भर्खरै :

समर्पण र सरलताका प्रतीक हो चि मिन्ह – ४

सन्दर्भ : १३० औँ हो चि मिन्ह दिवस
डीएन वीएन फू र जेनेभा सम्झौता
            फ्रान्सेली उपनिवेशवादीहरूले ७–८ वर्षदेखि भियतनामलाई पुनः आफ्नो पञ्जामा पार्न भियतनामको भित्री भागसम्म पुगेर प्रतिरोधलाई समाप्त पार्ने उद्देश्य राखेर उत्तर भियतनामको एक रणनीतिक विन्दु डीएन वीएन फू ९म्ष्भल द्यष्भल एजग० कब्जा गरे । भियतनामी मजदुर पार्टी र राष्ट्रपति होले डीन वीएन फूमा शत्रुलाई उन्मूलन गर्ने निर्णय गर्नुभयो । २० नोभेम्बर १९५३ मा घमासान युद्ध सुरु भयो, शत्रु सेना चारैतिर जनताको सेनाबाट घेरियो । २५९ शत्रुका चौकीहरू ध्वस्त भए र १० हजार वर्ग किलोमिटरका ३ लाख जनता मुक्त भए ।
            डीएन वीएन फूको लडाइँ साम्राज्यवादी शक्ति र समाजवादी शक्तिबीचको प्रतिष्ठाको लडाइँ बन्यो । २७ जनवरी १९५० डिसेम्बरदेखि १९५३ सम्म संरा अमेरिकी साम्राज्यवादले लाखौँ टन युद्ध सामग्री र हजारौँ टैंक, सयौँ हवाईजहाज, विभिन्न प्रकारका हात–हतियार र अमेरिकी र कठपुतली सेना दक्षिण भियतनाममा उतार्‍यो । संरा अमेरिका भियतनाममा फ्रान्सेली साम्राज्यवादको ठाउँ आफूले लिन खोज्दै थियो र ३५० हवाईजहाजले बम खसाल्दै थियो । तिनीहरू भियतनाममा अणुबम खसाल्ने धम्की दिंदै थिए ।
            यता समाजवादी देशहरूले पनि डीएन वीएन फूलाई आफ्नो प्रतिष्ठाको विषय बनाए । चीन, प्रजग कोरिया र भियतनामी जनताले आ–आफ्नो राम्रा लडाकुहरूमार्फत डीएन वीएन फूमा सुरु· युद्ध चलाएर संसारमा पहिलोपटक साम्राज्यवादीहरूले हेलिकप्टर र हवाइजहाज प्रयोग गरे तापनि ७ मई १९५४ मा साम्राज्यवादीहरूलाई आत्मसमर्पण गर्न बाध्य बनाए । त्यसबेला रिचार्ड निक्सन ९च्ष्अजबचम ल्ष्हयल० अमेरिकी उपराष्ट्रपति थिए भने एड्मिरल राडफोर्ड ९ब्मmष्चब िच्बमायचम० संरा अमेरिकी संयुक्त सर्वोच्च सेना नायकहरूको संयुक्त समितिका अध्यक्ष थिए । डीएन वीएन फूमा लडाइँ चल्दै थियो र उता जेनेभामा शान्ति सम्झौता हुँदै थियो ।
जेनेभा सम्झौता
            फेब्रुअरी १९५४ मा सोभियत सङ्घले शान्ति सम्मेलनको प्रस्ताव राख्यो र ४ मई १९५४ मा शान्ति सम्मेलन सुरु भयो । सम्मेलनमा संरा अमेरिका, फ्रान्स र बेलायत एकातिर थियो भने सोभियत सङ्घ, चीन र भियतनाम अर्कोतिर थियो । बैठक बस्नुभन्दा पहिले साम्राज्यवादीहरू पनि आपसमा सल्लाह गर्थे भने समाजवादी देशहरूको माझमा पनि सरसल्लाह हुन्थ्यो । २० जुलाई १९५४ मा सैनिक र राजनैतिक विषयको सम्झौतामा हस्ताक्षर भयो । भियतनामी प्रतिनिधिमण्डलको नेतृत्व फान झा· डो·ले गरेका थिए ।
            २१ जुलाई १९५४ मा जेनभा शान्ति सम्झौताको घोषणापत्र प्रकाशित भयो । त्यस घोषणाअनुसार भियतनाम एक स्वतन्त्र, सार्वभौम र अखण्ड राष्ट्र हो । १७ औँ समानान्तर रेखाको उत्तरमा प्रजातान्त्रिक गणतन्त्र भियतनाम र दक्षिणको सङ्गोनको सरकार तथा त्यो समानान्तर रेखा अस्थायी हो र ३६५ दिनभित्र बालिग मताधिकारको आधारमा भएको महानिर्वाचनले देशलाई एकीकरण गर्ने, सबै विदेशी सेना भियतनामबाट हट्नुपर्ने दुवै भियतनामले सैन्य कारबाही नचलाउने तथा दुवै भियतनाम कुनै फौजी गुटमा सामेल नहुने आदि त्यसको सार हो ।
१९५४१९६० को अघोषित युद्ध
            संरा अमेरिकाले जेनेभा सम्मेलन असफल पार्न अनेक कोसिस गर्‍यो तर त्यसो गर्न नसकेपछि वार्ता र सम्मेलन बिथोल्ने उद्देश्यले अमेरिकी प्रतिनिधिमण्डलले सम्मेलन बहिष्कार गर्‍यो । हङकङमा बसिरहेका सत्ताच्युत राजा बाउ दाइसँग संरा अमेरिकाले सम्झौता गरी दक्षिण भियतनाममा अमेरिकी सेना उतार्‍यो ।
            २१ जुलाई १९४५ मा अमेरिकी राष्ट्रपति आइजनहावरले घोषणा गरे, “सम्मेलनको घोषणालाई मान्न सम्मेलनको एक सहभागी पक्ष बाध्य हुनेछैन ।” पछि उनले स्वीकार गरे, निर्वाचन भएमा ८० प्रतिशत मत हो चि मिन्हको पक्षमा खस्नेछ । यसकारण संरा अमेरिकाले जेनेभा सम्मेलन बहिष्कार गरेको थियो । त्यसबेलासम्म सम्भवतः समाजवादी शक्तिले साम्राज्यवादी शक्तिबाट त्यस्तो जालसाझी गर्ने वा त्यस्तो अपराध गर्ने सम्भावना देखेको थिएन ।
            १ अक्टोबर १९५४ मा संरा अमेरिकाले न्गो डिन्ह डीम ९ल्नय म्ष्लज म्ष्बm० लाई राष्ट्रपति बनाई एक कठपुतली सरकार गठन गर्‍यो । त्यस सरकारमार्फत अमेरिकी साम्राज्यवादले १९६० सम्ममा ८० हजार जनताको हत्या गर्‍यो, २३ हजार घाइते बनायो, २ लाख ७५ हजार जनतालाई कारागारमा कोच्यो र ५ लाख जनतालाई शारीरिक यातना दिने शिविरमा बन्दी बनायो ।
            अमेरिकी साम्राज्यवादको त्यस अत्याचारको विरोधमा दक्षिण भियतनामको मुक्ति मोर्चाले १९६० डिसेम्बर महिनादेखि सबै उमेर, लि·, जात–जाति, धार्मिक सम्प्रदाय र राजनैतिक समुदायहरूले जस्तालाई तस्तैको सङ्घर्ष सुरु गरे ।
विशेष युद्ध (१९६०६४)
            १९६० को अन्ततिर केनेडी प्रशासनले भियतनाममा दोस्रो पटक संरा अमेरिका असफल भएको स्वीकार गर्‍यो । ११ मई १९६१ मा उपराष्ट्रपति  जोनसन सङ्गोन पुगे र कठपुतली न्यो डिन्ह डीम सरकारसँग एक संयुक्त विज्ञप्ति प्रकाशित गर्‍यो । त्यो एक प्रकारको सैनिक सम्झौता थियो । त्यस सम्झौताले दक्षिण भियतनामको युद्धलाई झन् चर्कायो ।
