एफिल टावरमुनि अमेरिकी नाकाबन्दीको विरोध र क्युवाप्रति ऐक्यबद्धता
- श्रावण १२, २०८३
संरा अमेरिकी सहरहरूमा चालु विरोध प्रदर्शनलाई जातिवादविरुद्धको आक्रोशको अभिव्यक्ति, प्रहरी निर्ममताको भत्र्सना र ट्रम्प सरकारको अविश्वासको मतको रूपमा व्यापक चर्चा गरिएको छ । अहिलेको आन्दोलनले मूलतः लामो समयदेखि अमेरिकी समाजको सबभन्दा पिछडिएका र जोखिममा रहेका हिस्सामाथि लामो समयदेखि हुँदै आएको अत्याचार उजागर गरेको छ । अमेरिकी समाजको त्यो तप्कासँग असफल न्याय व्यवस्थाप्रति आफ्नो निराशा, आक्रोश, भ्रम र दुःख विरोध प्रदर्शनमा पोख्नुको अर्को विकल्प छैन ।
संरा अमेरिकी राजनीतिक नेताहरू र उनीहरूका समर्थकहरू ‘कानुनी शासन’ लाई आफ्नो व्यापार चिन्ह (ब्रान्ड) को रूपमा र बाँकी विश्वलाई नमूना ढाँचाको रूपमा देखाउने गर्दै आएका छन् । तर, संरा अमेरिकाको इतिहासले भने उसको यो आत्मस्वाभिमानलाई टेवा दिने गरेको छैन ।
संरा अमेरिकामा लामो समयदेखि अफ्रिकी अमेरिकी जनताविरुद्ध प्रहरी हिंसा एउटा वास्तविकता बन्दै आएको छ । सन् १९६०–दशकका नागरिक अधिकार आन्दोलनका नेता मार्टिन लुथर किङ जुनियरले सन् १९६३ को मार्च महिनामा वासिङ्टनमा दिएको भाषणमा व्यक्त ‘प्रहरी निर्ममताको आतङ्क नभएको दिन’ को सपनामाथि प्रहरीले निर्मम दमन गर्दै आएको छ । पछिल्ला वर्षमा केही सकारात्मक काम र केही कानुनले अफ्रिकी अमेरिकीहरूको जीवनमा केही झिनामसिना सुधार भएका छन् । तर, लामो समयदेखि जग बसालेको सामाजिक रोग भने सजिलै निको हुने देखिएको छैन । बरु अफ्रिकी अमेरिकी जनतामाथिको अत्याचार अझ बढिरहेको छ । सन् १९९१ मा अफ्रिकी अमेरिकी नागरिक रोड्नी किङमाथि लस एन्जल्समा प्रहरी अधिकारहिरूले गिरफ्तार गरी निर्मम कुटपिट गरे । सन् २०१४ मा एक निःशस्त्र अफ्रिकी अमेरिकी माइलक ब्राउनलाई गोली हानी मारियो । सन् २०१५ मा बाल्टिमुर प्रहरी विभागका छ जना प्रहरीले २५ वर्षका अफ्रिकी अमेरिकी बासिन्दा फ्रेड ग्रेको हत्या गरे । सीबीसीको तथ्याङ्कअनुसार सन् २०१४–१५ मा उच्च पदस्थ प्रहरी अधिकारीहरूले अफ्रिकी अमेरिकी नागरिकको हत्या गरेको कम्तीमा १४ वटा घटना थिए ।
कानुनी शासनको आधारशीलाको रूपमा प्रहरीले बिनाभेदभाव कानुनको पालना गर्नुपथ्र्यो । मानिसको जीवन रक्षा गर्नुपथ्र्यो । संरा अमेरिकामा विभेदकारी प्रहरी गतिविधिले त्रुटिपूर्ण न्याय प्रणालीलाई सतहमा ल्याएको छ ।
यदि प्रहरीको शक्ति दुरुपयोगले कानुनी शासनको मूल मर्ममाथि नै सम्झौता गर्छ भने संरा अमेरिकी न्याय व्यवस्थाको विभेदपूर्ण शासनले प्रहरी शक्तिको अत्याधिक प्रयोग गरे त्यसले दिगो अन्याय जन्माउने गर्छ । किङमाथि कुटपिट गरेका प्रहरी अधिकारीलाई घटना भएको एक वर्षपछि मात्र न्यायको कठघरामा उभ्याइयो । सन् २०१४ मा माइकल ब्राउनको हत्या गरेका गोरा प्रहरी अधिकारीविरुद्ध कुनै मुद्दा नै दायर गरिएन । फ्रेड ग्रेको हत्या गरेका बाल्टिमुर प्रहरीविरुद्धको अभियोग फिर्ता गरियो । यस्तो परिस्थितिमा बितेका केही सातादेखि संरा अमेरिकाभरि आन्दोलन उठ्नु र हिंसामा परिणत हुनु कुनै आश्चर्यको विषय होइन । यो प्रकाशमा हेर्दा चालु आन्दोलनलाई संरा अमेरिकाको प्रणालीगत न्यायिक क्षयको विरोधमा लामो समयदेखिको छिटफुट र परिणामहीन सङ्घर्षको पछिल्लो सिलसिला मान्नुपर्छ ।
‘स्वतन्त्र’ भनिएको न्यायपालिकाले विपन्न वर्गविरुद्ध हिंसा फैलाउनुको ऐतिहासिक समानान्तर छन् । सन् १८८५ मा दास प्रथा पूर्णरूपमा अवैध हुनुअघि अमेरिकामा झन्डै एक शताब्दीसम्म दास प्रथा पूर्ण आकारमा चल्यो । सन् १९५० को दशकसम्म पनि संरा अमेरिकाको दक्षिणी भेगमा जातिवादी जिम क्रो कानुन प्रभावमा थियो । पुनः निर्माण युग ताका अफ्रिकी अमेरिकीहरूमाथि दमन व्यापक थियो । सन् १९६० को दसकसम्म पनि दण्डहीनता व्यापक थियो । अपराधी प्रहरी अधिकारीहरूलाई छुट दिने वा कुनै मुद्दा नलगाएर संरा अमेरिकी न्याय प्रणालीले जातीय अन्यायको इतिहासलाई अझै जोगाउन खोजिएको देखिन्छ । यसले अमेरिकी जनताको आक्रोश र नागरिक अवज्ञाको घटनाक्रम फेरिफेरि दोहोरिनेछ । प्रश्न उठ्छ ः किन ?
विगतमा सम्पूर्ण अर्थतन्त्र दासको श्रममा निर्भर थियो । दासता आवश्यक मानिएको थियो । दास व्यवस्थासँग जोडिएका सबै अपराधलाई कानुनले वैधता दिएको थियो । जब दासहरूको श्रमको आवश्यकता कम हुँदै गयो, काला जातिको महत्व घट्दै गयो । दशकौँसम्म जिम क्रो र अन्य दमनकारी कानुन निर्वाध कार्यान्वयनमा रह्यो । आज बढ्दो जातीय द्वन्द्व, फराकिलो असमानता र खस्कँदो आर्थिक अवस्थामा कानुन र व्यवस्थाले अरू सबै कुरामाथि विजय हासिल गरेको छ । यदि शासन व्यवस्था कायम राख्न कानुनले अत्याधिक शक्ति प्रयोग गरे त्यसको शिकार स्वतः अभागी सिद्ध हुने गर्छ । संरा अमेरिकी न्याय प्रणालीले शक्तिमा बसेकाहरूको प्रश्नको उत्तरमात्र दिने गर्छ । अफ्रिकी मूलजस्ता सीमान्त समूहका जनताको प्रश्नको उत्तर दिने गर्दैन ।
यस्ता असफलता संरा अमेरिकामा कुनै अनौठो कुरा होइन । क्यानाडामा शताब्दियौँसम्म अवैधरूपमा भूमि हडप्ने काम चालु रह्यो । आदिवासी जनताको भूमि सम्बन्धमा क्यानाडामा सन् १७६३ को शाही घोषणाले केही सिद्धान्त जारी गरेको छ । तथापि, त्यसको पालना भएन । आज क्यानाडाको सर्वोच्च अदालतले आदिवासी जनताको भूमिमाथि अधिकार र स्वामित्व स्वीकार गर्छ । तर, विकास र पूर्वाधार परियोजनाको नाममा त्यस्ता अधिकार खोसिने गरिएको छ । अन्तरपहाडी र तटीय ग्यास सञ्जालको परियोजनासम्बन्धी पछिल्लो फैसलाले यो कुरा प्रस्ट पार्छ । आवासीय विद्यालयको नाममा सांस्कृतिक आमनरसंहार एक शताब्दीदेखि चल्दै आएको छ । आदिवासी युवाहरूलाई सांस्कृतिक अन्तरघुलनको लागि त्यस्ता आवासीय विद्यालयहरूको स्थापना भएका हुन् । बितेका चार दशकभन्दा लामो समयमा शाही क्यानाडेली प्रहरीले आदिवासी महिलाहरू बेपत्ता भएका र हत्या गरिएका घटनाबारे कुनै छानबिन वा न्याय गर्न सकेको छैन । जबकि क्यानाडाका प्रहरीहरू आदिवासी जनतामाथि विभेदपूर्वक दमनमा सजिलै उत्रने गरेका छन् । पहिलो राष्ट्रको अधिकार रक्षा गर्न असफल क्यानाडाको न्याय प्रणालीले हिजो र आज पनि त्यहाँ भइरहेका सबै गलत कदमलाई अनुमोदन गरेको छ ।
संरा अमेरिकामा प्रहरी निर्ममताविरुद्ध व्यापक विरोधको पछिल्लो अवस्थाले स्वतन्त्र संसारका अधिकांश भूभागमा कानुन र न्यायको शासन आफ्नो अनुकूलतामा मात्र प्रयोग हुने गरेको प्रस्ट भएको छ । यसले कानुन र न्यायको शासन वास्तविकताभन्दा कथनमात्र भएको देखाएको छ ।
स्रोत ः चाइना डेली
Leave a Reply