भक्तपुरमा तीनदिने ‘रोटरी पुस्तक प्रदर्शनी २०८३’ बिहीबारदेखि सुरु हुने
- कार्तिक ११, २०८३
कैलाली, १५ साउन । मङ्गलबारदेखिको वर्षा नरोकिएपछि धनगढी उपमहानगरपालिकाका विभिन्न क्षेत्र जलमग्न हुनुका साथै दर्जनौँ बढी घर डुबानमा परेका छन् ।
धनगढीको मालिका टोल, शिवनगर, कृष्णनगर, विशालनगर, मिलनचोक, उत्तरबेहडी, पुरानो भन्सार गाउँको दक्षिणपट्टिको बस्तीलगायतका अधिकांश घर तथा पसलभित्र पानी पसेर स्थानीयवासीको जनजीवनसमेत प्रभावित बनेको छ ।
धनगढी– २ मालिका टोलकी स्थानीय पार्वतीदेवी भट्टले घरभित्र पानी पसेर बस्न समस्या भएपछि छिमेकीको घरमा राति बास बस्नुपर्ने बाध्यता सुनाउनुभयो । भट्टले भन्नुभयो,“घरभित्र दुई फिटजति पानी जम्मा भएर खाद्यान्न, लुगाकपडा भिजेका छन् भने खाना पकाउन समस्या भएको छ ।” उहाँले भन्नुभयो, “गोठका पशुचौपायासमेत सडक छेउछाउमा डो¥याएर राखेका छौँ ।”
पुराना वर्षौंदेखि पानीको निकासा हुने गरेका खोल्सा, कुलेशालगायतका भू–भाग अतिक्रमण गरेर बनाइएका घर तथा पूर्वाधार निर्माण हुनेक्रम बढेसँगै पानीको निकास हुने बाटो रोकिएकोले पनि हरेक वर्ष यहाँका बस्ती डुबानको चपेटामा पर्ने गरेका छन् । पानी निकास हुने नालाको व्यवस्थापन नभई सडक कालोपत्र हुने गरेका कारण बस्ती डुबानमा पर्ने गरेको धनगढीको विशालनगरका भोजराज जोशीको भनाइ छ । उहाँले विशालनगर वर्षौंदेखि डुबान हुँदै आइरहेको क्षेत्र भएकाले डुबानको मुक्तिबाट सुरक्षित रहन सर्वप्रथम पानी निकास हुने नाला, ढलको उचित व्यवस्थापन हुन जरुरी रहेको बताउनुभयो ।
बजार आसपासका बस्तीमात्रै नभई मुख्य बजारका सडक पनि जलमग्न छ । एलेनचोक, रातोपुल, चटकपुर, सहिदगेट, प्रदेशसभा भवनअगाडि, पार्कमोडस्थल, विशालनगरलगायतका मूल सडकमै पानीको तलाउ जम्मा भई आवतजावतमा समस्या भएको छ । स्थानीयवासीका धानबाली डुबानमा परी जलमग्न भई तलाउमा परिणत भएका छन् ।
त्यस्तै धनगढीमा निर्माणाधीन अवस्थामा रहेको छ लेन सडक र अर्कोतिर रिङरोड निर्माणसँगै पानीको उचित निकासको व्यवस्थापन हुन नसकेका कारण थप समस्या निम्तिएको यहाँका अगुवाको भनाइ छ ।
बर्दियाका ५ सय घर डुबानमा
कर्णाली र बबई नदीमा पानीको बहाव बढेसँगै यहाँका ५ सय घर डुबानमा परेका छन् । तीन दिनदेखि अविरल वर्षा भएकाले यहाँका बासिन्दा रातभर त्रासमा बसिरहेका छन् । बर्दियाको राजापुर नगरपालिकाका ४ सय घर डुबानमा परेपछि त्यहाँका मानिसहरू विस्थापित भएका छन् । राजापुर नगरपालिका डुबानमा परेको र त्यहाँका स्थानीयवासीलाई सुरक्षित राख्न बुद्ध आधारभूत विद्यालयमा सारिएको नगर प्रमुख शिवप्रसाद थारुले जानकारी दिनुभयो ।
बर्दियाका नदी आसपासका अन्य ७५ घर डुबानमा परेको र त्यहाँ बस्ने मानिसलाई सुरक्षित स्थानमा सारिएको प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार ठाकुरबाबा नगरपालिका वडा नं ७ बठनपुरलगायत क्षेत्र डुबेपछि २५ घर परिवार विस्थापित भएको छ । उनीहरूलाई वडा नं ८ को जगदम्बा माविमा उद्धार गरेर राखिएको ठाकुरबाबा नगर उपप्रमुख कृष्णाकुस्मा थारुले जानकारी दिनुभयो ।
Leave a Reply