भर्खरै :

वर्षामा कर्णाली राजमार्गको यात्रा झनै जोखिमपूर्ण

राकम कर्णाली, दैलेख । कर्णालीजस्तो विकट भूगोलमा साँघुरो ट्रयाकमा खोलिएको कर्णाली राजमार्गको स्थलगत यात्रा वर्षा याममा झनै जोखिमपूर्ण बनेको छ ।
वर्षाको समयमा कर्णाली राजमार्गमा पहिरो खस्ने, सडक भासिने, खोलानालामा पानीको बहाव बढ्ने र सबै जसो स्थानका खहरे खोलामा पुल निर्माण नगरिँदा समेत यात्रा गर्ने यात्रुले कर्णाली राजमार्गमा निकै सास्ती भोग्नुपरेको छ ।
राजमार्गमा यात्रा गर्ने यात्रीलाई निर्धारित समयमा गन्तव्यमा पु¥याउनै मुस्किल हुने गरेको सवारी चालक बताउँछन् ।
कालीकोटका सिमा रावल आफ्नो यात्राको अनुभव सुनाउँदै भन्छिन् –“कर्णाली राजमार्गको यात्रा गर्ने जो कोही यात्रुले पनि जीवनमरणको लडाइँ लडेको महसुुस गर्दै यात्रा गर्नुपर्ने बाध्यता कायमै छ । अरू उपाय पनि त होलान् नि ¤”
जुम्ला सिँजाका गङ्गाराम न्यौपानेको पनि यस्तै अनुभव रहेकोे छ – कर्णालीवासीका लागि राजमार्गको यात्रा गर्दा मृत्यु मार्गको यात्रा बन्ने गरेको तर्क राख्दै उनी भन्छन् – राजमार्ग सञ्चालनमा आएको एक दशकमै सयौँ यात्रुको अकालमै ज्यान गइसकेको छ भने त्यतिनै मात्रामा मुलुकले आर्थिक क्षति व्यहोरिरहेको छ । त्यसैले पनि कतिपय कर्णालीवासी हामीले यो राजमार्गको नाम मुत्युमार्ग भनेर परिभाषित गरिदिएका छाँै ।”
राकम कर्णाली दैलेखका स्थानीय लालु माझी आक्रोस पोख्दै भन्छन् – कर्णाली प्रदेशका सबै जसो दलका नेताको चुनावी नारा बनेको कर्णाली राजमार्गको स्तर उन्नति गर्ने, चुनावी नारा अहिले ओझेलमा परेको छ । जनताको मत लिन झूटो आस्वासन बाँडेको अहिले बुझिन आयो ।” उनी अगाडि थप्छन् – “अब जनता नै जागरूक हुनुपर्छ । सचेत हुनुपर्छ । आफ्नो स्वार्थको लागि जनतालाई झुक्याएर मत लिने र चुनावपछि जनतासँग गरेको प्रतिबद्धता बिर्सेर गाउँमै नफर्किने दल र तिनका नेतालाई चिनेर अब आउने चुनावमा हिसाब गर्नुपर्छ ।”
माथि चर्चा गरिएअनुसार कर्णालीवासीको भनाइलाई आधार मान्दा पनि सहजै अनुमान गर्न सकिन्छ कि कर्णाली राजमार्गको यात्रा कति जोखिमपूर्ण छ ।
स्थानीय सरकारले निर्वाचनपछि आफूखुसी विकास गर्ने नाममा जथाभावी डाँडाकाँडामा जताततै डोजर चलाई बाटो बनाउने कार्यले झनै पहिरो खस्ने समस्या बढेको छ । कर्णाली राजमार्गमा पहिरो खस्दा यात्रा गर्ने यात्रुलाई निकै समस्या हुने गरेको छ । राजमार्गअन्तर्गत दर्जन बढी ठाउँमा पहिरो खस्दा कर्णाली राजमार्गमा हुने सवारी साधन बीच सडकमै अलपत्र पर्ने गरेका छन । सडक अवरुद्ध भएपछि यात्रु पनि बीच सडकमै रोकिनुपर्दा वर्षायाममा झनै समस्या बढेको छ । कर्णाली राजमार्गमा दैलेखको पादुका, पाल्तडा, जाक्सी, सिस्नेखोला कालिकोटको दैखोलालगायतका स्थानमा पहिरो जाने क्रम रोकिएको छैन ।
देशमा अहिले दुईतिहाइ प्राप्त नेकपा ओली नेतृत्वको सरकार छ । तीन वटै तहमा झन्डै दुईतिहाइ बलियो सरकार नेकपाकै छ । तर, जनताको दुःख जस्ताको तस्तै छन् । स्थानीय, प्रदेश तथा सङ्घीय सरकार सबैलाई कर्णालीको दुःख, पिडा थाहा भएपनि तीन वटै सरकारको यसतर्फ गम्भीर ध्यान जान नसक्दा जनताले कर्णाली राजमार्गको यात्रापिच्छे दुःख भोग्नुपर्ने पुरानो समस्या कायमै छ ।
कर्णालीमा सडक सञ्जाल बढिरहेको छ । तर, ती सडक सञ्जालको पुनः निर्माण हुनसकेको छैन । पक्की सडक मात्र होइन, कच्ची सडक सञ्जाल पनि बढिरहेको छ । पक्की सडक पनि कच्ची सडकमा परिणत भइरहेका छन् । तर, त्यस्ता सडकमा पुराना तथा थोत्रा सवारी साधनहरू गुडिरहेका छन । भारतीय एकाधिकार पुँजीको सेवामा लाग्ने शासक दल र सरकारहरूका कारण भारतीय थोत्रा गाडीहरू र भारतबाटै आयातित टिपर, डोजरलगायतका सवारी साधनहरू दुर्घटनाको कारण बनिरहेका छन् । पहाडी क्षेत्रमा रोपवे (रज्जुमार्ग) उपयुक्त विकल्प हो । तर, यसबारे सरकार मौन छ । कर्णालीका स्थानीय जनताको जीवन बचाउने विकल्पको विषयमा सरकारहरूले कहिल्यै सोचेनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *