भर्खरै :

आंशिक प्राध्यापकद्वारा धर्ना

काठमाडौँ, ४ जेठ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक क्याम्पसहरुमा कार्यरत आंशिक प्राध्यापकहरुको सङ्गठन नेपाल आंशिक प्राध्यापक सङ्घले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार परिसरमा बृहत् शान्तिपूर्ण धर्ना कार्यक्रम आयोजना ग¥यो ।
लामो समयदेखि विश्वविद्यालयमा ज्यालादारीमा प्राध्यापन गर्दै आएका आंशिक प्राध्यापकहरुले बौद्धिक शोषणको अन्त्य गर्न आंशिक प्राध्यापकहरुसँग विभिन्न मितिमा प्रधानमन्त्री, त्रिभुवन विश्वविद्यालय तथा सरकारसँग गरिएका सम्झौता कार्यान्वयन गर्नुपर्नेलगायतका माग राखी धर्ना दिएका हुन् ।
उक्त कार्यक्रममा त्रिविअन्तर्गतका क्याम्पसमा कार्यरत करिब एक हजार आंशिक प्राध्यापकको सहभागिता रहेको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *