कङ्गोमा एक हजार जनाभन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि : डब्ल्यूएचओ
- असार ११, २०८३
१. चानपा ९
ताथलीको गिरीटोल, खड्का टोल र बस्नेत टोलमा पहिरोले सानभाइ गिरीको घर र बाटो जोखिममा परेको ।
ताथली सौडोलका रविन बासुकला, राजाराम बासुकला, सीताराम बासुकला र रामभक्त बासुकलाको घरपछाडिको भाग पहिरो गई घर जोखिममा परेको ।
ताथली वडा नं ७, सौडोलका नारायणभक्त थुयाजू, हरिगोपाल थुयाजू, बिकुलाल थुयाजू र मिलन थुयाजूको घर पछाडिको भाग पहिरो जाँदा घर जोखिममा परेको ।
ताथली, सौडोलका ६१ घर परिवारका उपभोक्ताहरूले उपभोग गर्दै आएको पानी ट्याङ्की राखेको भाग पहिरो गई १०÷१० हजार लिटरको दुई वटा टयाङ्की जोखिममा परेको ।
२. चानपा ८
सुडाल, रायमाझी टोलका दिलबहादुर राय, सूर्यबहादुर राय र राजाराम रायको घरको दक्षिण भागमा पहिरो गई घर जोखिममा परेको ।
३. चानपा ५
छालिङ खड्का टोलका तारा खड्काको घर पछाडिको भागमा पहिरो गई घरभित्र पानी पसेर गारो भत्किने सम्भावना भएको ।
छालिङ खड्का टोलका साननानी खड्काको घर अगाडिको भागमा पहिरो गएको ।
छालिङ खत्री टोलका राजकुमार खत्री, गोकुल खत्रीको घर अगाडिको भाग पूरै पहिरो गएको ।
छालिङ खत्री टोलका मनोजकुमार खत्रीको घर पछाडिको पूरै भागमा पहिरो आएकोले घरमा बस्नै नहुने भई अन्यत्र बस्दै आएको तत्कालै रोकथाम गर्नुपर्ने ।
छालिङ तेलकोटका बद्री लामिछानेको घर अगाडिको भाग पहिरो गएको र बस्न नहुने भएको ।
छालिङ तेलकोटका रामशरण नेपाली र नरेन्द्रकुमार सिंह विश्वकर्माको घर अगाडिको भागमा पहिरो गएकोले घर जोखिममा परेको ।
छालिङ तेलकोटका उत्तम नेपाली र कान्छा नेपालीको घर अगाडिको भाग पहिरो जाँदा घर जोखिममा परेको ।
छालिङ, खड्का टोलका हरेराम खड्का, सुमन खड्का, विजय खड्का र रवीन्द्र खड्काको घर अगाडिको पूरै भाग पहिरो गई घर जोखिममा परेको ।
छालिङ, खड्का टोलका भाइराम खड्काको गोठको दक्षिण भाग र भीमसेन खड्काको घर अगाडिको भाग पहिरो गएकोले घर जोखिममा परेको ।
४. चानपा ७
बागेश्वरी अधिकारी टोलका बाबुकृष्ण (गीता) रिजालको घर अगाडिको भाग पूरै पहिरोमा गई घर जोखिममा परेको ।
बागेश्वरी अधिकारी टोलका विश्वमणी लामिछानेको घरको उत्तरपट्टिको भाग पहिरो गई घर जोखिममा परेको ।
Leave a Reply