान प्रमलाई सल्लाह र उपदेश दिएर पूर्वप्रमहरू साखुल्ले बन्ने थिएनन्, पानीमाथिको ओभानो बनेर आफ्नो लाचारी र अक्षमता प्रदर्शन गर्ने थिएनन् । ६ दशकभन्दा पुरानो समस्या आज या भोलि नै समाधान हुनेछैन । त्यसैले प्रम ओलीले पनि भोलिका प्रमलाई त्यस्तै सल्लाह र उपदेश दिएर साखुल्ले बन्ने कुरा आजै अनुमान गर्न सकिन्छ । किनभने, सिंहदरबारले आजसम्म साँचो अर्थमा देशभक्त प्रधानमन्त्री पाएको छैन, कुनै दरबारका चाकडीबाज, कुनै भारतका प्यादा, कुनै अमेरिकाका भक्तमात्र पाएको छ । नेपाल र नेपालीका प्रधानमन्त्री कहिले आउने हुन् ?
हिजो कथित जनयुद्धको बेला ‘बादल’ नामले चर्चित रामबहादुर थापा आज गृहमन्त्री छन् । उनको बुझाइ छ – पूर्वशासकहरूको गल्तीले नेपालमा भारतीय सेना तैनाथ भएको र त्यसको परिणाम अहिले नेपालीले भोग्नुपरेको ! कसैलाई थाहा नभएको ‘दिव्यज्ञान’ थापालाई भएछ ! त्यो ‘दिव्यज्ञान’ हिजो बन्दुक बोकेको बेला आएको भए सायद त्यो पीडा आज नेपालीले भोग्नुपर्ने थिएन ! दुर्भाग्य !! ‘नकचरो’हरूलाई लाज हुँदैन भनेको यही हो । पूर्वशासकहरूले गरेका ‘गल्ती’ पछिका शासकहरूले सुधार्नुपर्छ, त्यसैले देशमा बहुदल ‘लोकतन्त्र’ र गणतन्त्र ल्याइएको हो । गल्ती सुधार्न नसक्ने, सुधार्न ठोस पहल गर्न आँट पनि नगर्ने, पूर्वशासकहरूलाई दोष थुपारेर ‘झन्डा’ हल्लाउने जागीर खानु के आफ्नो योग्यता र क्षमताको परिचय हो ? कतै यो बुझाइ जुन पूर्वशासकले गल्ती गरेको हो सुधार्ने सच्याउने जिम्मेवारी पनि उसैको हो अर्थात् प्रम ओलीको केक कटाइजस्तो पूर्वसड्ढेत हो ? होइन भने पूर्वशासकहरूले गल्तीको ‘दिव्य ज्ञान’ भट्याएर नेपाली जनताको रगत पसिनामा रजाइँ गर्न कहाँ पाइन्छ ?
दुईतिहाइको सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको तन–मन एमसीसीमा केन्द्रित छ । नेपालको सार्वभौम भूमिमा भारतले बाटो बनाएको प्रम ओलीलाई थाहा नभए पनि परराष्ट्रमन्त्री ज्ञवालीलाई थाहा रहेछ ! भारतले सन् २००५ मा निर्णय गरेको, २००८ मा निर्माण सुरू गरेको, २०१४ मा तीव्रता दिएको … सबै कुरा थाहा रहेछ ¤ तर, त्यो कुरा प्रमलाई थाहा नदिनुको अर्थ भने बुझिएन । कतै आफ्नो प्रमलाई नदिई अरू कसैलाई दिए कि ¤ ? एमसीसीमा ध्यान केन्द्रित भएकोले बिर्से कि ? अन्यथा यति गम्भीर कुरामा प्रमलाई अँध्यारोमा राख्ने काम एक मन्त्रीलाई कुनै दृष्टिले पनि सुहाउँदैन, उचित हुँदैन ।
‘कूटनीतिक नोट’ पठाएर ‘कर्तव्य निर्वाह’ गरिरहेको परराष्ट्र मन्त्रालयसँग भारतले अतिक्रमण गरेको भूमि नेपालको भएको थुप्रै प्रमाण पनि रहेछ ¤ तर, पनि ‘कूटनीतिक नोट’ मा हस्ताक्षर गर्न किन डराउँछ ? सरकारी जग्गा खरिद गर्ने ज्ञवालीले लालपुर्जा देखाएजस्तै ती प्रमाण दिन किन अन्कनाइरहेछन् ?
