जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – ९
- बैशाख ११, २०८३
काठमाडौँ, ८ असार । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को अध्यक्षतामा सोमबार पार्टीको केन्द्रीय सचिवालय बैठक बस्यो ।
बैठकले नेपाल मजदुर किसान पार्टीका जनवर्गीय सङ्गठनहरूको झन्डा, छाप र कार्यालयमा नेपाल सरकारबाट गत जेठ ५ गते स्वीकृत भई जेठ ७ गते सार्वजनिक भएको र नेपालको प्रतिनिधिसभाबाट जेठ ३१ गते एवम् राष्ट्रियसभाबाट असार ४ गते सर्वसम्मत पारित भएको नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेकसमेत समेटिएको नेपालको नक्सा प्रयोग गर्ने गराउने निर्णय गरेको छ ।
नेमकिपाका सबै जनवर्गीय सङ्गठनको झन्डामा नेपालको नक्साको उत्तरमा पाँचकुने तारा र नक्साभित्र जनवर्गीय सङ्गठनअनुसारका आकृति प्रयोगमा छन् ।
Leave a Reply