नेपालको राजनीतिमा युवाहरूको भूमिका
- असार १, २०८३
काठमाडौँ, २१ असार । सत्तारुढ दल नेकपाका नेताहरूबीचको विवाद अझ चर्किँदै छ । उनीहरूको यो विवाद विशुद्ध सत्ता र शक्तिको लागि भएको घटनाक्रमलेपुष्टि गर्दै छ । दुवै पक्षले सत्ता र शक्तिबाहेक पार्टीभित्र अन्तरविरोधको कुनै कारण दिन सकेको छैन । नेताहरूबीच कुनै विचार, नीति र उद्देश्यको लागि यो विवाद चर्केको देखिँदैन ।
आइतबार प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी ओलीले प्रमुख प्रतिपक्ष दल नेपाली काङ्गेसका सभापति शेरबहादुर देउवासँग ‘गोप्य’ भेटघाट गरे । आइतबार नैबसेको काङ्ग्रेस केन्द्रीय समितिको आकस्मिक बैठकमा नेताहरूले सभापति देउवालाई प्रधानमन्त्री ओलीसँग भेटघाटबारे जानकारी मागे । जानकारीमा देउवाले नेकपाका दुवैखेमाका प्रतिनिधिहरूसँग भेटघाट भएको खुलासा गरे । नेकपाका नेता–कार्यकर्ता र सांसदहरूमात्र होइनन्, प्रमुख प्रतिपक्ष दललाई कसले आफ्नोतिर तानेर पल्ला भारी गनर्सक्छ भन्ने विषयमा समेत दुई खेमाबीच प्रतिस्पर्धा भएको छ । नेकपाका केन्द्रीय सदस्यहरू एकातिर एकता सुदृढ बनाउने कुरा गरिरहेका छन् भने भित्रभित्रै को कतातिरलाग्ने भन्ने हिसाबकिताबमा व्यस्त देखिन्छन् । ‘पार्टी एकता बलियो बनाउने’ भन्दै दुवै पक्षले आ–आफ्नो खेमालाई बलियो बनाउने जोडतोड प्रयास गरिरहेका छन् ।
पार्टीभित्रको द्वन्द्वलाई लिएर प्रमुख प्रतिपक्ष दलका नेताहरूसमक्ष सहयोगको झोली फैलाउन जानुले अहिले नेकपाभित्रको द्वन्द्व सत्ता जोगाउने र सत्ता भत्काउनेविषयमा सीमित रहेको पुष्टि गरेको छ । एक पक्ष नेकपाकै अर्को खेमालाई चुनौती दिँदै संसदमा आफ्नो बलियो उपस्थिति बनाएर सत्ता जोगाउनतिर लागेको देखिन्छ भनेअर्को पक्ष प्रमुख प्रतिपक्षको साथ लिएर ओली सरकार ढाल्ने र आफू सत्तासीन हुने दौडमा देखिन्छ । यो अङ्कगणितमा कुनै वैचारिक वा नीतिगत विषय कहीँ छैन ।
पार्टीभित्रको चालू द्वन्द्वबारे आइतबार फेसबुकमा स्टाटस लेख्दै नेकपाका केन्द्रीय सदस्य लेखनाथ न्यौपाने लेख्छन्, “सिद्धान्तमा विमति हुँदा, राजनीतिक कार्यदिशामा फरक आउँदा वा राजनीतिक कोर्सको सिफ्ट गर्ने र नगर्ने विचारबीच सहमति नहुँदा पार्टी विभाजन हुन्छ, यस्तो बेला फूट स्वीकार्नुपर्छ । नेकपामा अहिले देखिएको विवाद माथिका तीन विषयमा मत नमिलेर होइन वा यी विषयमा फरकपन दुवै पक्षमा छैन । दुवै पक्षको राजनीतिक कोर्स एउटै छ जस्तो पैसा (मूल पक्ष) हुनेले टिकट पाउने र जित्ने । चुनावमा सरकार बनाउने गणित प्राप्त भए सरकारबनाउने, आवश्यक सङ्ख्या प्राप्त नभए प्रतिपक्षमा बस्ने । कुनै पनि पार्टीको बहुमत नआए सङ्ख्या पु¥याउन जे पनि गर्ने वा सांसदहरू किन्ने, उधारो पद बाँड्ने र सङ्ख्या पु¥याउने । केही थान मन्त्री हुने र एक जना प्रधानमन्त्री हुने । राज्यसत्ताको शीर्षस्थानमा पुगेपछि व्यक्ति र गुट स्वार्थमा पूरै डुब्नेजस्तो आज भएको छ । यो व्यवस्थामा अर्को पार्टी वा पात्र हुँदा पनि हुने उस्तै हो । फरक यतिमात्र हो कि कुनै पात्रले सीधासीधा बदमासीको नेतृत्व गर्छ भने कुनैले घुमाएर ।
जनताको सेवा गर्न, मुलुकलाई आत्मनिर्भर बनाउन, वर्ग पक्षधरतामा उभिन, पार्टी आन्दोलनलाई नयाँ दिशा दिन, नेता–कार्यकर्ताबीचमा नयाँ संस्कृतिको निर्माण गर्न आदि राजनीतिका मूल विषयमा आज देखिएका नेकपाका दुवै पक्ष केन्द्रित छैनन् वा यतातिर केन्द्रित हुने इच्छाशक्ति देखिँदैन ।”
नेकपाको सचिवालय बैठकको शृङ्खला र नेताहरूबीचको भेटघाट चालू छ । कम्तीमा एक सातादेखि देशका अधिकांश सञ्चारमाध्यमको मुख्य समाचार लगातार नेकपाभित्रको यही द्वन्द्व बनेको छ । मानौँ, सारा देश यसैमा अडेको छ । मानौँ, जनताका समस्या सबै उनीहरूबीचको द्वन्द्वको समाधानबाट मात्र सम्भव हुनेछ ।
तर, यसबीच कोही पनि नेताले समाजवादउन्मुख व्यवस्था स्थापनाको लागि आफ्नो दल नेतृत्वको सरकारले कति सफलता हासिल ग¥यो भन्ने विषयमा एक शब्द कहीँ बोलेको देखिएन । दुई खेमाबीचको यो लडाइँ आपसी स्वार्थकै टकराव भएको हो, नभए यो सरकारको एकपछि अर्को असफलता छोप्ने उनीहरूको जालसाझी भएको स्पष्ट छ । नेकपाभित्र यस्तो विषम परिस्थितिमा सिद्धान्त र विचारको कहीँ कतै मतभेद नदेखिँदा या त नेकपा सिद्धान्तहीन पार्टी पुष्टि हुन्छ नभए दुवै खेमाबीच कुनै सैद्धान्तिक भिन्नता नभएको देखाउँछ । खासमा उनीहरूबीचको लडाइँ सत्ता, सुविधा र शक्तिको लडाइँ भएको यसबाट पुष्टि हुन्छ । सिद्धान्तहीन पार्टीका नेताहरूबीच हुने लडाइँ सत्ता, सुविधा र शक्तिकै लागि हो । एउटा समूहलाई पन्छाएर अर्को समूहको सरकार बने पनि अथवा यही सरकार कायम रहे पनि जनतालाई खासै केही प्रभाव पर्नेछैनकिनभने उनीहरूबीच वैचारिकरूपमा कुनै भिन्नता छैन । ‘पार्टी एकता जोगाउने’ नाममा यसरी सिद्धान्तहीनताको रसातलमा पार्टीलाई जाक्नुभन्दा फूट धेरै उत्तम हो ।
Leave a Reply