भर्खरै :

मिनिमार्टमा अनुगमन

भक्तपुर, १७ साउन । भक्तपुर नगरपालिकाले शनिबार नगरका विभिन्न मिनिमार्टको अनुगमन गरेको छ । अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा मिनिमार्ट तीन वटामा अनुगमन गरेको हो । लकडाउन खुकुलोसँगै बजार भाउ महँगिएको र जनैपूर्णिमा तथा गाईजात्रालाई लक्षित गरी क्वाटीसहित खाद्य पसल अनुगमन गरेकोमा खाद्य तथा गुण नियन्त्रण कार्यालयबाट अनुज्ञापत्रबिना जथाभावी लेवलिङ्ग गरेको पाइएको संयोजक गोराले बताउनुभयो ।
टोलीले साकोठाको भक्तपुर मिनि मार्ट, च्याम्हासिंहको नाइन स्टार सपिङ्ग सेन्टर, नमस्ते किराना स्टोरमा अनुगमन गरेको छ । अनुगमनको क्रममा म्याद नाघेका सामान भेटिएको छ । म्याद नाघेको सामान समितिले नियन्त्रणमा लिई नष्ट गरेको छ । मिनिमार्टहरूले कोभिड–१९ को रोकथामको लागि अपनाइनुपर्ने उपाय पालना नगरिएको अनुगमन समितिले जनाएको छ । अनुगमन टोलीले खाद्य गुणस्तर तथा नियन्त्रण महाशाखाको अनुज्ञापत्रविना लेबल राखेकोले अनुज्ञापत्र लिई प्याकेजिङ्ग सामानमा लेबल राख्न निर्देशन दिएको छ । मिनिमार्टका तराजु मापदण्डअनुसार नभएकोले समितिले केही थान तराजु नियन्त्रणमा लिएको छ ।
अनुगमन समितिका सदस्य हरिराम सुवाल, रोशनमैया सुवाल, भनपा श्यानिटेसनका नगर निरीक्षक दिलिपकुमार सुवाल, वडा निरीक्षक रामकृष्ण प्रजापति, कर शाखाका न्हुःज किजू, महानगरीय प्रहरी परिसरका प्रहरी सहायक निरीक्षक राजन बनमाला सहभागी हुनुहुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *