कङ्गोमा एक हजार जनाभन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि : डब्ल्यूएचओ
- असार ११, २०८३
भक्तपुर, ९ साउन । आर्थिक वर्ष २०७६-७७ मा भक्तपुर नपा वडा नं. १० कार्यालयबाट भएका विकास निर्माणका गतिविधिबारे वडावासीहरूलाई जानकारी दिने उद्देश्यले शुक्रबार वडावासीहरूको भेला भयो ।
भेलामा नगर प्रमुख सुनिल प्रजापतिले लकडाउन खुलेसँगै कोभिड–१९ को सङ्क्रमणको खतरा रहेको हुँदा सबैले आफ्नो सुरक्षामा सचेत रहनुपर्ने बताउनुभयो ।
कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिन नदिन भनपाले क्वारेन्टिनको व्यवस्था गरिरहेको जानकारी गराउँदै उहाँले सरकारी जग्गा संरक्षण गर्न नपाले आवश्यक पहल गरिरहेको बताउनुभयो ।
भनपाले १२० भन्दा बढी सम्पदाहरूको पुनःनिर्माण र जीर्णोद्धार गरिसकेको जानकारी दिँदै प्रमुख प्रजापतिले भनपाले अरू स्थानीय तहले भन्दा फरक कामहरूको सङ्कलन ‘हाम्रो अभ्यास’ पुस्तक र स्थानीय पाठ्यक्रमका विषयवस्तु समेटेर ‘ख्वपको पहिचान’ नामक सन्दर्भ सामग्री पुस्तक प्रकाशन गरेको छ भन्नुभयो ।
ङातापोल जीर्णोद्धारमा नगरवासीहरूको स्वतःस्फूर्त सहयोगले नपालाई सहयोग पुगेको बताउँदै उहाँले नगरवासीको साथ र सहयोगी भावनाकै कारण सम्पदा संरक्षण कार्य अगाडि बढिरहेको उल्लेख गर्नुभयो ।
जनस्वास्थ्य केन्द्र भक्तपुरले थाइराइडको जाँच पनि छिट्टै सुरू गर्दै छ, श्वास प्रश्वासमा पहिलो छाती पुनःस्थापना केन्द्र पनि भक्तपुरमा सञ्चालन गर्ने तयारी भइसकेको छ, प्रमुख प्रजापतिले जानकारी गराउनुभयो ।
भनपा वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौँमिखाले आ.व. २०७६÷७७ मा वडामा भएका विकास निर्माणका कार्यक्रमहरूको प्रतिवेदन पेश गर्दै वडाले आत्मरक्षा, कौसी खेती, बीउ वितरण, स्वास्थ्य सेवा आदिको तालिम नियमितरूपमा सञ्चालन भइरहेको बताउनुभयो ।
कार्यक्रममा भनपाका पूर्वउपप्रमुख चैत्यराज शाक्य, पूर्ववडाध्यक्ष चन्द्रबहादुर उलक, वडा सदस्य जितेन्द्र मुनंकर्मी, ज्ञानकुमार मगजू र वडासचिव गोविन्दराम थुसाले पनि बोल्नुभएको थियो ।
Leave a Reply