संरा अमेरिका विश्व असुरक्षाको प्रमुख कारण
- आश्विन ६, २०८३
प्योङयाङ, २६ जुलाई । प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको केसोङ सहरमा पहिलो पटक कोभिड–१९ को सम्भावित बिरामी फेला परेको छ । सङ्क्रमित व्यक्ति जुलाई १९ मा कोरिया गणतन्त्र (दक्षिण कोरिया) बाट अवैधरूपमा प्रजग कोरिया पसेको त्यहाँको आधिकारिक समाचार संस्था केसीएनएले जनाएको छ ।
“तीन वर्षअघि दक्षिणतिर भागेका एक जना भगौडा जुलाई १९ को दिन अवैधरूपमा सीमा रेखा पार गरेर केसोङ पुगेका छन् । त्यो व्यक्ति प्राणघातक भाइरस सङ्क्रमित भएको हुनसक्ने आशङ्का गरिएको छ”, केसीएनएको समाचारमा उल्लेख छ ।
समाचारस्रोतले सो व्यक्तिको स्वास्थ्य परीक्षण गरियो वा गरिएन भन्ने विषयमा केही उल्लेख गरेको छैन । आशङ्का गरिएको व्यक्तिलाई प्रारम्भिक चरणमा कडा क्वारेन्टिनमा राखिएको र बितेका पाँच दिनमा उनले भेटेका सबै मानिसलाई पनि क्वारेन्टिनमा राखिनुका साथै अनुसन्धान गरिएको छ ।
अवस्थाको संवेदनशीलतालाई ध्यानमा राखी प्रजग कोरियाका नेता किम जङ उनको अध्यक्षतामा आकस्मिक बैठक बसिएको खबर छ । बैठकमा अवस्थाबारे छलफल गर्नुका साथै ‘अधिकतम आकस्मिक प्रबन्ध’ गर्ने निर्णय गरेको छ ।
“त्यसबाहेक देशभर सबै क्षेत्रमा महामारीको प्रतिरोधको लागि सघन पूर्वसावधानी गरिनुका साथै सबै नाकामा कडाइ गरिएको छ । विगत ६ महिनादेखि नै सबै नाकाहरूमा कडाइ गरिएको छ । यति हुँदाहुँदै पनि प्राणघातक भाइरस देशभित्र पसेको हुनसक्छ”, किमको भनाइ उद्धृत गर्दै केसीएनएले लेखेको छ ।
किमले केसोङ सहरमा आपत्काल लागू गर्नुका साथै लकडाउन घोषणा गरेका छन् । केसीएनएले जनाएअनुसार कोरियाली मजदुर पार्टीको केन्द्रीय सैनिक आयोगले भगौडाभित्र पस्न सक्ने गरी ‘खुकुलो सुरक्षा’ को लागि जिम्मेवारी सैनिक एकाइको अनुसन्धानपछि दोषीमाथि कडा कारबाही गरिनेछ ।
दक्षिण कोरियाले पनि सीमा नाघेर मान्छे घुसेको हुन सक्ने ‘बलियो सम्भावना’ भएको योन्हाप समाचार संस्थाले सैनिक स्रोतलाई उद्धृत गर्दै भनेको छ ।
“सीमा पार गरेर मानिस उत्तरतिर पसेको हुनसक्ने सम्भावनालाई ध्यानमा राखी सेनाले उसले प्रयोग गरेको हुनसक्ने मार्गबारे विस्तृत अध्ययन गरिरहेको छ”, प्रजग कोरियाका सम्बन्धित निकायसँग सहकार्य गरी अनुसन्धान गर्ने भन्दै दक्षिण कोरियाली अधिकारीले भने ।
कदाचित सङ्क्रमणको आशङ्का गरिएको व्यक्तिमा सङ्क्रमित पुष्टि भए यसअघिसम्म एक जना पनि मानिसमा कोभिड–१९ नलागेको प्रजग कोरियामा कोभिड–१९ पहिलो पटक देखिएको हुनेछ ।
Leave a Reply