संरा अमेरिकाले संसारका विभिन्न मुलुकमा शान्ति सुरक्षाको नाममा अनेकन खतरनाक हतियारले सुसज्जित सेना र परमाणु अस्त्रसहितको अखडा जमाइराखेको जगजाहेर छ । हालसालै इराक र अफगानिस्तानमा सयौँ संरा अमेरिकी सैनिक अखडा बन्द गरिए तापनि ७० भन्दा बढी देशमा अत्याधुनिक हातहतियार र रेडारसहितको आठ सय सैन्य अखडा अझै कायमै छन् । तर, संरा अमेरिकी सरकार र पेन्टागनजस्तो अन्तर्राष्ट्रिय ख्याती कमाएको सुरक्षा निकाय आफ्नै मुलुकका राष्ट्रपतिलगायत अन्य उच्चपदस्थ व्यक्तित्वहरूको व्यवस्थित र बलियो सुरक्षा व्यवस्थापनमा बारम्बार निकै नराम्ररी चुकेको तथ्य सधैँजस्तो विद्यालय, खेल मैदान, सपिङ सेन्टर र सङ्गीत महोत्सवहरूमा हुने गोलीकाण्डले प्रस्ट पार्दछ ।

सारा मोरी
सङ्गीतको सौखिन र पियानो बजाउन अधिक मन पराउने रिचार्ड मिल्होस् निक्सन संरा अमेरिकाको ३६ आंँै उपराष्ट्रपति तथा ३७ औँ राष्ट्रपति थिए । उनकै कार्यकालमा घटिया राजनीतिक घटनाको रूपमा बुझिने वाटरगेट काण्ड (Watergate Scandal_ भएको थियो । यस कुख्यात राजनीतिक काण्डमा रिचार्ड एम. निक्सनकै संलग्नता प्रमाणित भएपछि आफूविरुद्धको महाअभियोग सामना गर्न नसकी पदावधि समाप्त हुनुअघि नै पदबाट राजीनामा दिन बाध्य उनी संरा अमेरिकाको इतिहासमा पहिलो राष्ट्रपति हुन् । आफ्नो पदबाट राजीनामा दिई ह्वाइट हाउस छोड्नुअघिको सार्वजनिक सम्बोधनमा उनले भनेका थिए, “मैले कहिल्यै हार्न जानेको छैन । पदावधि समाप्त हुनुअगावै राष्ट्रपतिको आफ्नो कार्यालय छोड्नु भनेको मेरो सम्पूर्ण शरीरको अन्तज्र्ञानलाई घृणा गर्नु जत्तिकै हो । तर, राष्ट्रपतिको नाताले अन्त्न्दा प्रथमतः मैले मेरो देश अमेरिकाको चासो र स्वार्थलाई प्राथमिकता दिनैपर्छ ।”

लिनेट स्ककी
सन् १९७२ मा त्यस राजनीतिक काण्डबारे सुरु भएको छानबिन सन् १९७४ मा उनको राजीनामासँगै समाप्त भएपनि पछिका केही वर्षसम्म सो काण्डमा प्रत्यक्ष मुछिएको पाइएका उच्चपदस्थ अधिकारीहरूलाई प्रमाणसहित पक्राउ गर्ने कानुनी कारबाही भने जारी नै रह्यो । यसरी सन् १९६९ मा संरा अमेरिकी राष्ट्रपति भएका उनी आफ्नै अपराधिक कर्मका कारण सन् १९७४ मा राजनीतिबाट सदाका लागि टाढा रहनुप¥यो ।
सन् १९७२ अप्रिल १३ मा आथर हर्मन व्रेमर नामका एक बेरोजगार अमेरिकी नागरिक मिल्ओकीबाट ओटावा भ्रमणमा राष्ट्रपति निक्सनको हत्या गर्ने मनसाय लिई हिँडे । कडा सुरक्षा व्यवस्थाले गर्दा कालो चस्मा ढल्काई टू पिस सुटमा आएका व्रेमरले कोटको बगलीमा लुकाई ल्याएको पिस्तोल बोकी राष्ट्रपति नजिक जान धेरै प्रयास गरे तापनि उनको छेउसम्म पुग्नै सकेनन् । अर्काेतिर राष्ट्रपति चढेकोे सवारी साधन विशेष खालको भएकोले उक्त गाडीको सीसा फोडी त्यसमा सवार निक्सनलाई भेदन गर्नसक्ने क्षमताको हतियार आफूसँग नभएको यकिन भएपछि व्रेमरले आफ्नो निसाना अन्तै मोड्न बाध्य भए । पछि, सन् १९७२ मे १५ का दिन अलाबामा गभर्नर डेमोक्रेटिक पार्टीको राष्ट्रपतीय पदका लागि उम्मेदवारी दिएका जर्ज वालेसलाई चुनाउ प्रसारप्रचारको क्रममा गोली हानी हत्या गर्ने उनको प्रयास असफल भयो । यसका कारण वालेसलाई पक्षघात भएको थियो । अन्य तीन जना निर्दाेष नागरिकहरू घाइते भए ।

