पुरानोको सुस्केरा र नयाँको ताईफुई
- असार १२, २०८३
प्रधानमन्त्री केपी शर्मा ओलीले राम जन्मभूमिको विषयमा दिएको अभिव्यक्तिको विरोध गर्दै भारतमा नेपालीमाथि भएको अपमानजनक व्यवहार र हमला निन्दनीय घटना हो । घटनामा भारतको हिन्दू अतिवादी शक्ति शिवसेनाको संलग्नता रहेको सार्वजनिक श्रव्यदृश्यले देखाएको छ । राम जन्मभूमिको विषयमा यतिबेला प्रधानमन्त्रीको अभिव्यक्ति कति आवश्यक, सान्दर्भिक र उपयुक्त थियो भन्ने कुरा अलग छलफलको विषय हो । तर, उनले दिएको अभिव्यक्तिको आधारमा भारतमा बस्दै आएका निर्दोष र निहत्था नागरिकमाथि अपमानपूर्ण व्यवहार गर्नु उचित होइन ।
भारतमा हिन्दू अतिवादी शक्तिलाई भारतका विद्वानहरू हिन्दू नाजीवाद र फासीवादी शक्ति भन्छन् । अतिवादी मुसलमानीहरूसँग तुलना गर्दै त्यस्ता शक्तिलाई ‘हिन्दू मुजाहिद्दिन’ पनि भन्ने गरिएको छ । भारतमा आज यस्तै शक्ति सत्तामा छ । उनीहरूले ‘संसारकै सबभन्दा ठुलो प्रजातन्त्र’ भनिने भारतीय गणतन्त्रमा भिन्न मत र आस्था राख्नेमाथि असहिष्णु दमन गरिरहेका छन् । आर्यहरूको रगतमात्र शुद्ध रगत भएको हिटलरको दाबीजस्तै भारतका हिन्दू अतिवादीहरू आफ्नो आस्थालाई अरू आस्थाभन्दा सर्वोच्च र अब्बल ठान्छन् । जब कसैले आफ्नो विश्वासलाई निर्विकल्प ठान्दछ, तब त्यहाँ विकल्प खोजीको ढोका बन्द हुन्छ । विकल्पको खोजीमाथि निषेध विचार र बहसमाथि निषेध हो । हिन्दू अतिवादीहरूले आफ्नो विश्वासको जगमाथि एक जना निर्दोषमाथिको अपमान खासमा कायरता हो, विचारमाथिको निषेध हो ।
वैचारिक मन्थन र तर्क–वितर्क सकारात्मक विषय हो । तर, कसैले आफ्नो आस्थाभन्दा फरक विचार र तर्क राखेकै आधारमा निषेध गर्ने भारतीय हिन्दू अतिवादीहरूको व्यवहार उचित होइन । तर्कको आधारमा पुष्टि गर्नुपर्ने विषयलाई कोही निर्दोषको कपाल मुन्दन गरेर अपमान गर्नेजस्ता तल्लो स्तरको व्यवहारलाई सुसंस्कृत आचरण मान्न सकिन्न । यस्ता घटना नियन्त्रणप्रति भारत सरकार सजग हुुनुपर्छ । नेपालमा पनि अन्धराष्ट्रवादी विचारबाट हुनसक्ने यस्ता असभ्य व्यवहारप्रति सरकार सजग बन्न जरूरी छ ।
हिन्दू अतिवादीहरूले भारतकै मुसलमान, आदिवासी, महिला र दलितमाथि लगातार दमन गर्दै आएका छन् । विविधताले भरिएको भारतीय समाजलाई एकै रङको बनाउने हिन्दू अतिवादीहरूको प्रयत्न अप्रजातान्त्रिक र भारतीय गणतन्त्रको मूल मर्मविपरीत छ । समाजको बहुलतालाई निषेध गर्दै एकै सूत्रमा ढाल्ने सिद्धान्त फासीवादी सिद्धान्त हो । फासीवाद दोस्रो विश्वयुद्धमै पराजित सिद्धान्त हो । संसार दोस्रो विश्वयुद्धभन्दा धेरै अघि बढिसकेको छ । यो युग विज्ञान, अनुसन्धान र तर्कको युग हो । आज कसैलाई अवैज्ञानिक र धर्मअन्धताको आधारमा जबरजस्ती कुनै पनि विचारको भरिया बनाउन सकिन्न ।
भारतका हिन्दू अतिवादीहरूको व्यवहारले आज संसारमा भारत क्रमशः एक्लो बन्दै छ । भारतीय हिन्दूवादीहरूको धर्मान्धता र अन्धराष्ट्रवादले भारतलाई कदापि सही निष्कर्षमा पु¥याउन सक्दैन । उनीहरूको यस्तो व्यवहारले दक्षिण एसियाली देशबीच विभाजन ल्याउनेछ । इतिहासमा उपनिवेशवादीहरूले जसरी ‘फुट गर राज गर’को सिद्धान्तअनुसार एसियालीहरूबीच विभाजन ल्याएर उपनिवेशवाद लादेका थिए, त्यसरी आज पश्चिमा साम्राज्यवादी शक्तिहरू मिलेर एसियाली देशहरूबीच विभाजन ल्याएर संसारमा आफ्नो विश्वव्यापी प्रभाव कायम राख्न खोजिरहेको छ ।
वैचारिक मन्थन र तर्क–वितर्क सकारात्मक विषय हो । तर, कसैले आफ्नो आस्थाभन्दा फरक विचार र तर्क राखेकै आधारमा निषेध गर्ने भारतीय हिन्दू अतिवादीहरूको व्यवहार उचित होइन । तर्कको आधारमा पुष्टि गर्नुपर्ने विषयलाई कोही निर्दोषको कपाल मुन्दन गरेर अपमान गर्नेजस्ता तल्लो स्तरको व्यवहारलाई सुसंस्कृत आचरण मान्न सकिन्न । यस्ता घटना नियन्त्रणप्रति भारत सरकार सजग हुुनुपर्छ । नेपालमा पनि अन्धराष्ट्रवादी विचारबाट हुनसक्ने यस्ता असभ्य व्यवहारप्रति सरकार सजग बन्न जरूरी छ ।
Leave a Reply