बेलायतले १८ औँ शताब्दीमा अस्ट्रेलियामा आफ्नो उपनिवेश विस्तार ग¥यो । बेलायती उपनिवेशवादीहरूले त्यहाँका आदिवासीहरूको जमिन लुटे र तिनीहरूबीच रोग–व्याधि फैलाएर दुर्गम ठाउँमा लखेटे । बेलायती उपनिवेशवादीहरूले अरू उपनिवेशहरूमा जस्तै अस्ट्रेलियामा पनि बेलायती कारागारका बन्दीहरूलाई कठोर श्रम गराउँथे । ती बन्दीहरू सबै अपराधीहरू थिएनन् बरु, पुँजीवादी सरकारविरोधी राजनैतिक बन्दी र मजदुर आन्दोलनकारीहरू पनि थिए ।
अस्ट्रेलियाको संसद् भन्नाले राजा वा महारानी, माथिल्लो सदन (राष्ट्रियसभा) र प्रतिनिधिसभा (संसद्) लाई जनाइँछ । अस्ट्रेलियाको राज्यका प्रमुख अहिले बेलायती महारानी नै हुन् । त्यहाँको राष्ट्रियसभा संरा अमेरिकाको माथिल्लो सदन सिनेटसँग मिल्दोजुल्दो छ । प्रतिनिधिसभा र मन्त्रिमण्डलको बन्दोबस्त बेलायत (वेष्ट मिनिस्टर) को जस्तै छ । यस हिसाबले हेर्दा अस्ट्रेलिया बेलायतकै एउटा अङ्गजस्तै छ र प्रभाव भने संरा अमेरिकाको बलियो छ । यसकारण यसलाई बेलायत–अमेरिका वा ‘पश्चिमी साम्राज्यवादको पछि दगुर्ने कुकुर’ को रूपमा हेर्ने गरिन्छ । कोरिया युद्ध (१९५०–१९५३) मा अस्ट्रेलियाले अमेरिकी साम्राज्यवादको सेवा ग¥यो । अहिले पनि अष्ट्रेलिया सरकार स्वतन्त्र देखिन्न । अष्ट्रेलियामा अमेरिकी सेना छ ।
अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन प्रतिक्रियावादी र अमेरिकी वा ट्रम्पको पिछलग्गू देखिन्छ । उनले ‘कोभिड–१९ चीनले फैलाएको हुनाले स्वतन्त्र र निष्पक्ष जाँचबुझ गर्ने माग गरे । केही महिनादेखि नै ट्रम्पले चीनसँगको व्यापार युद्धमा नराम्रोसँग प्रहार खाँदा अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन र विदेशमन्त्री मरिस पेनजस्ता ट्रम्पका पिछलग्गूलाई अगाडि सारियो ।
संरा अमेरिकाले आफ्नो आलोचना, विरोध र निन्दा गर्ने देशमा गृहयुद्ध भड्काएर ‘आणविक अस्त्र’ र ‘रासायनिक हतियार’ बनाउन खोजेको जस्ता आरोप लगाई संयुक्त राष्ट्र सङ्घलाई जाँचबुझ गर्न प्रयोग गर्छ । जब अमेरिकाले आरोपित देशमा त्यस्तो खतरनाक हतियार छैन भन्ने थाहा पाउँछ उसले त्यस देशमाथि हमला गरेर ध्वस्त पार्छ । त्यसको ज्वलन्त उदाहरण इराक हो । अमेरिकी साम्राज्यवादले क्युवा र कोरियामा पनि जाँचबुझ गर्ने माग गर्दा ती दुवै देशले ठाडै अस्वीकार गरे ।
सद्दाम हुसेनले अमेरिकी डलरमा होइन, ‘युरो’ मा व्यापार गर्न खोजेको र लिबियाका कर्नेल गद्दाफीले संयुक्त राष्ट्र सङ्घको कार्यालय अर्कै महादेशमा सार्नुपर्ने बताएका थिए । ती दुवै देशले तेल खानीहरू निजी गर्न अस्वीकार गरेपछि दुबै देशलाई संरा अमेरिकाले आधुनिक हातहतियार प्रयोग गरी ध्वस्त पा¥यो । सिरियामा पनि अमेरिकी आक्रमण चालू छ, इरानलाई पनि छानबिन गर्ने माग अमेरिकाले गर्दै छ  ।
संसारलाई थाहा भइसकेको छ– चीनको उहानमा अमेरिकी सेनाले नोवेल कोरोना भाइरस सारेका थिए । सन् २०१९ को अगष्ट महिनामा फोक्सोको निमोनिया फैलिएको थियो । त्यसलाई ई–चुरोटबाट फैलिएको बताउँदा ताइवानी चिकित्सकले त्यस रोगबाट नभई कोरोना भाइरसबाट मृत्यु भएको हुनसक्नेबारे संरा अमेरिकी सम्बन्धित अधिकारीहरूलाई पत्रसमेत लेखेका थिए, त्यसलाई बेवास्ता गरियो ।
त्यो रोग फैलिनु अगाडि संरा अमेरिकी रोग नियन्त्रण केन्द्र र रोकथाम केन्द्र (सीडीसी) ले मेरिल्यान्डको फोर्ट डेट्रिकस्थित संरा अमेरिकी सेनाको प्रमुख जीवशास्त्र प्रयोगशाला बन्द गराएको थियो । जीवाणु चुहावटको सम्भावना देखाएर सो प्रयोगशाला बन्द गरिएको थियो । अमेरिकी सेनालाई प्रयोगशाला पूर्णतः बन्द गर्न आदेश दिइएको थियो । प्रयोगशाला बन्द भएको केही समयपश्चात् कथित ‘ई–चुरोट’ को सङ्क्रमणको हल्ला फैलिएको थियो ।
सेप्टेम्बर २०१९ मा संरा अमेरिकी हवाई टापुमा केही जापानी नागरिकलाई पनि त्यस्तै रोग लागेको थियो । रोग लागेका कोही पनि मानिस कहिल्यै चीनको भ्रमण गरेका थिएनन् । यो रोग चीनको उहानमा महामारी फैलिनुअघि नै संरा अमेरिकी भूमिमा फैलिएको थियो । फोर्ट डेट्रिकको प्रयोगशाला बन्द गरेको केही समयपछि नै यो रोगको सङ्क्रमण फैलियो ।

 प्रधान image
 प्रधान

Leave a Reply

Your email address will not be published. Required fields are marked *