आलाबामाका गर्भनर वालेस
अदालतले निर्दोष नागरिकहरूको ज्यान मार्ने उद्योग गरेको अपराधमा व्रेमरलाई ५३ वर्षको जेल सजाय सुनायो । जेल जीवनमा अन्य कैदीहरूमा भन्दा उनको बानी व्यहोरामा धेरै सकारात्मक परिवर्तन देखापरेका कारण १८ वर्ष कैद माफी पाई ३५ वर्षपछि जेल मुक्त भए ।
फिलाडेल्फियाका व्यापारी साम्येल जोसेफ वाइकले राष्ट्रपति रहेको मौका छोपी ह्वाइट हाउसमा हवाई जहाज ठोक्काई निक्सनको हत्या गर्ने प्रपञ्च रचेका थिए । सन् १९७४, फेबु्रअरी २२ का दिन एउटा पिस्तोल र घरेलु पेट्रोल बम साथमा लिई उनी वाल्टीमोर वासिङटन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ लागे । त्यहाँ उनी सुरक्षा चेकपोस्टमा खटिएका एक प्रहरी जवानको हत्या गरी एट्लान्टाका लागि उडान भर्न लागेको डेल्टा एयरलाइन्सको विमानभित्र छिर्न सफल भए ।
तर, चालकहरूले विमान उडाउन आनाकानी गरिरहे । विमान अपहरण गरी राष्ट्रपति रहेको ह्वाइट हाउसमा ठोक्काई उनको हत्या गर्ने आफ्नो पूर्वयोजना असफल हुने सम्भावना देखेर जोसेफले दुवै विमान चालकहरूलाई गोली हानी सख्त घाइते बनाए । लगत्तै विमानबाहिर तैनाथ सशस्त्र प्रहरी जवानको अचुक निसानामा परी उनी विमानभित्रै ढले । पक्रिनुअघि नै घाइते अवस्थामै जासेफले आफ्नै टाउकोमा गोली हानी आत्महत्या गरे । यसरी दुईपल्टको हत्या प्रयासबाट बच्न सफल भए पनि संरा अमेरिकाको ३७ औँ राष्ट्रपति रिचार्ड मिल्होस् निक्सन वाटरगेट काण्डजस्तो कुख्यात राजनीतिक अपराधको सजायबाट उम्कन भने सकेनन् । सन् १९१३ जनवरी ९ मा क्यालिफोर्नियाको योर्वालिन्डामा जन्मेका निक्सनले सन् १९९४ अप्रिल २२ का दिन ८१ वर्षको उमेरमा देहत्याग गरे ।
गेराल्ड फोर्ड अमेरिकाको संयोगले बाँचेका राष्ट्रपति हुन् जसलाई दुई महिलाले केही दिनको अन्तरालमा हत्या गर्ने प्रयास गरे तापनि बाँच्न सफल भए ।

राष्ट्रपति गेराल्ड फोर्ड
सन् १९७५ सेप्टेम्बर ५ का दिन साक्रामन्टा, क्यालिफोर्नियाको एउटा व्यस्त पार्कमा संरा अमेरिकाको ३८ औंँ राष्ट्रपति गेराल्ड फोर्ड जनमानसको भीडमा हात मिलाउँदै गर्दा लिनेट स्कूकी फोर्मी नाम गरेकी एक युवतीले उनीमाथि पिस्तोल चलाउँदा गोली उछिट्टिएन, लगत्तै फोर्मीलाई सुरक्षाकर्मीले आफ्नो कब्जामा लिए । पिस्तोल नपड्किनुको कारण खुलाउँदै सुरक्षा निकायले राष्ट्रपति गेराल्ड फोर्डको हत्या गर्न फोर्मीलाई सुम्पेकोे पिस्तोलको च्याम्बरमा सम्बन्धित आपराधिक समूहले हत्तारिएर गोली भर्न भुलेको प्रस्ट पा¥यो ।
अमेरिकी इतिहासमा राष्ट्रपतिको हत्या प्रयासमा साहसीपूर्वक आफूलाई समर्पित गर्ने पहिलो महिला अपराधी लिनेट स्कूकी नै थिइन् । लिनेट फोर्मीको पहिलो हत्या प्रयासको १७ दिनपछि अर्थात् सेप्टेम्बर २२ का दिन सारा जेन मोरी नामकी एक अर्की युवतीले राष्ट्रपति गेराल्ड फोर्डलाई निसानामा पारी प्रहार गर्न ठीक भएकै बेला छेउमै उभिइरहेका ओलिवर सिपल नामका एक पूर्वअमेरिकी सैनिकले देखेर एक्कासि साराको पाखुरा समाउन पुगे र गोलीको निसाना अन्तै पर्न गयो । ओलिवरले हतियार खोसे, छिनाझपटीमा साराको केही सीप नलागेपछि उनी पक्राउ परिन् । यसरी दुवै पटक राष्ट्रपति गेराल्ड फोर्डको हत्या प्रयास असफल भयो ।

प्रहरीको फन्दा आथर हर्मन व्रेमर
लिनेटलाई आजीवन कारागारको फैसला सुनाइयो । अनुसन्धानको क्रममा चाल्र्स म्यानसन नामको एक अराजकतावादी स्वघोषित धार्मिक नेताको आफू कट्टर अनुयायी भएको लिनेटले खुलासा गरिन् ।
सन् १९६९ मा भएको अमेरिकी चलचित्रकर्मी शोरान टेटलगायत अन्य आठ जना निर्दाेष नागरिकको ज्यान जाने गरी रचिएको षड्यन्त्रका प्रमुख अपराधका सरदार साबित भएपश्चात् आजीवन कारागार सजाय भोग्न चाल्र्स म्यानसन विवस भए । तर, यस हत्याकाण्डमा लिनेटको संलग्नता भएको पाइएन । जेलमा आफ्ना गुरु चाल्र्स क्यान्सरबाट छटपटिरहेको समाचारले लिनेटलाई बेचैन बनायो ।
सन् १९८७ मा पश्चिम भर्जेनियाको सङ्घीय झ्यालखानाबाट लिनेट फरार भइन् । चाल्र्स म्यानसनलाई भेट्नुअगावै उनी पक्राउ परिन् र यस अपराधबापत उनलाई थप १५ वर्षको कारागार सजाय सुनाइयो । उनको आनीबानीमा सकारात्मक फेरबदल आएको भनी ३४ वर्षको कठीन कैदी जीवन व्यतित गरिसकेपछि ६० वर्ष उमेरमा आममाफीसँगै उनी जेलमुक्त भइन् ।
उता राष्ट्रपतिलाई हत्या गर्ने उद्योगको आरोपमा आजीवन कारागारको सजाय फैसला गरे पनि ३२ वर्षको कठोर कैदी जीवनपश्चात् बानी व्यहोरामा सन्तोषजनक परिवर्तन देखापरेको भनी सारा जेन मोरीको हकमा पनि लिनेटलाई जस्तै आममाफी घोषणा गर्दै ७७ वर्षको उमेरमा जेल जीवनबाट मुक्त गरियो ।
Leave a Reply