भक्तपुरमा ग्यास अभाव कायमै सिलिन्डर खोज्दै उपभोक्ता
- कार्तिक २०, २०८३
दार्चुला, १५ साउन । व्यास गाउँपालिका–१ छाङ्गरुमा सीमा प्रशासन कार्यालयको बोर्ड टाँसिएको छ । यो कार्यालयमा २०७२ सालयता छाङ्गरुमा सीमा प्रशासनका कर्मचारी पुगेका छैनन् ।
विसं २०३४ मा छाङरुमा स्थापना गरिएको सीमा प्रशासन कार्यालयमा २०७२ सालसम्म एक जना कार्यालय सहयोगी भए पनि कार्यालय खुल्थ्यो । नेपाली झन्डा कार्यालयमाथि फरफराउँथ्यो । त्यसयता कर्मचारी व्यास आएका छैनन् । कार्यालयका केही कागजात र कुर्सी टेबुल छन् । हरेक वर्ष घरभाडाको सम्झौतासमेत हुने गरेको छ ।
घरधनी जीवन बोहराले भन्नुभयो, “कागजात र कुर्सी टेबुलभित्रै छन्, सकेसम्म कर्मचारीको उपस्थिति भए अहिलेको परिस्थितिमा राम्रै हुन्छ, सरकारले आफ्ना मातहतका कार्यालय व्यासमा पु¥याउन सके यो क्षेत्रमा नेपाल सरकारले चासो दिएको पनि देखिन्छ ।” व्यासवासीले सो क्षेत्रमा सीमा प्रशासन आउनुपर्ने माग गरे पनि जिल्लाबाट आएका छैनन् । प्रशासनिक कार्यालय नहुँदा स्थानीयवासीले सेवा लिन खलङ्गा आउनुपर्ने बाध्यता छ ।
अनेरास्ववियुले जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाउँदै व्यासको छाङ्गरुमा रहेको सीमा प्रशासन कार्यालय सञ्चालन गर्न मागसमेत गरेको छ । पछिल्लो समय सरकारले व्यासमा सुरक्षाको उपस्थिति बढाउँदै लगेका बेला प्रशासनिक निकायको पनि उपस्थिति हुनुपर्ने अखिलको माग छ ।
व्यास क्षेत्रका बासिन्दा खलङ्गा क्षेत्रमा पनि बसोबास गर्ने भएकोले छाङरुको सीमा प्रशासनको कामकाज हाल जिल्ला प्रशासन कार्यालयबाटै हुँदै आएकोे सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले बताउनुभयो । “व्यासका स्थानीयवासी केही छाङ्गरु टिङ्कर र केही खलङ्गा सदरमुकाममै बस्छन्”, उहाँले भन्नुभयो । छाङ्गरुमै गएर सेवा दिँदा खलङ्गाका स्थानीयवासीले पनि छाङ्गरु पुगेर सेवा लिन कठिन हुने भएपछि यहीँबाट सेवा प्रवाह भइरहेको छ, छ जनाको दरबन्दी रहेको सीमा प्रशासनमा हाल तीन जनामात्रै कर्मचारी कार्यरत छन् ।”
प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेल सो क्षेत्रमा सीमा प्रशासनको उपस्थिति गराउन गृह मन्त्रालयलाई पत्राचार गरिएको बताउनुहुन्छ । “हामीले २०७२ सालयता कर्मचारी किन जान सकेनन्, कर्मचारी दरबन्दी कहाँ छन्, पहिले भइरहेको काम र अहिलेको अवस्थाबारे सबै लेखापढी भएको छ”, उहाँले भन्नुभयो ।
Leave a Reply