भर्खरै :

हङकङमा अमेरिकी हस्तक्षेप–उसैलाई घाटा

पेइचिङ, ३० जून । संरा अमेरिकाको वाणिज्य विभागले चीनको विशेष प्रशासकीय क्षेत्र हङकङलाई दिंदै आएको ‘विशेष क्षेत्र’को मान्यता खारेज गरेको छ । सोमबार विभागले हङकङलाई गर्दै आएको ‘प्राथमिकतापूर्ण व्यवहार’ पनि नगर्ने घोषणा गरेको छ । विभागको सो घोषणाअन्तर्गत निर्यातको लागि दिँदैआएको विशेष अनुमति पत्र पनि खारेज गरिएको छ ।
हङकङको ‘स्वायत्तता’ प्रति चिन्ता गरेको बहानामा वाशिङ्टनले चालेको यो पछिल्लो कदम चीनको आन्तरिक मामिलामा प्रस्ट हस्तक्षेपको पछिल्लो दृस्तान्त हो । संरा अमेरिकाले फेरि एकपल्ट संसारको एक्लो महाशक्तिको रूपमा आफ्नो प्रभुत्ववादी स्वभाव प्रदर्शन गरेको छ ।
चीनको अर्थतन्त्रमा सुस्तता ल्याउने ध्येयले संरा अमेरिकी सरकारले हङकङको प्रशासनलाई प्रयोग गर्न खोजेको यो पहिलोपटक भने होइन । तर, संरा अमेरिकाले यस्ता कदमले आफ्नो राष्ट्रिय सुरक्षा चासो रक्षा गर्ने चीनको प्रतिबद्धतालाई रौँ बराबर पनि हल्लाउन सक्ने छैन ।
संरा अमेरिकाका अधिकारीहरूले हङकङमा कुन तहको स्वायत्तता लागु गर्ने भन्ने कुराको निर्णय गर्ने अधिकार आफूलाई नरहेको कुरा बुझ्न जरुरी छ । विशेष आर्थिक क्षेत्रको रूपमा हङकङले पाउँदै आएको अलग भन्सार क्षेत्रको मान्यता कुनै देशको निगाहाबाट प्राप्त नभएको कुरा संरा अमेरिकी अधिकारीहरूले बुझ्न जरुरी छ । विश्व व्यापार सङ्गठनका सम्झौताका वैधानिक आधारमा त्यो अधिकार प्राप्त भएको हो । त्यो अधिकारको रक्षा विश्व स्वास्थ्य सङ्गठनका आधारभूत कानुनले रक्षा गरेको छ । त्यसकै सदस्य देशबाट मान्यता प्राप्त छ ।
‘एक देश, दुई प्रणाली’ को सिद्धान्तमा आधारित रहेर सन् १९९७ मा चीनलाई फिर्ता भए पछि हङकङले उच्च तहको स्वायत्तता उपभोग गर्दै आएको छ । त्यसयता हङकङले प्रमुख अन्तर्राष्ट्रिय वित्तीय तथा विश्व व्यापार केन्द्रको मान्यता पाउँदै आएको छ । हङकङ संसारकै सबभन्दा व्यस्त खुल्ला व्यापारिक बन्दरगाह हो । सन् २०१८ मा हङकङ संसारकै सबभन्दा ठुलो आइपीओ बजार बन्यो ।
हङकङमा प्राप्त विशेष सुविधा, संसारकै दोस्रो ठुलो अर्थतन्त्र मूलभूमि चीनसँगको सक्रिय संलग्नताका साथै त्यहाँ सुधार र खुलापनको लागि चीनले गर्दैआएको लगातारको प्रयासको समष्टिले हङकङमा बृहत् आर्थिक र व्यापारिक सफलता हासिल भएको हो ।
हङकङमा स्थायित्व र समृद्धिको सबभन्दा बढी लाभ लिने देशमा संरा अमेरिका पनि पर्दछ । तर, सोमबार उसको वाण्ज्यि विभागले गरेका निर्णयले उसैलाई घाटा हुनेछ ।
हङकङसँग व्यापार गरेर बितेको दसकमा संरा अमेरिकाले झन्डै ३ खर्ब अमेरिकी डलर बराबरको फाइदा गरेको छ । जब कि हङकङले अमेरिकामा निर्यात गर्ने स्थानीय उत्पादनको कूल हिस्सा भने ०.१ प्रतिशत मात्र छ ।
हङकङले संरा अमेरिकामा गरेको प्रत्यक्ष लगानीका साथै हङकङमा संरा अमेरिकी वस्तु र सेवाको निर्यातको कारण २ लाख १० हजार अमेरिकीहरूले रोजगारी पाएका छन् । विश्वव्यापी वित्तीय केन्द्रको रूपमा हङकङको भूमिका बिथोल्ने वाशिङ्टनको कुनै पनि षड्यन्त्रले अन्ततः संरा अमेरिकाको आर्थिक हितलाई नै चोट पु¥याउनेछ ।
हङकङमा अराजकता र हिंसा रोक्न पेइचिङले चालेको कदम कदापि पनि परिवर्तन हुन सक्दैन । राष्ट्रिय सुरक्षा प्रबद्र्धन र चीनको भौगोलिक अखण्डता र सार्वभौमिकता रक्षा गर्ने पेइचिङको निर्णय संरा अमेरिकाको दबाबसामू कदापि फेरबदल हुन सक्दैन ।
चीनले हालै घोषणा गरेको राष्ट्रिय सुरक्षा कानुन हङकङलाई चीनबाट अलग्याउने खोज्ने, सार्वभौमिकतालाई चुनौती दिने र आतङ्कवादी गतिविधि गर्ने मुठ्ठीभर मानिसप्रति लक्षित छ । यसको मुख्य लक्ष्य कानुनको सम्मान गर्ने बहुमत नागरिक र कम्पनीका वैधानिक अधिकार रक्षा गर्नु हो । हङकङको स्थायित्व र विकासको लागि यो दीर्घकालीन रूपमा उपयुक्त बाटो हो ।
यर्थाथमा पेइचिङले हङकङमा विदेशी लगानीकर्ताको हितको रक्षा गर्ने प्रयास गरिरहेका छन् । हङकङका विदेशी लगानीकर्तामध्ये अमेरिकी व्यापारीहरू पनि छन् । गत वर्षको जुनबाट सुरु भएको उपद्रवले हङकङको सुरक्षामा गम्भीर असर पारेको छ । हङकङको चुस्त र स्थीर व्यापारलाई प्रभावित बनाएको छ ।
चीनको सार्वभौमिकता र सुरक्षा रक्षा तथा हङकङको विकास र समृद्धिको लागि बलियो प्रतिबद्धताप्रति वाशिङ्टनले न्यूनाङ्कन गर्नु वा गलत तरिकाले बुझ्नु ठीक होइन । अन्यथा संरा अमेरिकी हस्तक्षेपकारीहरूले आफ्नो खुट्टामा आफैले बञ्चरो हानेको ठहर हुन्छ ।
(सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *