भर्खरै :

युवाहरूको अध्ययन गोष्ठी

भक्तपुर, ९ साउन । युवाहरूले ‘मजदुर’ दैनिकमा प्रकाशित ‘भारतको चीन युद्ध’ पुस्तकको अध्ययनबारे अन्तरक्रिया गरेका छन् । शुक्रबार नेपाल क्रान्तिकारी युवा सङ्घ भक्तपुर जिल्ला समितिले आयोजना गरेको अन्तरक्रियामा युवाहरूले नेभिल म्याम्सवेलको चर्चित पुस्तक ‘भारतको चीन युद्ध’ को प्रकाशित धाराबाहिक सामग्रीबारे आफ्नो अध्ययन सार प्रस्तुत गरेका हुन् ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिका अध्यक्ष न्हुछेभक्त फोजूले युवा कार्यकर्ताहरू विभिन्न विषयमा जानकार बन्न पार्टी प्रकाशनको निममित अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टीका सिद्धान्त र कार्यक्रमबारे व्यापक जनताबारे सचेत बनाउन पार्टीले विभिन्न प्रकाशन गर्ने गरेको बताउँदै युवाहरूले अध्ययन संस्कृति विकास गर्नुपर्ने बताउनुभयो ।
मजदुर दैनिकका सम्पादक नीरज लवजूले नेपाल चीन र भारतको बीचमा रहेको देश भएकोले चीन–भारत सीमा विवादबारे नेपाली जनता पनि जानकार हुनुपर्ने बताउनुभयो ।
उहाँले म्याक्सवेलको ‘भारतको चीन युद्ध’ पुस्तकले सन् १९६२ बारे पश्चिमा देशहरूको बुझाइमा परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेलेको चर्चा गर्दै भारतको आजको फासीवादी सरकारले कुनै पनि बेला नेहरू चिन्तनअनुसार साना छिमेकी देशमा हमला गर्नसक्ने बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष मीनबहादुर बाटाको सभापतित्वमा भएको कार्यक्रममा एचएस सुवाल, रमेश वैद्य, राजेन्द्र साखकर्मी, रामेश्वर राना, जगतराम धुख्वा, गोपालसुन्दर गोसाई, रामशरण त्वाती, सङ्गीता नेपाली, राजाराम बासीलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *