भर्खरै :

राष्ट्रपति सीलाई कालो माटोको चिन्ता

चिलिन, २३ जुलाई । चीनका राष्ट्रपति एवम् चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी चिनफिङले मलिलो कालो कृषियोग्य माटो जोगाउन आग्रह गर्नुभएको छ । चीनको उत्तरपूर्वी चिलिन प्रान्तको अध्ययन भ्रमणको क्रममा उहाँले बिरुवाको लागि आवश्यक पोषणयुक्त माटोको संरक्षणमा जोड दिनुभएको हो ।
सीले भ्रमण गर्नुभएको क्षेत्र चीनकै सबभन्दा बढी मकै र भटमासको उत्पादन हुने क्षेत्र हो । तथापि त्यहाँ मलिलो माटो घट्दै जाँदा भविष्यमा कृषि उत्पादन घट्न सक्नेमा सीले चिन्ता व्यक्त गर्नुुभयो ।
उहाँले मकैका सुकेका पात कुहाएर बनाइएको प्राङ्गारिक मल प्रयोग गर्ने स्थानीय कृषि पद्धतिको प्रशंसा गर्दै त्यस्तो पद्धतिले माटोको उत्पादकत्वमात्र बढाउने नभई हावा र वर्षाको कारण हुने भूक्षयबाट जोगाउन सकिने बताउनुभयो । उहाँले चिलिनको त्यस्तो कृषि पद्धति अन्यत्र पनि प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।
सीले चिलिनको कृषि उत्पादनमा विज्ञान–प्रविधिको प्रयोगमा भएका सुधारको समेत अध्ययन गरी स्थानीय परिस्थितिअनुसार किसानहरूको कृषि कर्मप्रति खुसी व्यक्त गर्नुभयो ।
चीनको विकासमा विशिष्टकृत किसान सहकारीहरूको भूमिका निकै महत्र्वपूर्ण भएको चर्चा गर्दै सीले चीनका विभिन्न भागमा आफ्नो अनुकूलको कृषि पद्धतिले कृषिमा सहकार्य हासिल गर्न मद्दत पुग्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *