भर्खरै :

प्रजग कोरिया संरा अमेरिकासँग वार्तामा बस्न किन मान्दैन ?

 
प्रजातान्त्रिक जनगणतन्त्र कोरियाले संरा अमेरिकासँग वार्तामा बस्न तत्काललाई आवश्यक नभएको बताएको छ । प्रजग कोरियाको विदेश मन्त्रालयका प्रथम उपमन्त्री छोई सोन हुईले जुलाई ४ मा औपचारिकरूपमा त्यस भनाइ सार्वजनिक गरेकी छिन् । संरा अमेरिकासँगको वार्ता ‘राजनीतिक ज्यावल’ भन्दा अरू नहुने उनको भनाइथियो । वास्तवमा उनको बुझाइ सही छ ।
संरा अमेरिकी राष्ट्रपति चुनावअघि त्यहाँका राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रजग कोरियाका नेता किम जङ उनबीच अर्को शिखर वार्ता हुनसक्ने भनी यसै साता कोरिया गणतन्त्र (दक्षिण कोरिया) का राष्ट्रपति मुन जाए–इन र संरा अमेरिकाका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले सङ्केत गरेका थिए । उनीहरूका यस्ता सङ्केत सावर्जनिक भएलगत्तै प्रजग कोरियाबाट औपचारिक प्रतिक्रिया सार्वजनिक भएको थियो । प्रजग कोरियाकी अधिकारी छोईले शिखर वार्ताप्रति प्योङयाङको कुनै चासो नभएको प्रस्ट पारिन् । “प्रजग कोरिया र संरा अमेरिकाबीच अहिलेको असजिलो सम्बन्धको परिस्थितिमा शिखर सम्मेलनबारे कुरा आउनु आश्चर्यको कुरा हो”, उनले भनिन् ।
दुई वर्षसम्म चालु शिखर सम्मेलन, कूटनीतिक सम्बन्ध, चिट्ठीपत्र, फोन सम्पर्क, वार्तापछि संरा अमेरिकाले प्योङयाङको विश्वास जित्न सकेन । यसको मूल कारण भने अमेरिकी पक्षको लामो समयदेखिको जिद्दी हो । अमेरिका प्रजग कोरियाले सबै आणविक हातहतियार त्यागोस् भन्ने चाहना राख्छ । अनि पछि मात्र थप सम्बन्ध अघि बढाउने उसको सोच छ । यो सहजै तर्कपूर्ण छैन ।

संरा अमेरिका वास्तवमै प्रजग कोरियामा आणविक निःशस्त्रीकरण चाहन्छ भने उनीहरूले प्योङयाङलाई वार्ताको समान साझेदारको रूपमा स्वीकार्नुपर्छ अनि आफ्नोतर्फबाट पनि त्यागको अवस्था बनाउनुपर्छ । त्यसो गरेमात्र दुई देशबीचको शिखर सम्मेलन परिणाममुखी हुनेछ । वार्ताहरूको अर्थ रहनेछ । संवादले कोरियाली प्रयःद्वीपको अवस्थामा सुधार भएको मूर्त प्रमाण दिनसक्ने अवस्था बन्छ ।

कोरिया युद्धयता प्रजग कोरियाले संरा अमेरिकालाई आफ्नो सबभन्दा ठुलो शत्रु मान्दै आएको छ । आफ्नो देशमाथि मुख्यतः संरा अमेरिकाबाट हुनसक्ने सम्भावित हमलाबाट जोगाउन प्रजग कोरियाका जनताले दसकौँ रगत पसिना बगाइसके । यो कुरा बुझ्ने जो कोहीले पनि प्योङयाङलाई एकतर्फी माग राख्दैमा केही हात पारिहाल्न सक्ने अमेरिकी सोचमै खोट देख्नेछ । अमेरिकाको यस्तो सोचको कुनै अर्थ छैन र त्यसले काम गर्ने कुरै छैन ।
वर्षौंसम्म संरा अमेरिकाले ‘कोरिया समस्या’ समाधानको एउटै अचुक उपायको रूपमा प्रजग कोरियामाथि नाकाबन्दी बढाउने अधिकतम दबाबको रणनीति अवलम्बन ग¥यो । उसका त्यस्ता नाकाबन्दीकै कारण विभिन्न दातृनिकायलाई प्रजग कोरियाली जनतालाई सहयोग गर्न गाह«ो भयो । संरा अमेरिकाले प्रजग कोरियासँग कहिल्यै पनि सद्भावका साथ संवाद गर्न चाहेन । व्यवहारतः संरा अमेरिकाका सबै सरकारले यस्तै गर्दै आएका छन् ।

प्रजग कोरियाले विभिन्न निर्णय र कार्यान्वयनमार्फत संरा अमेरिकासँग सहकार्य गर्ने आफ्नो चाहना व्यक्त गरिसकेको छ । उदाहरणको लागि, उनीहरू प्रजग कोरियामा रहेका प्रमुख आणविक भट्टीमध्ये एउटा भट्टी नष्ट गर्न सहमत भए । उनीहरूले संरा अमेरिकी युद्धबन्दीका अस्तु र बाँकी सामान फिर्ता गरे । संरा अमेरिकी बन्दीहरू सबै रिहा गरे । सबै अन्तरमहादेशीय बालास्टिक मिसाइल (आईसीबीएम) र आणविक मिसाइल परीक्षण बन्द गरे । अरू पनि धेरै त्यस्ता कदम चालिसकेको छ ।

कोही कोही ट्रम्प सरकार अघिल्ला सरकारहरूभन्दा भिन्न भएको सोच्छन् । प्रजग कोरियाली नेतालाई भौतिकरूपमै पहिलो पटक र पटक पटक भेट्ने पहिलो अमेरिकी राष्ट्रपति ट्रम्प भएकोले उनीहरूले यस्तो सोचेका हुन् । प्रजग कोरियाली नेतासँग अमेरिकी राष्ट्रपतिको भेट सकारात्मक दिशातिरको पहिलो पाइला भए पनि ट्रम्पले खटाएको वार्ता टोलीले अविवेकी अडान कायम राख्दा यो कूटनीतिक प्रयास विफल भयो ।
जोन बोल्टनजस्ता व्यक्तिहरूले प्रजग कोरियामाथि अधिकतम दबाब दिने र प्योङयाङमाथि एकतर्फी मागमात्र प्रस्तुत गर्दा वार्तामा प्रगति असम्भव बनाइदिए । त्यही भएर भियतनामको राजधानी हनोईमा भएको पछिल्लो वार्ता असफल भएको थियो ।
प्रजग कोरियाले विभिन्न निर्णय र कार्यान्वयनमार्फत संरा अमेरिकासँग सहकार्य गर्ने आफ्नो चाहना व्यक्त गरिसकेको छ । उदाहरणको लागि, उनीहरू प्रजग कोरियामा रहेका प्रमुख आणविक भट्टीमध्ये एउटा भट्टी नष्ट गर्न सहमत भए । उनीहरूले संरा अमेरिकी युद्धबन्दीका अस्तु र बाँकी सामान फिर्ता गरे । संरा अमेरिकी बन्दीहरू सबै रिहा गरे । सबै अन्तरमहादेशीय बालास्टिक मिसाइल (आईसीबीएम) र आणविक मिसाइल परीक्षण बन्द गरे । अरू पनि धेरै त्यस्ता कदम चालिसकेको छ ।
तर, संरा अमेरिकाले आफ्नो तर्फबाट के ग¥यो ? अहँ केही पनि गरेन । मात्र एक पछि अर्को माग तेस्र्याइरह्यो । कुनै पनि वार्ता र संवाद यसरी हुने गर्दैन । हनोइर्मा संरा अमेरिकाले प्योङयाङलाई सबै आणविक हतियार बुझाएमात्र नाकाबन्दी खुकुलो गर्ने प्रस्ताव ग¥यो । यसको यस्तो माग प्रजग कोरियाले अस्वीकार गर्नु स्वाभाविक हो । संरा अमेरिकाको त्यो कुनै प्रस्ताव थिएन, आदेश थियो ।
