तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, २२ साउन । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापलिते कोभिड १९ सङ्क्रमणको जोखिमका कारण भक्तपुर नगरपालिकाको आम्दानीमा कमी आएकोले नपाको खर्चमा मितव्ययिता अपनाउनुपरेको छ भनुभयो ।
भनपाको आयोजनामा बिहीबार सम्पन्न आर्थिक वर्ष २०७७÷७८ को लागि निर्धारित मालपोत कर र घर—जग्गाको दररेटसम्बन्धी अभिमुखीकरण कार्यक्रममा नगर प्रमुख प्रजापतिले कर्मचारीहरूको व्यवहार सुसंस्कृत हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
जनप्रतिनिधि र कर्मचारीहरूको कामबाट बिचौलियालाई खेल्ने अवसर दिन नहुने चर्चा गर्दै उहाँले मालपोत कार्यालयमा भइरहेको आर्थिक अनियमितताले जिल्लाकै बदनाम हुनेतर्फ सबै सजग हुनुपर्छ भन्नुभयो ।
भूमिसुधार तथा मातपोत कार्यालय भक्तपुरका नायब सुब्बा कुलबहादुर बस्नेतले नगरपालिका र मालपोत कार्यालयबीचको आपसी समन्वयले काम गर्न सहज हुने बताउँदै भक्तपुरको जग्गाको न्यूनतम मूल्याङ्कनबारे केही अस्पष्ट भएका विषयहरूमा स्पष्ट पार्नुभयो ।
भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले पनि बोल्नुभएको उक्त अभिमुखीकरण कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष, वडा सचिव र कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
Leave a Reply