भर्खरै :

जिम्मेवार नर्स हुन त्यति नै गा¥हो

नर्सले प्रत्येक बिरामीलाई जातभात, धनी गरिब नभनी समान व्यवहार गर्नुपर्छ । पेशागत मर्यादाको पनि सम्मान गर्नुपर्छ । नर्सले बिरामीको नैसर्गिक अधिकारलाई ध्यान पु¥याउनुपर्छ । व्यक्तिगत जीवनमा काम गर्दा जतिसुकै पीडा र चिन्ता भए पनि पेशागत जीवनमा मिलाएर लानुपर्छ ।
नर्स पढ्न जति सजिलो छ, एउटा जिम्मेवार नर्स हुन त्यति नै गा¥हो छ । यो पेशामा लागिसकेपछि सेवाको भावले उत्प्रेरित हुनु जरुरी छ । त्यो सेवा भावलाई जस्तोसुकै परिस्थितिमा पनि निरन्तरता दिनुपर्छ । बिरामीको भावनामा बहकिने भन्दा बिरामीको भावनालाई आत्मसात गर्ने र बिरामी तथा उनीहरूका आफन्तलाई खुसी बनाउन सक्ने वातावरण सृजना गर्नुपर्छ ।

जस्तो सुत्केरीपछि ६ महिनासम्म आमाको मात्रै दूध खुवाउनुपर्छ भनी अरुलाई शिक्षा दिन्छौँ तर आफ्नो बच्चा जन्मिएको २÷३ महिनामै बिरामीको उपचारमा लाग्नुपर्छ । आफ्नो बच्चा बिरामी भए पनि अरुको बच्चालाई स्याहार्नु पीडादायक पेशा हो नर्स । यसलाई जो कोहीले अपनाउन सक्दैन । अपनाउनेलाई राज्यले उचित कदर र सम्मान गर्नुपर्छ ।

तर, यहाँ आफू हाँसेर बिरामीलाई खुसी पार्ने नर्सका भित्री दुःख छन् । एकजना नर्सले ड्युटीका समयमा ३० देखि ४० जना बिरामी हेर्नुपर्छ । बिरामीको सेवामा अहोरात्र खट्ने नर्सहरूको आफ्नो समय हुँदैन । अनि खानाको कुनै तालिका हुँदैन । बिरामीको ‘डाइट चार्ट’ बनाउनुपर्छ तर आफू ग्यास्ट्रिक सिकिस्त हुँदासमेत बिरामीलाई समयमा खुवाउनुपर्छ, काम गर्दा गल्ती त हुन्छ तर गाली भने ठुलै व्यहोर्नुपर्छ । समयमा नआउँदा बिरामी पक्षको प्रहार नर्समाथि नै हुन्छ । अनि रिपोर्ट नआउँदा र औषधि केही ढिला हुँदा पनि गालीको सामना गर्नुपर्छ ।
एउटा नर्सले रोग र जीवनसँग भिड्नुपर्छ । जन्म र मृत्युसँग खेल्नुपर्छ । फोहोरलाई छ्या भन्न पाउँदैन । त्यहाँ फोहोर सोहोरेर सफा गर्नुपर्छ । दिनरात खट्नुपर्छ । एउटा निश्चित समय भन्ने हुँदैन । चाडपर्व र घाम पानी भन्न पाइँदैन । आफ्नो ड्युटी अवधिमा पानी र खाना खानसम्म भ्याउँदैन । ब्रेक समय हुँदैन । नर्सको पढाइमा धेरै लगन र मेहेनतको साथै लगानी पनि धेरै नै चाहिन्छ । स्वास्थ्यसम्बन्धी हरेक पढाइ हुन्छ तर त्यो सब अरुको ख्याल गर्नमात्र हो । आफूले व्यवहारमा लागू गर्न पाउँदैन ।
जस्तो सुत्केरीपछि ६ महिनासम्म आमाको मात्रै दूध खुवाउनुपर्छ भनी अरुलाई शिक्षा दिन्छौँ तर आफ्नो बच्चा जन्मिएको २÷३ महिनामै बिरामीको उपचारमा लाग्नुपर्छ । आफ्नो बच्चा बिरामी भए पनि अरुको बच्चालाई स्याहार्नु पीडादायक पेशा हो नर्स । यसलाई जो कोहीले अपनाउन सक्दैन । अपनाउनेलाई राज्यले उचित कदर र सम्मान गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *