भर्खरै :

रुख ढल्दा डुबानको डर

मौसम विज्ञान विभागले साउन ४ गतेदेखि ८ गतेसम्म ५ दिन देशभर वर्षा हुने जनाएको छ । साउन महिना हरेक दिनजसो छिटफूट भए पनि वर्षा हुने समय भएकोले देशभरि नै यही महिनामा बाढी–पहिरो डुबानलगायतका प्राकृतिक विपत्ति भई नै रहेका छन् ।
यस्तो विपत्तिलाई रोक्न त सकिँदैन । तर, हुनसक्ने क्षति र विपत्ति कम गर्न सकिन्छ । प्रत्येक जिल्ला र नगरमा विपत्तिबाट हुनसक्ने क्षतिको आकलन गरी योजना बनाउने गर्दछ ।
भक्तपुरको सन्दर्भमा चाँगुनारायण र सूर्यविनायक नगरका डाँडाकोे बस्तीमा पहिरोको खतरा हुनसक्छ । भक्तपुर र मध्यपुर थिमी नगरका विभिन्न बस्ती बाढीको जोखिम भएका क्षेत्र छन् । हनुमन्ते र मनोहरा नदी आसपासका बस्ती वर्षैपिच्छे डुबानमा पर्छ ।
यस्तो अवस्था हुँदा हुँदै भक्तपुर नगरपालिका वडा नं. ८ थुसाचाबाट महेश्वरी जाने खोलाको डिलमा एउटा रूख ढलेको ४ दिन बित्दा पनि न धनीले हटायो न त नगरपालिकाले नै । हनुमन्ते खोलामा पानीको सतह बढेको खण्डमा नदीको पानी सो ढलेको रूखमा ठोकिएर जगातिबाट च्याह्मासिंह जाने बाटोको पुललाई क्षति गर्नसक्ने र वरपर रहेको घरमा पानी पस्ने खतरा हुँदा हुँदै यस्तो लापरबाही किन ?
दिनमा सयौँ मानिस ओहोर–दोहोर गर्ने बाटोमा रूख ढल्दा पनि नदेखेको किन ¤ आउने विपत्तपछि उद्धार र राहत वितरणको समाचार छाप्नकै लागि ४ दिन हुँदा पनि केही नगरेको हो ? जोखिम हुँदा हुँदै नगरपालिकाले किन बेवास्ता गरेको ? समयमै ध्यान जाने आशा गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *