नेपाल–तिब्बत बाढी : के भयो, किन भयो र को हराइरहेका छन् ?
- भाद्र १३, २०८३
चीन नै हो सबभन्दा पहिले कोभिड–१९ नियन्त्रण गर्न लकडाउन गर्ने देश । तिमीले वयस्कलाई मात्र असर पार्ने रोग भनेर कोभिड–१९ लाई बेवास्ता गरेनौ । जबकि कुनै बेला संरा अमेरिकालगायत पश्चिमेली राष्ट्रहरू तिमी बुढाबुढीलाई गोली हानेर मारिने देश भनेर संसारमा बदनाम गर्थे । तिमीले सबैको जीवनलाई बराबर महत्व दियौ । आर्थिक लाभभन्दा जनताको जीवनलाई ठुलो महत्व दियौ । त्यसको लागि तिमीले सन् २०२० आर्थिक वर्षको पहिलो त्रैमासिकमा लगभग ७ प्रतिशत नकारात्मक आर्थिक वृद्धिको क्षति व्यहोर्नु प¥यो । तिमीले संसारलाई नै कुनै पनि आपत्विपत्सँग कसरी चमत्कारी ढङ्गबाट सामना गर्ने भनेर पाठ सिकायौ । समयले कोल्टो फे¥यो । तिमीलाई बदनाम गर्ने देशहरूले ‘बुढाबुढीलाई मात्र प्रभावित पार्ने रोग’ भनेर कोरोनालाई हेलचक्राइँ गरे । ‘अमेरिका कहिल्यै बन्द हुँदैन’ भनेर अमेरिकाले आफ्नो आर्थिक हितलाई बढी जोड दियो । विडम्बना ¤ चीनको कोरोना नियन्त्रण गर्ने तौरतरिकाबाट उसले सिक्न चाहेन । आर्थिक लाभलाई बढी महत्व दियो । दुर्भाग्यवश समस्या झन्–झन् जटिल बन्दै छ । परिणामस्वरूप एकातिर लाखौँ मानिसले आफ्नो जीवन गुमाउनु प¥यो भने अर्कोतिर आर्थिक क्षति अझ चुलिँदै गयो । जुवामा हारेको जुवाडेले आवेगमा आएर सम्पति दाउमा हालेझैँ एकमाथि अर्को गल्ती गर्दै गयो, संरा अमेरिकाले । जति संरा अमेरिकामाथि समस्या थपिँदै गयो, त्यति नै तिमीमाथि आरोप पनि थपिँदै गयो ।
पछिल्लो तथ्याङ्कले देखाएअनुसार तिम्रो दोस्रो त्रैमासिक आर्थिक वृद्धि दर धनात्मक ३ दशमलव २ प्रतिशत छ । यता संसारको सबभन्दा ठुलो अर्थतन्त्र भएको मुलुक संरा अमेरिकाको आर्थिक वृद्धि ३२ दशमलव ९ प्रतिशत ऋणात्मक भएको छ । संसारका प्रमुख आर्थिक शक्ति राष्ट्रको अर्थतन्त्र ओरालो लागिरहेको अवस्थामा एउटै चिनियाँ मोडेलको आर्थिक इन्जिनले संसारको अर्थतन्त्रलाई अगाडि बढाउने सङ्केत देखाएको छ । तर, संरा अमेरिकी खेमाका सम्पूर्ण देशहरू तिम्रो यो प्रगति देख्न चाहिरहेका छैनन् । यो सोच संसारकै लागि हानिकारक छ ।
संरा अमेरिकी राष्ट्रपति ट्रम्प आफैँ अघि सरेर कोरोनाका बिरामीलाई घरी मलेरियाको ओखती खुवाउँछन्, घरी कीरा मार्ने कीटनाशक औषधि त घरी के के ¤ जति धेरै जनता मर्छन्, तिमीलाई धम्क्याउने ट्रम्पको इनर्जी झन्झन् बढ्दै गइरहेको छ । लकडाउन हटाउन बन्दुक बोकाएर जनतालाई सडकमा उतार्ने, लकडाउन हटाएर मान्छे जम्मा गरेर जानाजान कोरोना फैलाउने, वैज्ञानिकको सल्लाहलाई नमान्ने अनि कोरोनाको दोष चाहिँ तिमीलाई लगाउने ¤ कस्ता कस्ता मान्छे (सरकार) देख्नुपर्ने हो ¤ दैनिक ६० हजारको दरले सङ्क्रमित थपिँदै गइरहेको अहिलेको अवस्थामा ट्रम्पले स–साना नानीहरूको स्कूल खोल्न दबाब दिइरहेका छन् । कथंकदाचित ती विद्यार्थीहरूलाई केही भयो भने दोष तिमीले नै खेप्नुपर्ने हुनसक्छ ।
इतिहासले देखाएको छ, चिनियाँहरू सधैँ आफ्नो शत्रुसँग हिसाब किताब बराबर राख्ने गरेका छन् । पचास तारामाथि पाँच तारा हावी हुने पक्का छ । चीन आफूलाई सक्षम बनाउनु, यी साम्राज्यवादीहरूलाई तिमीमाथि अब फेरि हेप्न नदिनु, मेरो शुभकामना !