यस्ता सबै आरोह अवरोहपछि प्रजग कोरियाली अधिकारी छोईको भनाइ बुझ्न कुनै गाह«ो छैन । त्यसमा आश्चर्य मान्नुपर्ने पनि केही छैन । त्यसको निहीत अर्थ सहजै बुझ्न सकिन्छ । “संरा अमेरिकासँग आमनेसामने बस्नुपर्ने कुनै आवश्यकता हामी देख्दैनौँ । संरा अमेरिका प्रजग कोरिया–संरा अमेरिकाबीचको संवादलाई आफूमाथि मडारिएको राजनीतिक सङ्कटबाट ध्यान अन्यत्र मोड्ने हतियारभन्दा बढी केही सोचिरहेको छैन”, उनले भनिन् ।
किम जङ उनले आफ्नै देशमा पनि आफ्नो छविको ख्याल राख्नुपर्ने हुन्छ । बिना कुनै उपलब्धि संरा अमेरिकासँग एकपछि अर्को वार्तामा सक्रियतापूर्वक संलग्न बन्नुले उनको छवि राम्रो बनाउँदैन । यसले देशभित्र उनको छवि बिगार्छ र विश्व मञ्चमा उनको विश्वसनीयतामा समेत नकारात्मक प्रभाव पार्छ । दिनेमात्र तर केही हात नलाग्ने अवस्थामा प्रजग कोरियाले धेरै कुरा गुमाउनेछ ।
यो समयमा संरा अमेरिकाले छोईको भनाइलाई गम्भीरतापूर्वक लिएर आफ्नो प्रजग कोरिया नीतिमा पुनरावलोकन गर्न जरुरी छ । आगामी चुनावमा ट्रम्प फेरि निर्वाचित भए यो कुरा विशेष अर्थपूर्ण हुनेछ । जे भए पनि ट्रम्प र किमले सम्बन्ध जोडिसकेका छन् । त्यसकारण यो सम्बन्धलाई उनीहरूले नै अघि बढाए भविष्यमा अझ निकट सम्बन्ध बिस्तार गर्न सहज हुनेछ । संरा अमेरिकी नेतृत्वले प्योङयाङमाथि पुरानै तरिकाले अधिकतम दबाब दिने सोचले अब कुनै उपलब्धि हासिल हुन सक्दैन भन्ने कुरा बुझ्न जरुरी छ ।
संरा अमेरिकाले प्रजग कोरियामाथि थोपरेको वर्षौंको नाकाबन्दीविरुद्ध लचकता देखाएको छ । उनीहरूले अन्यत्रैबाट पैसा कमाउन सक्ने प्रमाणित गरे । प्रजग कोरियालाई संसारबाट उपेक्षा गर्ने प्रयासले पनि उसलाई घुँडा टेकाउन सकेन । पश्चिमा राजनीतिक विश्लेषकहरूले वर्षौंदेखि गरेको विश्लेषण असत्य साबित भयो ।
यदि संरा अमेरिका वास्तवमै प्रजग कोरियामा आणविक निःशस्त्रीकरण चाहन्छ भने उनीहरूले प्योङयाङलाई वार्ताको समान साझेदारको रूपमा स्वीकार्नुपर्छ अनि आफ्नोतर्फबाट पनि त्यागको अवस्था बनाउनुपर्छ । त्यसो गरेमात्र दुई देशबीचको शिखर सम्मेलन परिणाममुखी हुनेछ । वार्ताहरूको अर्थ रहनेछ । संवादले कोरियाली प्रयःद्वीपको अवस्थामा सुधार भएको मूर्त प्रमाण दिनसक्ने अवस्था बन्छ ।
स्रोत ः सीजीटीएन
नेपाली अनुवाद ः सुमन

Leave a Reply

Your email address will not be published. Required fields are marked *