निर्वाचनबारे संवाद ५
- चैत्र १०, २०८२
दैलेख, २ जेठ । नेपाल मजदुर किसान पार्टीले दैलेख जिल्लाको चामुण्डा विन्द्रासैनी नगरपालिकाको वडा नं ३ मा पनि वडा अध्यक्षसहित पूरै पदमा विजय प्राप्त गरेको छ । नेमकिपाका निरक बहादुर शाहीले ३४५ मत प्राप्त गरी वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । त्यस्तै वडा सदस्यहरुमा बासुदेव कँडेलले ३७०, मन बहादुर विश्वकर्माले ३५०, महिला वडा सदस्यमा मनसुपा तारामीमगरले ३५४ र दलित महिला सदस्यमा टिकावती सार्कीले ३६५ मत प्राप्त गरी विजय हासिल गर्नुभएको हो
Leave a Reply