भर्खरै :

अमेरिकाको स्वाधीनता दिवसमा जलाइयो राष्ट्रिय झन्डा

वाशिङ्टन, ५ जुलाई । संरा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वाधीनता दिवसको अवसरमा शनिबार राष्ट्रपति कार्यालयमा दिएको भाषणको चर्को आलोचनाभएको छ । देशभर कोरोना भाइरसको महामारी बढिरहेको अवस्थामा राष्ट्रपतिले आफ्नो भाषणमा कोरोना नियन्त्रणको लागि आफ्नो सरकारले गरेका पहलको आत्मप्रशंसा गर्दै वर्णन गरेपछि उनको आलोचना भएको हो ।
उनले हालै अमेरिकी प्रहरीले हत्या गरेका काला समुदायका नागरिक जर्ज फ्लोडको हत्याको विरोधमा भएका प्रदर्शनका क्रममा इतिहासका विवादास्पदव्यक्तिहरूको सालिकमा भएको तोडफोड गरेकोमा ‘वामपन्थी’ हरू दोषी भएको बताए । जातीय अन्याय र प्रहरी निर्ममताविरुद्ध भएको ती प्रदर्शनलाई लिएर ट्रम्पको यस्तोआरोपको पनि अमेरिकी जनताले खण्डन गरेका छन् ।
उनले भने, “हामी अहिले अति वामपन्थी, माक्र्सवादी, अराजकतावादी, विद्रोही, लुटाहा र आफूले के गरिरहेको हेक्का नभएका मानिसहरूलाई पराजित गर्ने प्रक्रियामा छौँ ।”
“हाम्रा सालिकहरू भत्काउने आक्रोशित हुललाई हामी हाम्रा सन्ततिको लागि सञ्चित इतिहास मेट्न र हाम्रो स्वतन्त्र हनन हुन दिनेछैनौँ”, जातीय उत्पीडनको प्रतीक बनेका उपनिवेशवादी र दास व्यवस्थाका सालिकलाई प्रदर्शनकारीले गरेको आक्रमणलाई लक्षित गरी उनले भने ।
ट्रम्पले अमेरिकी सञ्चारमाध्यमलाई यो पटक पनि छोडेनन् । उनले अमेरिकी सञ्चारमाध्यमले आफ्ना विपक्षीलाई लगातार ‘जातिवादी’ भनेर झूट बोलेको बताए ।
“तिमीहरूले मेरोमात्र विरोध गर्नसक्छौ । अमेरिकी जनताको विरोध गर्न पाउँदैनौ । तर, तिमीहरू अमेरिकाको लागि आफ्नो जीवन बिताएका नायक पुस्ताको विरोध गरिरहेका छौ”, उनले भने ।
ट्रम्पको भाषणमाथि टिप्पणी गर्दै एसोसिएट प्रेसले आफ्नो समाचारमा लेख्यो, “राष्ट्रिय उत्सवको दिन पनि ट्रम्पले आफ्ना शत्रुको खेदो खन्न छोडेनन् ।”
केही स्थानीय विश्लेषकहरूले राष्ट्रपति निर्वाचन हुन चार महिनाअघि राष्ट्रपतिले आफ्नो कन्जर्भेटिभ मतदाताको आधार बलियो बनाउन विभाजनकारी मन्तव्य दिएको टिप्पणी गरे ।
संरा अमेरिकाको २४४ औँ स्वाधीनता दिवस भने यो वर्ष महामारीको उचाइ, अर्थतन्त्रको अधोगति र जातीय अन्यायविरुद्ध देशव्यापी आन्दोलनको कारण छायाँमापरेको छ । अमेरिकाका अधिकांश स्थानमा महामारीकै कारण स्वाधीनता दिवसको अवसरमा आयोजना गरिने कार्यक्रम स्थगित गरियो । स्वास्थ्यविद्हरूले सर्वसाधारणलाई सकेसम्म हुलमुलमा नजान गरेको आग्रहको कारण अमेरिकी जनता सकेसम्म सडकमा कममात्र आवतजावत गरेको देखियो ।
ट्रम्प भने सङ्क्रमणको परीक्षण बढेकोले सङ्क्रमितको सङ्ख्या पनि बढेको भन्दै छन् । उनको सो कुरा राष्ट्रपति भवनका जनस्वास्थ्य विज्ञहरू अस्वीकार गर्दै छन् ।
जुलाई ४ को आफ्नो भाषणमा महामारीबारे ट्रम्पले भनेका थिए, “हामीले धेरै प्रगति गरिसकेका छौँ । हाम्रो रणनीतिले निकै प्रभावकारी काम गरिरहेको छ ।”
तर, संरा अमेरिकी सरकारका उच्चपदस्थ सङ्क्रमण रोग विशेषज्ञ एन्थोनी फाउसीले यसै साताको सुरुमा संरा अमेरिकामा महामारी नियन्त्रणमा नआइसकेको र यदि सङ्क्रमणको सङ्ख्या नियन्त्रण गर्न नसके भयावह अवस्था आउन सक्ने भनी चेतावनी दिएका थिए ।
लस एन्जल्स, वाशिङ्टन डीसी, सान फ्रान्सिस्को, सान डिएगोलगायत केही सहरमा स्वाधीनता दिवसको अवसरमा आतसबाजी भएको थियो । तर, त्योभन्दा बढी सहरमा जातीय हिंसा र प्रहरी निर्ममताविरुद्ध जनताको प्रदर्शन भएका थिए ।
स्वाधीनता दिवसको अवसरमा जुलाई ४ मा ट्रम्पले दिएको भाषणपछि केही प्रदर्शनकारीहरूले राष्ट्रपति भवननजिकै लाफाएट चोकमा अमेरिकाको राष्ट्रिय झन्डाजलाएका थिए । उनीहरूले राष्ट्रपतिको भाषणप्रति विमति राख्दै झन्डा जलाएको बताए । प्रदर्शनकारीहरूले ‘दासता, आमनरसंहार र युद्ध मुर्दावाद’ र ‘अमेरिका फेरि महानबन्न सक्दैन’ जस्ता नारा लगाएका थिए ।
मेरील्यान्ड राज्यको बाल्टिमोरमा प्रदर्शनकारीहरूको एक समूहले इटालीमा जन्मेका यात्री क्रिस्टोफर कोलोम्बसको सालिक ढालेका थिए । उनीहरूले सालिक नजिकैको खोलामा मिल्काएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *