कङ्गोमा एक हजार जनाभन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि : डब्ल्यूएचओ
- असार ११, २०८३
भक्तपुर, ९ साउन । नेपाल क्रान्तिकारी शिक्षक सङ्घ भक्तपुर नगर समितिको आयोजनामा शुक्रबार नेमकिपाको मुखपत्र ‘मजदुर–किसान’ को अन्तरक्रिया सम्पन्न भयो ।
अन्तरक्रियामा नेमकिपाका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेश सांसद सुरेन्द्रराज गोसाईले पार्टी दस्तावेजको गहन अध्ययन गर्नु हरेक पार्टी कार्यकर्ताहरूको कर्तव्य हो भन्दै विपक्षहरूले समेत नियमितरूपमा अध्ययन थालेका दृष्टान्तहरू दिनुभयो ।
विनाअध्ययन सतहीरूपमा स्टालिनलगायतका व्यक्तित्व र समाजवादी विचारविरूद्ध बोल्नेहरूलाई बोलेर नभई पार्टी प्रकाशन पढ्न दिएर खण्डन गरेपछि विपक्षीहरू संसद्मा विगतमा झैँ सतहीरूपमा बोल्न छोडेका उदाहरणहरू दिँदै उहाँले विपक्षहरूसँग सैद्धान्तिक तर्क–वितर्क गर्ने आधार नै हाम्रा पार्टी प्रकाशनहरू हुन् भन्नुभयो ।
नयाँ पुस्तालाई भाषिकरूपमा निपुण बनाउनुपर्ने आवश्यकतामाथि प्रकाश पार्दै उहाँले यस काममा शिक्षकहरूको भूमिका महत्वपूर्ण हुनेमा जोड दिनुभयो ।
कार्यक्रममा नेक्राशिसङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले पार्टी प्रकाशन दराज सजाउने साधन नभई महत्वपूर्ण बौद्धिक खुराक भएकोमा प्रकाश पार्नुभयो ।
नेपालको कम्युनिस्ट आन्दोलनमा निरन्तर यस प्रकारको प्रकाशन अन्य कुनै पनि पार्टीले नगरिरहेको अवस्थामा नेमकिपाको प्रकाशनले अरूलाई समेत बाटो देखाइरहेको कुरा उहाँले बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष गणेशराम थुसाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेक्राशिसङ्घका केन्द्रीय सदस्य अम्बिका न्याइच्याईलगायत विश्वराम प्रजापति, विष्णुप्रसाद दुमरू, शिवराम बोहजू, राकेश सुकुपायो, सीताराम भ्वयद्यो, राजेश भ्वयद्योले पनि बोल्नुभएको थियो ।
Leave a Reply