हो मित्रता र सद्भाव भ्रमणमा
            १९५५ जुलाई महिनामा राष्ट्रपति होले पार्टी र सरकारको प्रतिनिधिमण्डलको नेतृत्व गरी समाजवादी मित्र भ्रातृ देशहरू सोभियत सङ्घ र चीन र म·ोलियाको मैत्रीपूर्ण भ्रमण गर्नुभयो ।
            १९५८ फ्रेबुअरी महिनामा उहाँले एसियाली देश भारत र बर्माको पनि पार्टी र सरकारको प्रतिनिधिमण्डलको भ्रमणको नेतृत्व गर्नुभयो ।
            फ्रेबुअरी १९५९ मा उहाँले पार्टी र सरकारको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै इन्डोनेशियाको भ्रमण गर्नुभयो । भ्रमणमा सबै देशका सरकार र जनताले उहाँ र भियतनामी प्रतिनिधिमण्डलको भव्य स्वागत गरे तथा भियतनामी जनताको सङ्घर्षप्रति सबैले सद्भावना देखाए र प्रशंसा प्रकट गरे । त्यसबेला उहाँको ध्यान ‘धेरै साथी बनाउने र शत्रु कम’ गर्नेमा थियो । व्यापक संयुक्त मोर्चा उहाँको नीति थियो । उहाँ दुस्साहसवाद, व्यक्तिगत बहादुरी र गैरसर्वहारा वर्गीय चरित्रको आलोचना गर्नुहुन्थ्यो । राजनैतिक, आर्थिक र सांस्कृतिक मुक्तिको निम्ति उहाँ साँचो भूमिसुधार, जोताहालाई भूमि, जनतालाई साँचो प्रजातान्त्रिक स्वतन्त्रताहरूमा जोड दिनुहुन्थ्यो ।
            पार्टी सङ्गठनबारे उहाँ भन्नुहुन्थ्यो, ‘पार्टीको बनावटमा प्रारम्भिक समिति ९ऋभिि० सबभन्दा तल्लो एकाइ हो र जनतामा यो नै पार्टीको आधार हो । त्यही प्रारम्भिक समितिकै नेतृत्वमा सारा पार्टी र राज्यको काम कार्यान्वयन हुन्छ । यदि प्रारम्भिक समिति राम्रो भयो भने पार्टी बलियो र दृढ हुन्छ । सबै काम व्यवस्थितरूपले अगाडि बढ्छ । यसकारण कार्यकर्ताहरूलाई निरन्तर निगरानी गर्नुपर्छ, प्रारम्भिक समितिहरूलाई दृढ बनाउनुपर्छ, पार्टीको माथिल्ला पदाधिकारीहरूले प्रारम्भिक समितिहरूमा गहिरो ध्यान पुर्‍याउनुपर्छ र तिनीहरूको कार्यमा सहकार्य गर्नुपर्छ ।
            संरा अमेरिकाले ‘सीमित युद्ध’ र ‘बढ्दो युद्ध’ ९ष्mिष्तभम ध्बच बलम ध्बच कभअबकिबतष्यल० को नाममा प्रजातान्त्रिक गणतन्त्र भियतनाममा निरन्तर बम वर्षा गर्न लाग्यो । विद्यालय, अस्पताल, आवास क्षेत्र, सहर बजार आदि हरेक क्षेत्रमा जथाभावी बम खसाल्यो । खेत, खलिहान, पोखरी र बगैँचाहरूमा समेत बम वर्षा गरेर धेरै धनजनको क्षति गर्‍यो ।
            संरा अमेरिका भियतनाम युद्धमा फस्दै गयो, दोस्रो विश्वयुद्धमा जति हातहतियार र बम वर्षा भएको थियो, त्यति नै परिणाममा बम वर्षा संरा अमेरिकाले गर्‍यो । नापाम बम, विषालु, रसायनिक एजेन्ट ओरेञ्ज
किटाणु युद्ध, हवाइजहाज र हेलिकोप्टरबाट पेट्रोल  छरेर ज·लमा आगो लगाउनेजस्ता सबै युद्ध अपराधहरू अमेरिकी साम्राज्यवादले गर्‍यो । आजसम्म नापाम बम, रसायनिक हतियार, किटाणु युद्धबाट पीडित हिजोका पुस्तामात्र होइन, अहिले तेस्रो पुस्तासमेत बिकला·, छाला रोग मस्तिष्क, श्वास प्रश्वास आदि रोगहरूबाट पीडित छन् । युद्धको ४० वर्षपछि पनि वर्षमा हजारौँ भियतनामीहरू गाडिएका
(बारुदी सुरुङ) बमहरू पड्केर मर्दै छन् र घाइते हुँदै छन् । त्यसको क्षतिपूर्ति अमेरिकी साम्राज्यवादले दिइरहेको छैन ।
            अमेरिकी साम्राज्यवादको त्यस अमानवीय हमलाको विरोधमा दक्षिण भियतनामी मुक्ति मोर्चाले परम्परागत हातहतियार, सर्प, अरिङ्गाल भ्यागुतो, गुरिल्ला युद्धका अनेक उपायहरूमार्फत आफ्नो देशको मुक्तिको निम्ति सङ्घर्ष गर्दै गयो । आफ्नो इज्जत जोगाएर भियतनामको युद्धबाट भाग्न अमेरिकी साम्राज्यवादले सोभियत संशोधनवादीहरूको सहयोग माग्यो, सोभियत सङ्घ र चीनबीचको फाटोलाई झन चर्काउने जालसाझी गर्‍यो । तर, केही सीप नलागेर अमेरिकी राष्ट्रपति १९ जनवरी १९६९ मा पेरिस सम्मेलनमा बस्न राजी भयो । सम्मेलनमा दक्षिण भियतनामी मुक्ति मोर्चाले १९५४ को जेनेभा सम्मेलनकै आधारमा टेकेर भियतनामको पूर्ण मुक्ति, सम्पूर्ण विदेशी सेना भियतनामबाट हटाउनुपर्ने, एक स्वाधीन र सार्वभौम र भूखण्ड भियतनामको निम्ति सङ्घर्ष गर्‍यो ।
            भियतनामी जनताले  आफ्ना सबै बल र बुद्धि लगाए । अमेरिकी राजदूतावास र सैगोन सरकारको राष्ट्रपति भवन पनि भियतनामी कमान्डो आत्महत्या दलले कब्जा गर्‍यो । तल्लो तला र माथिल्लो तल्लामा दक्षिण भियतनामी मुक्ति मोर्चाको झन्डा फहराइयो । टेलिफोनमार्फत त्यस कमान्डो अमेरिकी साम्राज्यवादीलाई बतायो – भित्र आउने कोसिस गरेमा अमेरिकी राजदूतावास र कठपुतली राष्ट्रपति भवन बममा उड्नेछ ।’ साम्राज्यवादीहरू भित्र पुग्ने आँटै गरेनन् र २४ घण्टापछि कमान्डो टोली कहाँ गयो, पत्ता लगाउन सकेनन् । आफ्नो कठपुतली राष्ट्रपतिलाई अमेरिकी साम्राज्यवाद आफैँले सैनिक विद्रोह गराई हत्या गर्‍यो ।
हो चि मिन्हका अन्तिम दिनहरू
            स्वतन्त्रता आन्दोलन, मुक्ति युद्ध, समाजवादी क्रान्ति र साम्राज्यवादको विरोधबारे सोभियत पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीको दृष्टिकोणमा आनकातान फरक थियो । सोभियत नेतृत्व ‘शान्तिपूर्ण बाटो’, ‘शान्तिपूर्ण प्रतिस्पर्धा’ र ‘साम्राज्यवादको चरित्र फेरिसकेको’ जस्ता फलाको गर्थे भने चिनियाँ पार्टी नेतृत्व जनताको भरमा सशस्त्र सङ्घर्षका विविध रूपबाट साम्राज्यवादलाई धुलो चटाउने पक्षमा थियो । यस्तै बेला सोभियत पार्टी र सरकारले हो चि मिन्हलाई ‘लेनिन पदक’ ले विभूषित गर्ने निर्णय गर्‍यो र त्यसलाई ग्रहण गर्न मस्कोमा निमन्त्रणा गर्‍यो ।
            त्यसको उत्तरमा हो चि मिन्हले सार्‍है कूटनैतिक भाषामा जवाफ दिनुभयो – भियतनामका सम्पूर्ण देशवासी साम्राज्यवादी आक्रमणको विरोधमा जीवन–मरणको सङ्घर्षमा छन् । मैले मनमा लिएको थिएँ – भियतनाम र भियतनामी जनताको मुक्तिपछि हामीलाई सहयोग, समर्थन र सहानुभूति राख्ने सबै मित्र र मित्र पार्टीहरूप्रति कृतज्ञता प्रकट गर्न पुग्नेछु । तर, साम्राज्यवादविरोधी सङ्घर्ष चालू नै छ र हामी गम्भीर सङ्घर्षको स्थितिमा छौँ । यसकारण यस्तो अवस्थामा देश र जनता छोड्न मनासिब नहुँदा तपाईँहरूको ‘लेनिन पदक’ को सम्मान ग्रहण गर्न आउन नपाउँदा म सार्‍है दुःखी छु ।
            हो चि मिन्हको यो उत्तरले सोभियत पार्टी र सरकारप्रति उहाँको दृष्टिकोण र भियतनामी पार्टीको स्थिति पनि प्रस्ट हुन्छ ।
            उहाँको स्वास्थ्यको समस्या पुरानै थियो । औलो, क्षयरोग र चुरोटको लतले उहाँको स्वास्थ्यलाई बरोबर दुःख दिइरहन्थ्यो । यसकारण स्वास्थ्यको स्थितिलाई हेरेर उहाँले आफ्नो इच्छापत्र कोर्नुभयो । जो निम्न प्रकारको छ –
भियतनामी प्रजातान्त्रिक गणतन्त्र
स्वाधीनतास्वतन्त्रतासुख
५ अक्टोबर १९६९
            राष्ट्रिय मुक्तिको निम्ति हाम्रा जनता संरा अमेरिकी आक्रमणको विरोधमा अझ धेरै कठिनाइ र बलिदान चाहिने भए पनि हामी पूर्ण विजयको निम्ति सङ्घर्षरत छौँ ।
            यो नै हाम्रो विश्वास हो
            पछि दक्षिण र उत्तरका हाम्रा वीर देशवासी, कार्यकर्ता र लडाकुलाई बधाई दिने विचार छ तथा ज्येष्ठ नागरिक र हाम्रा प्यारा युवा र बालबालिकाहरूसँग भेट्ने मेरो इच्छा छ ।
            अनि हाम्रो जनताको तर्फबाट समाजवादी शिविरका भ्रातृ देश र संसारका सबै मित्र देशहरूमा गएर संरा अमेरिकाको विरोधमा जनताको देशभक्तिपूर्ण सङ्घर्षमा उहाँहरूको हार्दिक समर्थन र सहयोगको निम्ति धन्यवाद दिन जानेछु ।
            चीनको ताङ वंशको अवधिका प्रसिद्ध कवि तु फूले लेखे, “सधैँ सबै ७० वर्षको उमेरमा कम पुग्न पाउँछन् ।” यो वर्षमा ७९ वर्ष पुगेँ, मैले आफूलाई ती ‘कम’ मा गणना गरेँ, तैपनि मेरो मस्तिष्क पूरै चञ्चल पाउँछु, केही वर्ष भन्दा पहिले मेरो स्वास्थ्य केही कमजोर भएको पाउँछु । जसले ७० वर्षभन्दा बढी वसन्त देखेको हुन्छ, उमेर बढेअनुसार स्वास्थ्यमा र्‍हास आउँछ । यो आश्चर्यको विषय होइन । तर, कसलाई थाहा छ र ? मैले क्रान्ति, मातृभूमि र जनताको सेवा कहिलेसम्म गर्न सकुँला भनेर ?
            कार्ल माक्र्स, भीआई लेनिन र अन्य क्रान्तिकारी ज्येष्ठहरूकहाँ भेट्ने पूर्वअनुमानको कारण म केही पङ्क्ति लेखेर छोड्दै छु, अनि देशभरिका जनता, पार्टीका हाम्रा कामरेड र संसारका हाम्रा मित्रहरूलाई आश्चर्य हुनेछैन । घनिष्ट एकता, कामदार वर्ग, जनता, मातृभूमि र हाम्रो पार्टीप्रतिको पूर्णसमर्पणको प्रशंसा गर्छु । स्थापनाकालदेखि नै हाम्रो पार्टी दृढ सङ्घर्षको निम्ति एकपछि अर्को सफलताको निम्ति, एक हुन, स·ठन गर्न र जनतालाई नेतृत्व गर्न योग्य भयो ।
            एकता हाम्रो पार्टी र जनताको सबभन्दा मूल्यवान परम्परा हो । केन्द्रदेखि प्रारम्भिक समितिसम्मका सबै कामरेडहरूले एकतालाई जोगाई राख्नुपर्छ र आफ्नो आँखाको नानीजस्तै पार्टीको एकतालाई जोगाई राख्नुपर्छ । पार्टीभित्र प्रजातन्त्र स्थापना गर्न निरन्तर र गम्भीररूपले आत्म–आलोचना र आलोचना लागू गरिरहनुपर्छ, पार्टीलाई बलियो बनाउने, ऐक्यबद्धतामा विकास गर्ने र एकता कायम राख्ने सबभन्दा राम्रो उपाय हो । मैत्रीपूर्ण स्नेह कायम राख्नुपर्छ ।
            हाम्रो पार्टी सरकारमा रहेको पार्टी हो । हरेक पार्टी सदस्य, हरेक कार्यकर्ताले क्रान्तिकारी नैतिकतालाई गम्भीररूपले आत्मसात गर्नुपर्छ । परिश्रम, मितव्ययिता, निष्ठा, इमानदारी र पूर्णसमर्पण हुनुपर्छ । सार्वजनिक हित चाहने र पूर्णरूपले निस्वार्थी हुनुपर्छ । पार्टीले पूर्ण पवित्रतालाई जोगाउनुपर्छ र एक नेताको रूपमा आफ्नो भूमिकालाई सक्षम साबित गर्नुपर्छ र जनताको सेवाप्रति पूर्णरूपले समर्पित सेवकको रूपमा योग्य साबित गर्नुपर्छ ।
            युवा सङ्घका कामदार सदस्य र युवा जनता साधारणरूपले असल छन्, तिनीहरू सधैं अगाडि बढ्न तयार छन्, कठिनाइहरूदेखि निडर र प्रगतिको निम्ति उत्सुक छन् । पार्टीले तिनीहरूको क्रान्तिकारी गुणहरूलाई अगाडि बढाउनुपर्छ र तिनीहरूलाई समाजवाद निर्माणको निम्ति ‘क्रान्तिकारी’ र ‘खप्पिस’ दुवै किसिमले हाम्रा उत्तराधिकारीहरूको रूपमा तालिम दिनुपर्छ ।
            भविष्यका क्रान्तिकारी पुस्ताका तालिम र शिक्षाको ठूलो महत्व र आवश्यकता छ ।
            हाम्रा परिश्रमी जनताले पहाड र तराईमा जस्तै पुस्तौँ पुस्तादेखि कठिनाइहरू सहेर, सामन्ती र औपनिवेशिक थिचोमिचो र शोषण सहे, तिनीहरूसँग धेरै वर्षको युद्धको पनि थप अनुभव छ ।
            जनताले ठूल–ठूला वीरता, साहस, उत्साह र परिश्रम प्रदर्शन गरेका छन् । तिनीहरूले पार्टीको स्थापनाकालदेखि विनासर्त सधैँ पार्टीमा समर्पित छन् । पार्टीले जनताको जीवनलाई निरन्तर सुधार गर्न आर्थिक र सांस्कृतिक विकासको निम्ति प्रभावकारी योजनाहरू तयार गर्नुपर्छ ।
            संरा अमेरिकी आक्रमणविरुद्धका प्रतिरोध युद्ध अझ लामो हुनेछ । जनताले धन र जनको नयाँ–नयाँ बलिदान दिनुपर्नेछ । जुनसुकै परिस्थितिमा पूर्ण विजयसम्मको निम्ति हामीले अमेरिकी आक्रमणसँग लड्न हाम्रो प्रतिबद्धतालाई दृढ बनाउनुपर्छ
            हाम्रा पहाडहरू सदा रहनेछन् ।
            हाम्रा जनता सदा रहनेछन्,
            अमेरिकी आक्रमणहरू हार्नेछन्, हामी
            हाम्रो भूमिलाई दश दोब्बर सुन्दर बनाउनेछौँ ।
            अगाडि जतिसुकै कठिनाइ र गार्‍होफारो भए पनि जनताको पूर्ण विजय निश्चित छ । संरा अमेरिकी साम्राज्यवादीहरू निश्चय पनि भाग्नेछन् । हाम्रो मातृभूमि जरुरै पुनः एक हुनेछ । दक्षिण र उत्तरका हाम्रा देशवासीहरू निश्चय पनि एउटै छानामुनि पुनः एक हुनेछन् । हामी एउटा सानो राष्ट्र भए पनि वीरतापूर्ण सङ्घर्षको कारण दुई ठूला साम्राज्यवादीहरू फ्रान्सेली र अमेरिकीहरूलाई हराउँदा ठूलो प्रतिष्ठा कमाउनेछौँ र संसारको राष्ट्रिय मुक्ति आन्दोलनमा उच्च योगदान गरेकोमा हामीले ठूलो गौरव प्राप्त गर्नेछौँ ।
            विश्व कम्युनिस्ट आन्दोलनबारे क्रान्तिको निम्ति सम्पूर्ण जीवन अर्पण गरेको व्यक्तिको रूपमा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र मजदुर आन्दोलनको प्रगतिबाट म झनै गौरवान्वित छु, भ्रातृ पार्टीहरूको माझको हालको मत मतान्तरले म अति दुःखी छु ।
            म आशा गर्छु, पार्टीले भ्रातृ पार्टीहरूमा एकता पुनःस्थापना गर्न माक्र्सवाद–लेनिनवाद र सर्वहारा अन्तर्राष्ट्रवादको आधारमा उद्देश्य र भावनालाई मिलाउने गरी प्रभावकारी ढ·ले सबभन्दा बढी योगदान गर्नेछ ।
            भ्रातृ पार्टी र देशहरू फेरि एक हुनेमा म पूर्णरूपले विश्वस्त छु ।
            मेरो सम्पूर्ण जीवन मातृभूमि, क्रान्ति र जनताको सेवाको निम्ति मेरो मन र शक्तिले सेवा गरेँ । यदि मैले अहिले नै संसार छोड्नु परेमा अझ बढी र लामो समयसम्म सेवा गर्न पाइनँ भन्ने बाहेकमा कुनै चित्त दुखाइ छैन ।
            म बितेपछि जनताको समय र धनलाई खेर जान नदिन भव्य अन्त्येष्टिलाई पन्छाउनु पर्छ । अन्तमा, सारा जनता, सम्पूर्ण पार्टी, पूरै सेना, मेरा भतिजा र भतिजीहरू, युवा र किशोर–किशोरीहरूलाई मेरो असीम स्नेह छ । हाम्रा कामरेड र साथीहरूलाई संसारका सबै युवा र किशोर–किशोरीहरूलाई मेरो हार्दिक शुभकामना छ ।
            मेरो अन्तिम इच्छा हो – सम्पूर्ण पार्टी र जनता घनिष्ठरूपले मिलेर आ–आफ्नो प्रयत्नबाट एक शान्तिपूर्ण पुनः एकीकृत, स्वाधीन, प्रजातान्त्रिक र समृद्ध भियतनामको निर्माण हुनेछ र विश्व क्रान्तिको निम्ति मूल्यवान योगदान हुनेछ ।
हनोई १०, मई १९६९

Leave a Reply

Your email address will not be published. Required fields are marked *