भर्खरै :

जथाभावी मास्क फालेर रोग नफैलाऔँ

त्यसो त हाम्रो राजधानी सहर काठमाडौँमा धुवाँ धुलोबाट जोगिन हामी धेरैअघिदेखि नै मास्कको प्रयोग गथ्र्यौँ । तर, त्यतिबेला मास्क प्रयोग गर्ने सडकमा हिँड्नेमध्ये १० प्रतिशत जतिमात्र हुन्थे । नोवेल कोरोना भाइरसको सङ्क्रमणको कुरा चलेदेखि अहिले रोग फैलिएपछि झन्डै ९० प्रतिशतले मास्क भिरेका छन् तर आधाले पनि सही तरिकाले मास्क लगाएको देख्दैनौँ । मास्क नाक र मुख छोपेर रोगका विषाणु, किटाणु र धुवाँ धुलोबाट बच्नका लागि हो चिउँदो ढाक्न वा घाँटीमा झुण्ड्याउन होइन । कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेको आजको अवस्थामा मास्क नलगाउनुभन्दा लगाउनु धेरै राम्रो हो । तर, प्रयोग गरिसकेको मास्क मन नपरेपछि उचित स्थानमा व्यवस्थापन नगरी जथाभावी सडकमा फाल्नु सचेत र जिम्मेवार नागरिकको व्यवहार होइन ।
अहिले काठमाडौँ महानगर र वरपरका नगरका सडकहरूमा जताततै बिग्रेका र मैलिएका मास्क फालिएको देख्छौँ । हामी जुन रोगबाट बच्नका लागि मास्क प्रयोग गरिरहेका छौँ, लगाइसकेका मास्क, प्रयोग गरिसकेका टिस्युपेपर र हातेरूमाल यसरी जथाभावी फाल्न लाग्यौँ भने रोगको सङ्क्रमण फैलाउन मद्दत पु¥याएका हुनेछौँ । किनभने हामीले प्रयोग गरेका मास्कमा हाम्रो थुक र सिङ्गानका छिट्टासँगै हामीमा भएका श्वासप्रश्वाससम्बन्धी रोगका किटाणु र विषाणु हुन्छन् । ती मास्कलाई हावाले उडाएर अरू बटुवाछेउ पु¥याएमा त्यसमा बाँकी रहेका किटाणु र विषाणु ती बटुवाहरूमा सङ्क्रमण हुनेछ । तसर्थ जथाभावी मास्क फालेर रोग फैलाउनमा भूमिका नखेलौँ, प्रयोग गरिसकेका मास्क, टिस्युपेपरलगायत वस्तु सुरक्षित स्थानमा मात्र बिसर्जन गरेर वा सुरक्षित स्थानमा जलाएर सचेत नागरिकको कर्तव्य निर्वाह गरौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *