कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
पेइचिङ, २४ जून । चीन र भारतको सीमा क्षेत्र गलवन उपत्यकामा हालै भएको दुई देशबीचको सैनिक झडपको जिम्मेवारी पूर्णरूपमा भारतीय पक्षले लिनुपर्ने चिनियाँ सेनाले बताएको छ ।
चीनको राष्ट्रिय सुरक्षा मन्त्रालयका प्रवक्ता ऊ छियानले बुधबार आयोजित पत्रकार भेटघाटमा सीमा क्षेत्रमा शान्ति र स्थायित्व कायम हुने आशा व्यक्त गर्नुभयोे ।
उहाँले गलवन उपत्यकामा चीनको सार्वभौम अधिकार भएको प्रस्ट पार्दै धेरै वर्षदेखि सो क्षेत्रमा चिनियाँ सीमा सुरक्षा सेनाले रेखदेख गरिरहेको बताउनुभयो ।
प्रवक्ता ऊले गत अप्रिल महिनादेखि नै गलवन उपत्यकामा भारतीय सिमाना सुरक्षा बलले दुई देशबीचको सिमाना लाइन अफ एक्चुएल कन्ट्रोलमा एकपक्षीयरूपमा भौतिक निर्माण गरिरहेको बताउनुभयो । भारतको त्यस्तो कार्यप्रति चिनियाँ पक्षले पटक–पटक आपत्ति जनाएको तर भारतले निर्माण कार्य नरोकेको उहाँले बताउनुभयो ।
मे ६ को बिहान सखारै भारतीय सुरक्षा बल चिनियाँ भूमिमा पसेर किल्लाबन्दी गरेको, रेखदेखको लागि त्यहाँ पुगेको चिनियाँ फौजमाथि कुटपिट गरेको र एकपक्षीयरूपमा स्थापित सीमामाथिको नियन्त्रण र व्यवस्थापन बिथोल्न खोजेको उहाँले बताउनुभयो । त्यस्तो अवस्थामा चिनियाँ सिमाना सुरक्षा फौजले सो क्षेत्रको व्यवस्थापन र नियन्त्रणको लागि आवश्यक कदम चाल्न बाध्य भएको मन्त्रालयका प्रवक्ताले भन्नुभयो ।
चीनले कडा प्रतिक्रिया जनाएपछि दुवै पक्ष विभिन्न माध्यमबाट दुईपक्षीय संवादको लागि सहमत भएका थिए । सोहीअनुसार जून ६ मा दुई देशका सेनाबीच पहिलो टुकडी कमान्डर तहको बैठक भएको थियो । सो बैठकमा मूर्त निर्णयसहित सीमामा तनाव कम गर्ने सहमति भएको थियो । भारतीय पक्ष रेखदेख र भौतिक निर्माणको लागि गलवन नदी पार नगर्न सहमत भएको थियो । साथै दुवै पक्षबीचको छलफलबाट सो क्षेत्रबाट चरणबद्धरूपमा फौज फिर्ता लाने निर्णय गरिएको थियो ।
तर, जून १५ को साँझपख भारतीय सीमा सुरक्षा बलले सो दुईपक्षीय बैठकबाट भएको निर्णय उल्लङ्घन गरी फेरि लाइन अफ एक्चुएल कन्ट्रोल पार गरेको थियो । यो प्रस्टतः उनीहरूको उत्तेजनात्मक कार्य थियो । उनीहरूले वार्ताको लागि पुगेका चिनियाँ अधिकारी र सिपाहींहरूमाथि हिंसात्मक आक्रमण गरेका थिए । जसकारण त्यहाँ भयानक भौतिक द्वन्द्व हुनुका साथै हताहतीको घटना भएको थियो ।
भारतीय पक्षको त्यस्तो प्रस्टतः उत्तेजनापूर्ण कदमपछि चिनियाँ सीमा बल आत्मरक्षाको लागि प्रतिकारमा उत्रेको थियो । भारतीय पक्षको हिंसात्मक कार्यको प्रतिरोधमा चिनियाँ पक्ष दृढतापूर्वक लडेको थियो । “चिनियाँ फौजले चीनको राष्ट्रिय सार्वभौमिकता र भूअखण्डताको प्रभावकारी ढङ्गले प्रतिकार गरेको थियो ।”, ऊले भन्नुभयो ।
उहाँले सहमतिको उल्लङ्घन र एकपक्षीयरूपमा उत्तेजनात्मक कार्य गरेको हुनाले घटनाको सम्पूर्ण जिम्मेवारी भारतीय पक्षले लिनुपर्ने बताउनुभयो ।
“भारतले सो घटनाको लागि जिम्मेवार अधिकारीलाई सजाय गर्नुपर्छ, सीमा क्षेत्रमा यस्ता घटना दोहोरिन नदिन सीमा रक्षा दलमा कडा अनुशासनको आवश्यकता छ”, ऊले भनुभयो ।
उहाँले गलवनको भिडन्तपछि चीन र भारत सैनिक र कूटनीतिक माध्यमबाट आपसमा नजिकको सम्पर्कमा रहेको बताउनुभयो ।
दुई देशका विदेशमन्त्रीहरूबीच सो घटनाबारे भएको फोन संवादमा अवस्थालाई न्यायपूर्ण र सही तरिकाले समाधान हुने बताइएको छ । दोस्रो टुकडी तहको कमान्डर बैठक जून २२ मा भएको थियो । बैठकमा दुवैपक्षबीच सीमा व्यवस्थापन र नियन्त्रण तथा शान्ति सुव्यवस्था कायम राख्ने सम्बन्धमा आपसी विचार आदानप्रदान भएको थियो । चीन र भारत महत्वपूर्ण छिमेकी भएको चर्चा गर्दै सीमा क्षेत्रमा शान्ति र सद्भावको वातावरण बनाउनु दुवै देशको हितमा रहेको उहाँले बताउनुभयो ।
Leave a Reply