एउटा कुरा हामी सबैले राम्ररी बुझौँ– अमेरिकी काम झूटो बोल्नु हो, धोका दिनु हो र चोरी गर्नु हो । आफ्नो भन्दा फरक मत राख्ने देशलाई ध्वस्त बनाउनु नै अमेरिकी संस्कृतिको अंश हो । ‘अमेरिका पहिलो’ भन्ने अहङ्कारयुक्त नाराबाट नै अमेरिका कतिको असहिष्णु छ भनेर स्पष्ट हुन्छ । अमेरिका आफँै अहङ्कारी त छँदै छ, त्यसमाथि गोराहरू सबैभन्दा श्रेष्ठ ठान्ने अमेरिकी हठधर्मिताले विश्वलाई झनै कमजोर बनाएको छ ।
एकातिर भाइरसबारे अध्ययन गर्न चीनले अनुमति दिनुपर्ने माग उसले गरिरहेको छ भने अर्कोतिर उहानको प्रयोगशालाबाट भाइरस आएको प्रमाण छ भनी हल्ला गरिरहेको छ । प्रमाण छ भने यति धेरै वादविवाद किन ? प्रमाण सार्वजनिक गरी त्यसको पुष्टिको लागि वैज्ञानिकहरूलाई छोडिदिए भई गयो नि ¤ तर, विडम्बना । अहङ्कारी ट्रम्पलाई विज्ञानमाथि विश्वास छैन । ट्रम्पले ‘मेरै गोरुको बा¥है टक्का’ भनिरहेका छन् । १ हजारभन्दा बढी वैज्ञानिकहरूको सम्मेलनले कोरोना भाइरस प्रयोगशालामा बनाउनै सकिँदैन भनेर प्रस्ट पार्दा पनि ट्रम्प कोरोना भाइरस चिनियाँ प्रयोगशालाबाटै आएको भनेर जिद्दी गर्दै छ । विज्ञानलाई नमान्नेहरूसँग तर्क गरेर सत्य के हो थाहा पाउन सकिँदैन । यो यति दुःखद र खतरनाक छ कि धेरैजसो अमेरिकीहरू झूटा प्रचारलाई विश्वास गर्छन् । ट्रम्पलाई पुनः निर्वाचित हुन चीन वा इरानसँग तातो युद्ध सुरु गर्न उत्साहित छन् । महामारी नियन्त्रण गर्न अमेरिकी सरकारको कमजोरीबाट जनताको ध्यान अन्यत्र तान्न चीनविरुद्ध जान नै ट्रम्पको प्रयास हो ।
कोरोनाको निहुँमा पश्चिमा मिडियाहरू अहिले तिब्बत, हङकङ, ताइवान, सिन्जियाङ, मानवअधिकार सबै एकै ठाउँमा मिसाएर चीनविरुद्ध अभियान नै चलाइरहेका छन् । मुसलमानलाई आतङ्कवादी देख्ने अमेरिकालगायत पश्चिमा देशहरू चीनका उइगुर मुसलमानबारे गोहीको आँसु चुहाइरहेका छन् । हामीलाई विश्वास छ, तिमी इराक होइनौ न त अफगानिस्तान नै हुनेछौ । ‘झूटा कुरा हजारौँ पटक भन्न जारी राख्नुहोस्, मूर्खहरूले यसलाई विश्वास गर्नेछन्’ भन्ने गोयबल्सको नीति तिमीविरुद्ध प्रयोग गरिरहेको छ, संरा अमेरिकाले । स्याल मार्काको रणनीतिले जीतको आशा अमेरिकाले नगरे हुन्छ । केवल मृत्यु दर मात्र बढ्छ । संरा अमेरिका आगोसँग खेल्दै छ, आज चीन १०० वर्ष पहिलेजस्तो होइन । चीनसँग जोरी खोजिराख्ने संरा अमेरिका आफैँ आगोमा जल्नेछ । अमेरिकाको अर्थतन्त्र युद्धमा टिकेको अर्थतन्त्र भएको हुँदा युद्ध मनपराउनु स्वाभाविक हो । किनभने अमेरिकाले अर्थव्यवस्थामा तिमीलाई जित्न नसक्ने देखिएपछि उनीहरू युद्धको सहारा लिन खोजिरहेका छन् । त्यसको पछिल्लो गोटी भारत भएको छ ।
तिमीले अमेरिकालाई भाइरस अध्ययन गर्न किन अनुमति दिने ? इराकमा रसायनिक हतियार छ भन्ने अमेरिकीहरू इराकभित्र छिरे । केही पाएनन् । तर, त्यतिञ्जेल अमेरिकालाई इराकको सैनिक क्षमता कति छ थाहा भयो । यही आधारमा अमेरिकाले इराकमाथि हमला ग¥यो ।
अमेरिकाले जापानलाई दबायो । अब तिमीलाई पनि त्यस्तै गर्न धेरै प्रयत्न गरिरहेको छ । तर, चीन तिमी एक विशाल देश हौ । अमेरिकी अर्थतन्त्र चिनियाँ अर्थतन्त्रबिना लङ्गडो हुनेछ । तिम्रो सम्पतिले अमेरिकालाई जीवित राख्छ । तिमीले अमेरिकालाई ११ खर्ब डलर सापत दिएको रहेछ भने भर्खरैको समाचारअनुसार ट्रम्पको कम्पनीले व्यक्तिगत रूपमा तिम्रो बैङ्क (बैङ्क अफ चाइना) सँग २१ करोड डलर सापट लिएको छ रे । अमेरिका चीनबिना अपाङ्ग छ । अब अमेरिकाले सोचेजस्तो हुनेछैन । जब अर्थतन्त्रलगायत सबै क्षेत्रमा अमेरिकालाई पछाडि पार्छ वा अमेरिकासँग हरेक पक्षमा बराबर गर्दछ, तब तिमीले आफ्नो विरूद्धमा भएका सबै कार्यहरूको एक एक हिसाब सम्झिनेछौ ।
अमेरिकाले अहिले पनि यही चाहेको छ । तर, इराकको इतिहास दोहो¥याउने सपना अमेरिकाले देखेको हो भने त्यो ठुलो भूल हुनेछ । अमेरिकी रणनीति भनेकै अरूको क्षमताको परीक्षण गर्न तिनीहरूसँगै बसेर तिनीहरूको प्रतिक्रिया अवलोकन गर्ने । आफ्नो अनुकूल समयमा तिनीहरूमाथि विश्वासघात गर्ने । त्यसकारण विश्व अमेरिकी साम्राज्यवादको विरूद्ध एकजुट हुनुपर्दछ । सम्पूर्ण अल्पविकसित राष्ट्रबाट गरिबीमुक्त गर्ने तिम्रो शान्तिमय वृद्धिलाई रोक्नको लागि अमेरिकी साम्राज्यले अर्को शीतयुद्ध चाहन्छ । संसारमा भएको विकासको प्रतिफल संसारका सबै जनताले उपभोग गर्न पाउनुपर्ने तिम्रो विचारदेखि विश्वका धेरै जनता खुसी नै छन् ।
विश्व मामिलामा अमेरिकी प्रभावमा गम्भीर ¥हास आएको छ । अमेरिकाले जापानलाई दबायो । अब तिमीलाई पनि त्यस्तै गर्न धेरै प्रयत्न गरिरहेको छ । तर, चीन तिमी एक विशाल देश हौ । अमेरिकी अर्थतन्त्र चिनियाँ अर्थतन्त्रबिना लङ्गडो हुनेछ । तिम्रो सम्पतिले अमेरिकालाई जीवित राख्छ । तिमीले अमेरिकालाई ११ खर्ब डलर सापत दिएको रहेछ भने भर्खरैको समाचारअनुसार ट्रम्पको कम्पनीले व्यक्तिगत रूपमा तिम्रो बैङ्क (बैङ्क अफ चाइना) सँग २१ करोड डलर सापट लिएको छ रे । अमेरिका चीनबिना अपाङ्ग छ । अब अमेरिकाले सोचेजस्तो हुनेछैन । जब अर्थतन्त्रलगायत सबै क्षेत्रमा अमेरिकालाई पछाडि पार्छ वा अमेरिकासँग हरेक पक्षमा बराबर गर्दछ, तब तिमीले आफ्नो विरूद्धमा भएका सबै कार्यहरूको एक एक हिसाब सम्झिनेछौ । इतिहासले देखाएको छ, चिनियाँहरू सधैँ आफ्नो शत्रुसँग हिसाब किताब बराबर राख्ने गरेका छन् । पचास तारामाथि पाँच तारा हावी हुने पक्का छ । चीन आफूलाई सक्षम बनाउनु, यी साम्राज्यवादीहरूलाई तिमीमाथि अब फेरि हेप्न नदिनु, मेरो शुभकामना !
Leave a Reply