सिंहदरबारमा ढलिमली गरिरहँदा केही नगर्ने वा गर्न नसक्ने तर पूर्वप्रम र मन्त्री भएपछि गर्नुपर्ने काम कर्तव्य फुर्ने सायद परम्परा हो !
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष एवम् पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले हालै अन्तर्राष्ट्रिय सीमा सिद्धान्तमा भोगाधिकारको कुरा आउने बताएका छन् । यो गम्भीर कुरा हो । भारतले हडपेका भूमिको प्रमाण हामीसँग भए पनि भारतले जबरजस्ती भोगचलन गरेको कारण हाम्रो प्रमाण कमजोर हुनसक्ने उक्त भनाइको आशय देखिन्छ । नेपालको ७१ ठाउँमा ६० हजार हेक्टरभन्दा बढी भूमि भारतले अतिक्रमण गरिराखेको छ, यसको अर्थ भोगचलन पनि गरिराखेको छ । त्यसैले भारतले हडपेको भूमि फिर्ता लिन र विदेशी सेना धपाउन वार्ता गर्ने, अन्तर्राष्ट्रिय अदालत र संरा सङ्घमा जाने वा बल प्रयोग गर्ने जे गर्ने हो अविलम्ब गर्नुपर्ने देखिन्छ । त्यसबाट ‘भोगाधिकार’ विच्छेद हुन्छ, हाम्रो प्रमाणलाई थप बल प्रदान हुन्छ । रेग्मीको ‘ज्ञान’ ले यति कुरा बुझियो तर उनी पदमा छँदा त्यो ज्ञान किन प्रयोगमा ल्याएनन् ? व्यवहारमा किन प्रदर्शन गरेनन् ? के पदमा हुँदा त्यो ज्ञान फुरेको थिएन ? अथवा नदुखेको टाउको डोरीले बाँधेर किन दुःखाउने भनेर ‘तालुमा फलेको आलु’ खाएर बसे ?
पदबाट हटेपछि महाज्ञान फुर्नेहरूमा नेकाका पूर्वरक्षामन्त्री भीमसेनदास प्रधान पनि परेका छन् । उनले भनेका छन् – “सिमानामा नखटिने हो भने नेपाली सेनाको के काम ?” कुरा साँचो हो ? यस्तो ‘ज्ञान’ पूर्वरक्षामन्त्री विद्या भण्डारीलगायतलाई पनि फुरेको होला तर वर्तमान रक्षामन्त्री ईश्वर पोखरेललाई फुरेको छ कि छैन, अज्ञात छ !
देशमा बहुदल पुनःस्थापना यता सत्तामा सबभन्दा धेरै पटक र समय बस्ने नेका नै हो । तर, एक समाचारअनुसार देशको सिमानामा नेपाली सेनाको एउटा पनि पोस्ट छैन । कि सदरमुकाममा छ कि व्यापार र ठेक्का स्थलमा सेनाको बाक्लो उपस्थिति छ । प्रहरी शान्ति–सुरक्षाको लागि, सेना सीमा रक्षाको लागि भन्ने स्थापित मान्यता हो, प्रचलन हो । तर, सीमा सुरक्षामा अनुपस्थित राख्ने काम पूर्वदेखि वर्तमान सरकारसम्मले किन गरिरहेका छन् ? जवाफ कसले दिने ? अनि यसको दोषभागीलाई के गर्ने ? चिन्तन तपाइँ पाठकले गर्नूस् … !
Leave a Reply