पुरानोको सुस्केरा र नयाँको ताईफुई
- असार १२, २०८३
भैरहवा, ३ साउन । भारतले दशगजा नजिक दश पन्ध्र मिटरको दुरीमा समानान्तर बाटोको नाममा बाँध बनाएको छ । रूपन्देही जिल्लाको रोहिणी गाउँपालिकाका बर्मा, बुची, बोधबार, इमलिया, मनोहरापुर, भगवानपुरलगायत गाउँको मानव बस्ती डुबानमा पर्ने गरी भारतले सो बाँध बनाउन थालेको हो । यो बाँधमाथि पूर्व नवलपरासीतर्फ पिच भइसकेको छ । यो बाँध नेपाल भारत मूल नाका सुनौलीसम्म आउने बताइएको छ ।
बाँध बनाउन रेखाङ्कित अधिकांश ठाउँमा माटो पुर्ने काम भइरहेको छ । माटो राख्ने काम नसकिएकोले बाँधको उचाइ कति हुने हो यकिन भइसकेको छैन । हाल वर्षाको कारण बाँध निर्माण कार्य रोकिएको छ । इमलियातिर झन्डै सय मिटर जति ठाउँमा माटो भरिएको छैन । जग्गा अधिग्रहणको मुद्दा नमिलेको कारण माटो नभरिएको कुरा सुनेको इमलियामा खटिएका सशस्त्र प्रहरी जवानले जानकारी दिएका छन् । यसपालि धेरै वर्षा भइसकेको छैन । सामान्य वर्षामै पहिलाका वर्षमा भन्दा धेरै पानी जम्मा भयो । बाँध नजोडिएको ठाउँबाटै धेरै पानी बगेर गयो । अब अग्लो र पुरै बाटो (बाँध) बनेको बेलामा सबै धानखेती र गाउँ नै डुबानमा पर्ने स्थानीयवासीहरूको चिन्ता छ ।
प्राकृतिक बहावमै पानी बग्न दिनुपर्ने बुचीका बासिन्दाको माग छ । बाँधको बीचबीचमा राख्ने भनिएको एक दुइटा ह्युम पाइपले पानीको निकास दिन नसक्ने स्थानीयको भनाइ छ । बर्मा गाउँ पारिपट्टि दशजगाको डिलमै भारतीय एसएसबी (सशस्त्र सीमा सुरक्षा बल – सैनिक)
को ३ तले पक्की व्यारेक भवन छ । नेपाल भारत सीमाको प्रत्येक तीन तीन किलोमिटरमा एसएसबीको व्यारेक बनाइएका छन् । ती व्यारेकलाई राशन आपूर्ति गर्न बाटो चाहेर बाँध बनाएको भारतीय भनाइ छ । तर, भारतको ‘नदी जोड नहर परियोजना’ अन्तर्गत नेपालको तराई डुबानमा पर्ने गरी बाँध बनाउँदै आएको र सो बाँधको सुरक्षाको लागि दशगजामै एसएसबी व्यारेक बनाएको देखिन्छ ।
भारतले बाँध बनाउन थालेपछि स्थानीय बासिन्दाले विरोध गरेका छन् । केही राजनीतिक दलका प्रतिनिधि र पत्रकारहरू अवलोकन गर्न आए पनि बाँध बनाउन नदिनेबारे सरकारले ठोस कदम नचालेकोमा स्थानीय बासिन्दाले असन्तोष व्यक्त गरेका छन् ।
Leave a Reply