भर्खरै :

दोस्रो अधिवेशन अन्त्य, सोमबार तेस्रो अधिवेशन सुरू हुने

२०७३ वैशाख २१ गतेबाट सुरू भएको संसदको दोस्रो अधिवेशन बिहीबार राती १२ बजेदेखि अन्त्य गरियो । सभामुख ओनसारी घर्तीले बिहीबार ३ बजे बसेको संसदको दोस्रो अधिवेशनमा भए गरेका काम कारबाहीको सङ्क्षिप्त जानकारी गराउँदै राष्ट्रपति कार्यालयबाट बिहीबार राति १२ बजेदेखि संसदको दोस्रो अधिवेशन स्वतः अन्त्य हुने पत्र वाचन गर्नुभयो ।
नेपालको संविधान २०७२ असोज ३ गते घोषणापछि सुरू भएको दोस्रो अधिवेशनमा ३८१ दिन चालू भएको, ११४ दिनहरूमा १३५ पटक बैठक बसी जम्मा २९५ घण्टा २० मिनेट संसदीय काम कारबाहीमा व्यतित भएको सभामुख घर्तीले जानकारी गराउनुभयो ।
संसदमा २०७३ वैशाख २३ गते पूर्वबजेट प्रस्ताव पेश भएको, वैशाख २६ ग
ते राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत गरी सम्बोधन भएको, जेठ १५ गते आव २०७३-०७४ को बजेट पेश भएको र अधिवेशनमा १७ वटा विधेयक सदनबाट पारित भएको वताउनुभयो ।
नेका–माओवादीका सांसदहरूले २०७३ साउन ७ गते प्रधानमन्त्री ओलीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गरे भने ओलीले साउन ९ गते राष्ट्रपतिसमक्ष राजीनामा दिएका उनले बताए । साउन १९ गते नेका र मधेसी मोर्चाको समर्थनमा पुष्पकमल दाहाल बहुमतबाट प्रधानमन्त्री निर्वाचित भएको उल्लेख गरियो ।
एमाले र माओवादी सांसदहरूले कार्तिक ९ गते अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरूद्ध महाभियोग प्रस्ताव पेश गरे भने नेका र माओवादी सांसदहरूले सर्वोच्च अदालतका प्रधानन्यायाधीश सुशीला कार्कीविरूद्ध महाभियोग प्रस्ताव पेश गरे ।
यस अधिवेशनमा पूर्वसांसदहरू मड्डलसिद्धी मानन्धर, हरिराज लिम्बू, बालाराज कार्की, बुद्धरत्न मानन्धर, मणिराम पोखरेल, रामहरि ढुड्डेल, नथुनीसिंह दनुवार तथा वर्तमान सांसद भक्तिप्रसाद पाण्डे (माओवादी) र दुलारी देवी (एमाले) को निधन भए ।
दोस्रो अधिवेशन सम्भवतः इतिहासमा धेरै दिन चलेको हुनुपर्छ । तर आउने सोमबार जेठ ८ गते दिउँसो १ बजे संसदको तेस्रो अधिवेशन सुरू हुँदैछ । प्रधानमन्त्री दाहालले जेठ ८ गते राजीनामा दिने भएकोले पनि तेस्रो अधिवेशन छिट्टै बस्ने भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *