त्रिशुली–३ कोे सुरुङबाट विदेशीसहित २०८ को उद्धार
- भाद्र १३, २०८३
भक्तपुर, २२ साउन । शिक्षकहरूबीच बिहीबार भएको एक कार्यक्रममा कोभिड–१९ महामारीमा शिक्षकहरूले अध्ययन, अनुसन्धान तथा अन्तरक्रियाका गतिविधिलाई अझ तीव्र पार्नुपर्नेमा जोड दिएका छन् ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घ, बासु माध्यमिक विद्यालय एकाइ समितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा लामो समयदेखि विद्यालयमा नियमित पठनपाठन बन्द भएको अवस्थामा शिक्षक नै अध्ययन संस्कृति विकासको नेतृत्वकर्ता हुने धारणा वक्ताहरूले राखेका थिए ।
नेपाल मजदुर किसान पार्टीको मुखपत्र ‘मजदुर–किसान’ मा प्रकाशित विभिन्न आलेखबारे गरिएको अन्तरक्रियामा नेपाल प्राध्यापक समाजका केन्द्रीय अध्यक्ष एवम् बासु मावि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरोजराज गोसाईले कोभिड –१९ को नियन्त्रणको निम्ति समाजमा वैज्ञानिक चिन्तनको प्रचारमा शिक्षक झन् सक्रिय हुनुपर्ने विचार राख्नुभयो ।
उहाँले नवउदारवादी नीतिको कारण कोभिड–१९ नियन्त्रणमा थप जटिलता आएको भन्दै स्वास्थ्य राज्यको दायित्वभित्र ल्याई स्वास्थ्य क्षेत्रमा भइरहेको निजीकरण पूर्णतः बन्द गर्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा नेक्राशिसङ्घका केन्द्रीय सदस्य एवम् बासु माविका प्रधानअध्यापक अम्बिका न्याइच्याईले महामारी नियन्त्रणमा समाजवादी देशहरूले सफलता पाउनुमा त्यहाँको जनउत्तरदायी स्वास्थ्य नीति नै हो भन्नुभयो ।
नेक्राशिसङघ, भक्तपुर नगर समितिका अध्यक्ष गणेशराम थुसाले सार्वजनिक विद्यालयमा निजी स्रोतमा कार्यरत शिक्षकहरूको रोजगारी र पारिश्रमिक सुनिश्चितताबारे राज्यले कुनै ध्यान नदिएको विचार राख्नुभयो ।
आयोजक समितिका अध्यक्ष सुनिता घतुवाको सभापतित्वमा भएको कार्यक्रममा बासु माविका सहप्राचार्य रविलाल प्रधान, शिक्षकहरू विष्णुप्रसाद दुमरू, सुशीला दुवाल, रामहरि ताम्राकार, रामलक्ष्मी प्रजापति, निर्मला प्रजापति, कल्पना सुजखू, यमुना श्रेष्ठलगायतले आआफ्नो विचार राख्नुभएको थियो ।
Leave a Reply