अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
भक्तपुर, ११ असार । भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि सञ्चालन गरेको छात्रवृत्ति छनोट परीक्षामा सफल भएका विद्यार्थीहरूलाई छात्रवृत्ति सिफारिस पत्र वितरण कार्यक्रम बिहीबार भक्तपुर नपाको सभाकक्षमा सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीले छात्रवृत्ति छनोट परीक्षामार्फत छनोट भएका विद्यार्थीलाई सिफारिस पत्र वितरण गर्नुका साथै छात्रवृत्ति कार्यक्रमको उद्देश्य, विद्यार्थीको जिम्मेवारी, अध्ययनमा अनुशासन तथा उपलब्ध अवसरहरूको प्रभावकारी उपयोगबारे जानकारी दिनुभयोे ।
छात्रवृत्ति प्राप्त गर्न सफल विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै नगर प्रमुख प्रजापतिले भक्तपुरको शैक्षिक गुणस्तर अग्रज पुस्ताको त्याग, समर्पण र निरन्तर मेहनतको परिणाम भएको बताउनुभयो । उहाँले छात्रवृत्ति कार्यक्रम जनताले तिरेको कर तथा अग्रजहरूको सङ्घर्ष र मेहनतको प्रतिफल भएको उल्लेख गर्दै भक्तपुर नगरपालिकाले वार्षिक ४ करोड रूपैयाँभन्दा बढी रकम छात्रवृत्तिमा खर्च गर्दै आएको जानकारी दिनुभयो ।
उहाँले कक्षा ११ मा विषय छनोट गर्ने समय नै उच्च शिक्षाको बलियो जग हाल्ने समय भएकाले विद्यार्थीहरूले आफ्नो रुचि, क्षमता र भविष्यको लक्ष्यअनुसार विषय छनोट गर्नुपर्नेमा जोड दिनुभयो ।
अभिभावकको चाहना पूरा गर्नका लागि मात्र नभई आफ्नै रुचि र उद्देश्यअनुसार अध्ययन गर्नुपर्ने विचार व्यक्त गर्दै उहाँले सजिलो कामको मात्र खोजी नगरी चुनौतीहरू सामना गर्दै अघि बढ्न आग्रह गर्नुभयो ।
प्रमुख प्रजापतिले परीक्षामा धेरै अङ्क ल्याउनु मात्र सफलताको मापन नभएको उल्लेख गर्दै आगामी दिनमा शिक्षाको गुणस्तर र सिकाइ उपलब्धिलाई अझ उत्कृष्ट बनाउन विद्यार्थीहरूले मेहनत गर्नुपर्ने बताउनुभयो ।
उहाँले असल सङ्गतले व्यक्तित्व निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले खराब सङ्गतबाट टाढा रही सकारात्मक सोच र व्यवहार भएका व्यक्तिहरूसँग सम्बन्ध विस्तार गर्न सुझाव दिनुभयो । शिक्षित हुनु भनेको व्यक्तिगत उन्नतिमा मात्र सीमित नभई देश र समाजका लागि योगदान गर्न सक्षम हुनु भएको बताउँदै प्रमुख प्रजापतिले समाज परिवर्तन र राष्ट्र निर्माणको भावना लिएर अध्ययन गर्न विद्यार्थीहरूलाई प्रेरित गर्नुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले छात्रवृत्ति प्राप्त विद्यार्थीहरूलाई अध्ययनमा निरन्तर मेहनत गरी उत्कृष्ट नतिजा हासिल गर्न प्रेरित गर्दै विद्यार्थीहरूले पाठ्यपुस्तकमा सीमित नभई व्यवहारिक ज्ञानसमेत हासिल गर्नुपर्नेमा जोड दिनुभयो । प्राप्त अवसरको सदुपयोग गरी सक्षम र जिम्मेवार नागरिक बन्न आग्रह गर्दै उहाँले विद्यार्थीहरूले आफ्नो धरातल, संस्कृति र समाजप्रतिको जिम्मेवारी कहिल्यै बिर्सन नहुने र सभ्य समाज निर्माणमा आफ्नो भूमिका पहिचान गरी योगदान गर्नुपर्ने उल्लेख गर्नुभयो ।
उहाँले भक्तपुर नगरपालिकाले गुणस्तरीय उच्च शिक्षाको पहुँच विस्तारका लागि ख्वप विश्वविद्यालय स्थापनाको उद्देश्यसहित निरन्तर सङ्घर्ष गरिरहेको चर्चा गर्दै नगरपालिकाले शिक्षा क्षेत्रको विकास र विद्यार्थीहरूको उज्ज्वल भविष्यको लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको पनि जानकारी दिनुभयो ।
अभिमुखीकरण कार्यक्रममा भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व, ख्वप माविका प्रधानाध्यापक लक्ष्मीप्रसाद कर्माचार्य, नगर शिक्षा शाखा प्रमुख साधुराम फुँयालले नगरपालिकाले प्रत्येक वर्ष योग्य तथा जेहनदार विद्यार्थीलाई उच्च शिक्षा अध्ययनमा सहयोग पु¥याउने उद्देश्यले छात्रवृत्ति छनोट परीक्षा सञ्चालन गर्दै आएको विचार व्यक्त गर्दै छात्रवृत्ति आर्थिक सहयोग मात्र नभई विद्यार्थीको क्षमता विकास, शैक्षिक उत्कृष्टता र जिम्मेवार नागरिक निर्माणको आधार भएको उल्लेख गर्दै प्राप्त अवसरको सही सदुपयोग गर्न विद्यार्थीहरूलाई आग्रह गर्नुभयो । भक्तपुर नगरपालिकाले सञ्चालन गरेको छात्रवृत्ति छनोट परीक्षामा सहभागी ७१५ जना विद्यार्थीमध्ये विज्ञानमा ३६, व्यवस्थापन सङ्कायमा ५४, मानविकीमा ४ जना, शिक्षामा ७ र कानुन सङ्कायमा ४ जना गरी १०५ जना विद्यार्थी सफल भएका थिए ।
Leave a Reply