नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
नेपालका योजनाविद्हरू नेपाल र नेपाली जनताका आवश्यकताअनुसारको योजना निर्माणमा भन्दा विदेशी विश्वविद्यालयमा आफूले पढेका ज्ञानको नेपालमा कोरा नक्कल गर्न खोज्दछन् । कुनै पनि देशको विकासको अनुभव अर्को कुनै पनि देशसँग हुबहु मिल्न सक्दैन । अन्य देशका अनुभवबाट हाम्रो देशको विकासमा केही कुरा पक्कै सिक्न सक्छौँ । तर, त्यसलाई जस्ताको तस्तै लागू गर्न खोज्नुले ठुलो दुर्घटनामात्र निम्त्याउनु हुनेछ । काठमाडौँ उपत्यकामा स्मार्ट सिटी स्थापना गर्ने सरकारको योजना यस्तै दुर्घटना हो । काठमाडौँ उपत्यकामा बढ्दो जनसङ्ख्याले यहाँको जनजीवन निकै कष्टकर र अस्वस्थकर बन्दै गएको छ । कृषिभूमि नष्ट भएको छ । काठमाडौँ उपत्यकाका मौलिक सम्पदा र संस्कृति क्रमशः क्षयीकरणको दिशामा छ । यस्तो विकराल अवस्थालाई बेवास्ता गर्दै सरकारले अझ स्मार्ट सिटी बनाउने भनी जनसङ्ख्या केन्द्रिकरणको नीति अख्तियार गरेको छ । स्मार्ट सिटी खासमा के हो भन्ने कुरा सरकारका धेरै उच्चपदस्थलाई जानकारी पनि छैन । उनीहरू यसको व्याख्यासमेत गर्न सक्दैनन् । तथापि, जनतालाई सस्तो शब्दको व्यापार गरी झुक्याउन भने उनीहरूले छोडेका छैनन् ।
देशको सन्तुलित विकासको निम्ति अब सरकारले काठमाडौँ उपत्यकाबाहिर सहर विकासका योजना बनाउन जरूरी छ । राज्यका सबै स्रोतसाधन काठमाडौँ उपत्यकामा मात्र नखन्याई पछाडि परेका देशका विभिन्न क्षेत्रमा भौतिक पूर्वाधार निर्माणमा जोड दिनुपर्छ । अब स्मार्ट सिटी काठमाडौं उपत्यकाबाहिर स्थापना हुनुपर्छ । काठमाडौँ उपत्यका आफैं सहर बनिसकेको छ । अब यही थप सहर विकास गर्नु देशका अन्य भूभागको लागि अन्याय हो ।
काठमाडौँ उपत्यका केन्द्रित ‘विकास’ दिगो विकास कदापि हुनसक्दैन । यसले देशको सन्तुलित विकास हुनसक्दैन । सन्तुलित विकास नहुँदा काठमाडौँ उपत्यका बाहिरका जनता सधैँ काठमाडौँप्रति रिस पोख्ने गर्छ । आफ्नो क्षेत्रमा विकास नहुनुको मूल कारण काठमाडौँ भएको गलत सोचाइ पालेका हुन्छन् । तर, यसको निम्ति काठमाडौँका जनता कदापि दोषी होइनन् । काठमाडौँका जनता वास्तवमा शासकहरू र अदुरदर्शी योजनाविद्हरूका यस्ता योजनाको कारण आफै नोक्सानी व्यहोरिरहेका छन् । उनीहरू आफूसँग भएको मलिलो माटो गुमाइरहेका छन् । उनीहरू आफ्नो सम्पदा र संस्कृतिमाथि अतिक्रमणको सामना गरिरहेका छन् । काठमाडौँ उपत्यका आज प्रदूषण, अपराध, जनघनत्व, कङ्क्रिटको जङ्गलको कारण बाँच्न कठिन हुने उपत्यका बन्दै छ ।
काठमाडौँ उपत्यकामा केन्द्रित विकासले देशको हित नगर्ने कुरा पञ्चायतकाल र आजसम्मका शासकहरूको विकास योजनाबाट प्रस्ट भइसकेको छ । आजका शासकहरू पनि यही गल्ती दोहो¥याइरहेका छन् ।
योजनाको नाममा अझै देशको बजेट बालुवामा पानी खन्याएजस्तै खन्याउनु देशप्रतिको धोखा हो । योजनाविद्का शैक्षिक योग्यताका प्रमाणपत्रकै आधारमा उनीहरूले बनाएका योजना सही हुने भ्रम नपालौं । आजसम्मका विकास योजना पनि कोही उच्च शिक्षा हासिल गरेका विज्ञ र विद्वानले गरेका थिए । तर, उनीहरूको बेढङ्गका योजनाको सजाय भने आज काठमाडौँ उपत्यकालगायत देशले भोग्नुपरेको छ ।
देशको सन्तुलित विकासको निम्ति अब सरकारले काठमाडौँ उपत्यकाबाहिर सहर विकासका योजना बनाउन जरूरी छ । राज्यका सबै स्रोतसाधन काठमाडौँ उपत्यकामा मात्र नखन्याई पछाडि परेका देशका विभिन्न क्षेत्रमा भौतिक पूर्वाधार निर्माणमा जोड दिनुपर्छ । अब स्मार्ट सिटी काठमाडौं उपत्यकाबाहिर स्थापना हुनुपर्छ । काठमाडौँ उपत्यका आफैं सहर बनिसकेको छ । अब यही थप सहर विकास गर्नु देशका अन्य भूभागको लागि अन्याय हो । यसमा काठमाडौं उपत्यकाका जनता होइनन्, शासकका योजना दोषी छन् । योजनाविद्हरूको कोरा नक्कल गरिएका योजनाहरू दोषी छन् । त्यस्ता योजनाको नाममा अझै देशको बजेट बालुवामा पानी खन्याएजस्तै खन्याउनु देशप्रतिको धोखा हो । योजनाविद्का शैक्षिक योग्यताका प्रमाणपत्रकै आधारमा उनीहरूले बनाएका योजना सही हुने भ्रम नपालौं । आजसम्मका विकास योजना पनि कोही उच्च शिक्षा हासिल गरेका विज्ञ र विद्वानले गरेका थिए । तर, उनीहरूको बेढङ्गका योजनाको सजाय भने आज काठमाडौँ उपत्यकालगायत देशले भोग्नुपरेको छ ।
Leave a Reply