निर्वाचनबारे संवाद ५
- चैत्र १०, २०८२
चौतारा, ४ जेठ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको नगर प्रमुखमा नेकपा (एमाले)का निमफुन्जो शेर्पा चार हजार ९२९ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बालकृष्ण बस्नेतले चार हजार ७११ मत प्राप्त गर्नुभयो । नगर उपप्रमुखमा एमालेकै सुशीला पाख्रिन पाँच हजार १५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी काँग्रेसका लिला नेपालले चार हजार ८१३ मत प्राप्त गर्नुभयो ।
सो नगरपालिकाको वडा नं १, २, ३, ४ र ९ मा नेपाली काँग्रेस तथा वडा नं– ५, ६, ७ र ८ मा नेकपा ९एमाले० विजयी भएको छ । वडा नं १ को वडाध्यक्षमा कामी शेर्पा (काँग्रेस), २ मा बमबहादुर तामाङ (काँग्रेस), ३ मा एकबहादुर भण्डारी (काँग्रेस), ४ मा ज्ञानेन्द्र श्रेष्ठ (काँग्रेस), ५ मा बेलबहादुर रोक्का (एमाले), ६ मा मोहनलाल श्रेष्ठ (एमाले), ७ मा मिनबहादुर श्रेष्ठ (एमाले), ८ मा सुरज लामा (एमाले) र वडा नं ९ को वडाध्यक्षमा सानु लामा (काँग्रेस) विजयी हुनुभएको छ । रासस
Leave a Reply