भर्खरै :

पञ्चदान पर्व पनि स्थगितपञ्चदान पर्व पनि स्थगित

भक्तपुर, १८ साउन । कोभिड–१९ को बढ्दो सङ्क्रमणलाई ध्यानमा राखी भक्तपुरमा हरेक वर्ष हुँदै आएको पञ्चदान पर्व यो वर्ष स्थगित गर्ने भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा जनप्रतिनिधिहरू एवम् पञ्चदान पर्व सञ्चालन गर्ने दीपङ्कर बुद्ध विहारका प्रतिनिधिहरूबीच आइतबार बसेको बैठकले यही भदौ १ गते हुने भक्तपुरको ऐतिहासिक सांस्कृतिक पञ्चदान पर्व स्थगित गर्ने निर्णय गरेको हो ।
बैठकले भक्तपुर नगरपालिकाको आग्रहलाई सहर्ष स्वीकार गरी भक्तपुरमा गुँला पर्व स्थगित गर्ने निर्णयअनुसार सो समयावधिमा बाजासहित नगर परिक्रमा नगरेकोमा सम्पूर्ण बौद्ध धर्मावलम्बी समुदायमा हार्दिक धन्यवाद ज्ञापन गर्ने पनि निर्णय ग¥यो ।
बैठकमा नगर प्रमुख प्रजापतिले कोभिड १९ सङ्क्रमणको खतरा दिनप्रतिदिन बढ्दै गइरहेको समयमा नगरवासी तथा सरोकारवालाहरूको बैठक र छलफलहरू गरी नजिकिंदै गएको जात्रा तथा पर्वहरू स्थगित र औपचारिकतामा सीमित गर्न अनुरोध गरिरहेको बताउनुभयो ।
बैठकमा सहभागी प्रतिनिधिहरूले रोगको जोखिमलाई ध्यानमा राखी भक्तपुर नपाले यहाँका सांस्कृतिक पर्व स्थगित र औपचारिकतामा सीमित गर्न गरेको प्रयास निकै प्रशंसनीय भएको बताउँदै यस वर्षको पञ्चदान पर्व स्थगित गरिनुपर्नेमा जोड दिनुभयो ।
बैठकमा पशुपति महाविहार (क्वाठण्डौ), चतुब्रम्ह महाविहार (तछिछेँ), मङ्गल धर्मद्धित महाविहार (झौरबही), जयकिर्ति महाविहार (थथुबही) र बौद्ध समंकृत महाविहार (कुथुबही) का दीपङ्कर विहारबाट प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *