भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को बजेट वक्तव्य
- असार ११, २०८३
‘नेपालका प्रधानमन्त्री ओलीलाई चिनियाँ राजदूत होउयान्छीको मायाजालमा पारेको ।’ भनी आफ्नै आमा, छोरी चेली बेच्नेहरूको लज्जास्पद ‘नङ्गा नाच’ को विद्रुपरूप देखाए । नेपालले ‘भारतीय भूमि अतिक्रमण गरेको ।’ भनी जो चोर उसकै ठुलो स्वरमा सत्ताका गुलामी दस्ताहरूले ठुलो र भद्दा स्वरमा मार्चपास गरे । ‘नेपाललाई चीनले उक्साएको ।’ आदि कपोलकल्पित र घटियाँ सोचको प्रतिबिम्ब देखियो ।
समाज नै त्यस्तो । बलेको आगो ताप्ने । गल्ती भन्ने कुरा थाहा हुँदाहुँदै चुप लागेर बस्ने । हेजेमोनी, सर्वोच्चता, सर्वशक्तिमानले शासन गरेको संसार । शक्ति, डर, त्रास र हतियारको आडमा शासन थोपर्ने परिपाटी । हिजो पनि थियो । आज पनि छ । भोलि त नहोला नि ।
छिमेकी दुष्ट होस् या असल फेर्न सकिन्न । तर, डरले कमजोर हुनुभन्दा आत्म सम्मान र स्वाभिमानले दरोसँग उभिनु जाती । नेपालको दक्षिणी छिमेकीको जन्मदेखि नै उट्पट्याङ, उपद्रो गर्ने खालको प¥यो । जस्तो सङ्गत थियोे उस्तै हुर्काइ भयो । जे सिक्यो त्यही ग¥यो । ऊ आफूलाई मालिक ठान्छ, ठुल्दाइ सम्झन्छ, सर्वशक्तिमान मान्छ । तर, वास्तवमा इतिहास पढ्ने हो भने नेपाल त ऊभन्दा कति हो कति पुरानो सभ्यता हो । हामी जन्मिँदा उसको कोष पनि निर्माण भएको थिएन । न्वारान त कहाँ हो कहाँ । आकारमा ठुलो हुँदैमा कोही शक्तिमान हुँदैन । भुसुनाले हात्तीलाई कायल पार्छ । बेलायतले संसारलाई उपनिवेश बनायो । भियतनामले अमेरिकालाई हरायो, लखेट्यो ।
हिटलरका सञ्चारमन्त्री थिए– गोयबल्स । उनको सिद्धान्त थियो, ‘झूटलाई पनि कैयौँ पटक दोहो¥यायो भने सत्य हुन्छ ।’ फासीवादको सिद्धान्त, नस्लवादको जग ।
हिटलरको त्यही जगलाई स्तालिनजस्ता इस्पातिला मानवले उखेलेर फ्याँकेका थिए । तर, प्रेत न हो, अतृप्त फेरि पनि बौरिएको छ । इतिहास पढेर के गर्नु ? गलत छ भनेर थाहा पाएर के गर्नु ? त्यसैलाई पछ्याउनेहरू छन् संसारमा । एउटा छ साम्राज्यका नाइके । नस्लको फूल रोपेर भिन्न रङ्गलाई फुल्न नदिई निमोठ्ने । त्यसकै आडभरोसा पाएर उन्मक्त भएको वृष भएछ अर्को । जो दक्षिण एसियाको मुखिया ठान्छ । छिमेकीलाई कज्याउन खोज्छ । आतङ्कको बारुद छर्छ, सिमानामा नङ्ग्राले च्यात्छ, व्यापारमा ढाट हाल्छ । पलपल औँला ठड्याउँछ । अध्यात्मको मन्त्र जप्दै आतङ्कको गोला फ्याँक्छ, धर्मको नाममा असहिष्णु बन्छ ।
मुखिया नश्लीय सोच राख्छ, उग्र राष्ट्रवादको खेती गर्छ । उसको एउटा हतियार छ– सञ्चार । जो भुकिरहन्छ । आलोचकमाथि, छिमेकीमाथि, विरोधीमाथि भुकिरहन्छ – अनेक कथा बुनेर । मलाई लाग्छ योबेला गोयबल्स हुने हो भने तीनछक्क पथ्र्यो होला । आफ्ना अनुयायीहरू देखेर गद्गद् हुन्थ्यो होला ।
पत्रकारिताको पनि मूल्यमान्यता हुन्छ । आचारसंहिताको लक्ष्मणरेखा हुन्छ । जनतालाई सुसूचित गर्ने, सत्तापक्षलाई खबरदारी गर्ने, गलत कार्यको विरोध गर्ने । तर, यसको उल्टो छ । मानाँै, भारतीय मिडियाहरू धृतराष्ट्र हुन्, जो आँखा भएर पनि देख्दैनन्, कान भएर पनि सुन्दैनन्, मुख भएर पनि बोल्दैनन् । उनीहरू पत्रकारिता गर्दैनन्, पीतकारिता गर्छन् । उनीहरू आफैँ पत्रकार, आफँै निर्माता, आफँै निर्देशक, आफैँ अधिवक्ता, आफैँ सुरक्षाकर्मी, आफैँ न्यायाधीश, आफँै शासक ।
पत्रकारले त शब्दको खेती गर्नुपर्ने हो । तर, उनीहरू गालीको खेती गर्छन् । पत्रकार त शिष्ट हुनुपर्ने हो । तर, उनीहरू अश्लील, फोहोरी भाषा आविष्कार गर्छन् । उनीहरू आफैँ तोप पड्काउँछन्, युद्धको घोषणा गर्छन् ।
भारतका न्युजच्यानलहरू आजतक, एनडीटीभी, रिपब्लिक टीभी, इन्डिया न्युज, टाइम्स अफ इन्डिया, जी हिन्दुस्तान आदि सत्ताको ताबेदारी गर्नेे कलमी दस्ताहरू हुन् । जसले प्रत्येक घटनामाथि मिथ्या स्वैर कल्पनाको बेजोड चलचित्र निर्माण गरिरहेका छन् । जुन मिथ्या कथाले लेखिएको छ, छिमेकीमाथि गरेको अतिक्रमणका गीतले भरिएको छ, षड्यन्त्रको सङ्गीतले गुञ्जिएको छ ।
वर्षौंदेखि नेपालको सीमा भारतले मिचिरहेको छ । नेपालीभूमि डुबानमा परेको छ । कालापानी, लिपुलेकमा वर्षौंदेखि क्याम्प खडा गरेर बसेको छ । त्यहीँ भूमि छाडभन्दा, त्यही भूमि नक्सामा गाभ्दा उसलाई किन दुख्नुपर्ने ? सुरुमा आफ्नो नक्सामा पारे कालापानी । पछि नेपालले आफ्नो भूमिमाथि अतिक्रमण गर्दा विरोध गरी नयाँ नक्सा जारी गर्यो । नक्सा जारी हुनेबित्तिकै भारतीय मिडियाहरूले आगो वर्षाउन थाले । गोदी मिडिया ग्रुपले नेपालविरुद्ध सङ्गीन तेस्र्याए । उनीहरू आफ्नो स्तरबाट झरे, द्वेषको टीका लगाएर आफैँ सेनापति भएर युद्ध घोष गरे । बिनाप्रमाण, बिनाआधार प्रचार गरे – “नेपालले भारतीय भूमि मिच्यो ।” ‘नेपालले अरूको उक्साहतमा लागेर इन्डियासँग जोरी खोज्यो ।’ अनि मैले सम्झेँ, सम्पूर्ण नेपालीले सम्झे उसका हर्कतहरू, उसले मिचेका सिमानाका घाउहरू, उसले उखेलेर फ्याँकेका जङ्गेपिलरहरू, उसको सडक र तटबन्धले डुबानमा परेका तराईका भूमि, उसले पटक–पटक अवरोध गरेका पलहरू, नाकाबन्दीका घाउहरू । अझै पनि दुखिरहन्छ, चह¥याइरहन्छ । अर्घेल्याइँ गर्ने उही, उपद्रो गर्ने उही, अहङ्कार देखाउने उही, हस्तक्षेप गर्ने उही, अतिक्रमण गर्ने उही तर स्वर मच्चाउने पनि उही । जो चोर उसैको ठुलो स्वर ।
सत्य तथ्य बुझेर खोज पत्रकारिता गर्नुपर्नेहरू आँखा चिम्लेर सत्यलाई ढाक्छन्, तथ्यलाई बङ्ग्याउँछन् । गलत कामको खबरदारी गर्नुपर्नेहरू उल्टै मोदीका गोटी बन्छन् । तिनलाई न मित्रताको आवश्यकता छ । मात्र मालिकप्रति बफादारिता देखाउँछन्, भुकिरहन्छन्, खोकिरहन्छन् । झूटैझूटको पुलिन्दा तयार गर्छन् । अनि दोहो¥याइरहन्छन्– सयौँ पटक हजारौँ पटक झूटका पुलिन्दाहरू । झूटको खेती गर्ने सौखिन र विषालु नागहरू ।
ओलीले नाकाबन्दीको प्रहारलाई छेके, रोके । यसकैकारण उनलाई हटाउन अनेक खेल खेल्यो, पार्टी फुटाउन खोज्यो, सत्ताबाट झार्न खोज्यो, वीभिषण र लेन्डुपलाई सत्तामा चढाउन खोज्यो । असल छिमेकी चीनले फुट्नबाट रोक्न खोज्यो । त्यसैलाई आधार बनाई निर्लज्ज प्रहार ग¥यो । कूटनीतिक मर्यादा नाघे । अनि पस्कन थाल्यो प्रेम, उक्साहटका शब्द वाणहरू । स्तरहीन शब्दहरू, आमाचकारी गालीहरू । पीतकारिताको सबभन्दा निकृष्ट रूप प्रस्तुत गरे गोयबल्सलाई पनि माथ गर्ने गरी । गाली पनि पत्रकारिता हुँदोरहेछ, स्तरहीन पशुहरूको पनि पत्रकार हुँदारहेछन् । पीतकारिता सिक्न भारत जानू । यसलाई त सर्वव्यापी आहान नै बनाउनुपर्छ । नाजीवादको बीउ हुर्कँदै छ इन्डियाबाट । गोयबल्सको पुनर्जन्म हुँदै छ इन्डियामा । बेलायती साम्राज्य, अमेरिकी साम्राज्यवाद, जापानी, पोर्चुगाली साम्राज्यको हाइब्रीड फुल्दै छ इन्डियाबाट । त्यसकै परीक्षणमा मिसनकारिता गर्दै छन् पीत पत्रकारहरू । त्यसकै अध्याय त तयार गर्न भूमिका खेल्दै छन् पीतकारिताले ।
तर… । इतिहास दोहोरिन्छ । जन्मपछि मृत्यु निश्चित छ । हिटलरले पनि संसार खाने सपना देखेकै थियो । पवित्र रगतको नाममा नाजीवाद हुर्काएको थियो । मुसलिनीसँग गला मिलाएको थियो । त्यसलाई परास्त गर्ने महामानव सोभियत रुसमा जन्मिसकेको थियो । स्तालिनले उनको सपना चकनाचुर पारे । आज उनै स्तालिन ‘तानाशाह’ भएका छन् । उनीहरूकै भाषामा ‘कथित तानाशाह’ नभएको भए संसारको भूगोल अर्कै भइसक्थ्यो होला । सायद त्यसैले त उनीहरू स्तालिनलाई बिर्सेर हिटलरलाई सम्झिरहेका छन्, पूजा गरिरहेका छन् । नश्लवादीहरूले उनको भ्रुण पाठेघरमा हुर्काइरहेका छन्, साम्राज्यका नाइकेहरूले टेष्टट्युबमा जन्माइरहेका छन् । यसबीचमा म देखिरहेको छु, स्तालिनको भु्रण पनि सुषुप्त अवस्थामा हुर्किरहेको छ । त्यसैले सावधान, पीतकारिता, हतियारको उन्माद, शक्तिको आड सबै छाड । युद्धपीतकारिताले जितिन्न, हतियारले जितिन्न, शक्तिले जितिन्न, आकारले जितिन्न । सत्यले जित्छ – चाहे कालो पोत केही समय । विचारले जितिन्छ चाहे मान्छे मार । आत्मविश्वास र जिजीविषाले जितिन्छ चाहे कमजोर लडोस् तर लडेकै ठाउँबाट उठ्छ । सेनाको सङ्ख्याले जितिन्न, जनशक्ति र कुशल नेतृत्वले जित्छ ।
मलाई दया लाग्छ, इन्डियाको पितकारिताप्रति । जब विचार सकिन्छ तब झूटको आवश्यकता पर्छ । जब तथ्य सकिन्छ तब गालीको आवश्यकता पर्छ । गर्नेलाई भन्दा पनि देख्नेलाई लाजभनेझैँ भएको छ – इन्डियाको पीतकारिता । जसमा कुतर्कको बाढी छ, झूटको पुलिन्दा छ, अश्लील शब्द जाल छ । हुन त संसारमा धेरै महिला हिंसा र बलात्कार हुने देश इन्डिया नै हो । धर्मको नाममा अन्धा र कट्टरको शासन हुने देश पनि इन्डिया नै हो । यी नै पत्रकारिताबाट अपराधीहरूले सिकेको हुनुपर्छ । समाजलाई सहीमार्गमा डो¥याउने पत्रकारिता आज अरूलाई हिलो छ्यापेर रमाउँछ, अनि आफ्नो अनुहार छोप्छन् । संसारकै सबभन्दा ठुलो लोकतान्त्रिक मुलुकको पत्रकारिता – पीतकारिता । फरक विचार, फरक आस्था, फरक सिमाना सबलाई शत्रु देख्ने – दृष्टिदोषबाट मुक्त हुन नसकेको इतिहासका प्रेतकल्पहरू ।
Leave a Reply