चीनको अपमानको युगदेखि आर्थिक उन्नयनसम्म
बेलायती साम्राज्यले पहिलोपल्ट सन् १७९२ सेप्टेम्बरमा राजा जर्ज तेस्रोको निर्देशनअनुसार चीनका लागि बेलायती व्यापार प्रतिनिधिमण्डल पठायो । थुप्रै उपहारहरू टेलिस्कोप, घडी, व्यारोमिटर, बन्दुक आदिसहित उक्त प्रतिनिधिमण्डल चीन प्रवेश गरेको थियो । बेलायतको बढ्दो औद्योगिक र प्राविधिक पराक्रमसँगै चीन र चिनियाँ सम्राट छियानलोङ् (Emperor Qianlong) लाई प्रभावमा पार्र्र्न बेलायती साम्राज्य लागिपरेको थियो । लर्ड जर्ज माकार्टनी (Lord George Macartney) को नेतृत्वमा कूटनीतिज्ञ, व्यापारी, सेना, वैज्ञानिक, रङ्गको काम गर्ने, बगैँचेहरू र अन्य गरी ७ सय जनाको बलियो दल चीन पुगेको थियो । मकार्टनीको टोलीले सन् १९७३ मा चिनियाँ सम्राट भेट्यो जसलाई बेलायतको पहिलो कूटनीतिक टोली भनिन्छ । साथै मकार्टनी मिसनमात्रले पनि चिनिन्छ । इस्ट इन्डिया कम्पनीद्वारा प्रतिनिधित्व गर्ने बेलायती सरकारको प्रमुख उद्देश्य चिनियाँ बजार खुला गराउनु थियो । सम्पूर्ण व्यापार नाकाहरू खुला गराई बेलायती बजार स्थापित गराउनु थियो । त्यतिमात्र होइन क्वान्चाउ केन्टन Guangzhou Canton मा बेलायती व्यापार निषेध नीतिलाई खुकुलो पार्नु थियो । माकार्टनीले छियानलोङलाई पनि भेटे तर छियानलोङले बेलायती सरकारका सर्त र अनुरोधहरू अस्वीकार गरिदिए । पेइचिङमा बेलायती कूटनीतिक प्रतिनिधिमण्डल रहने, क्वान्चाउबाहेक अन्य व्यापार नाकाहरू खुला गर्ने, भन्सारको प्रावधानका सन्दर्भमा राखिएका सर्तहरू छियानलोङले कुनै स्वीकार गरेनन् । बरु उनले जर्ज तेस्रोलाई चिट्ठी लेखे । चीनले वैदेशिक व्यापार वृद्धि गर्दैन र अन्य देशहरूबाट चीनलाई केही चाहिन्न भन्ने मूल आशय चिट्ठीमा थियो । चीनले अन्य देशको उत्पादन र सामग्रीलाई खासै महत्व दिँदैन । त्यसकारण, पेइचिङमा बेलायतको कूटनीतिक दल रहने प्रस्तावले सद्भाव झल्कन्न । बेलायतलाई पनि चीनबाट लाभ नहोला भन्ने भावना छियानलोङले चिट्ठीमार्पmत सन्देशको रूपमा पठाए ।

मार्टिन ज्याक
बेलायत भने आप्mनो शक्तिको दम्भ र औद्योगिक क्रान्तिको प्रारम्भिक फलले मात्तिएको थियो । यद्यपि, त्यो समय मकार्टनी चीनबाट रिक्त हात फर्कनुप¥यो । माकार्टनीको भनाइअनुसार चीनले बेलायतको मागविरुद्ध पाइला चाल्नु व्यर्थ एवम् मूर्खता थियो र चीन एक्लैले मानवीय ज्ञान विकासको प्रक्रिया अगाडि बढाउनु व्यर्थ थियो । त्यतिबेला एक किसिमले सभ्यताहरूबीच लामो सङ्घर्ष चल्यो । चीनसँगको मिसनमा औपचारिक उद्देश्य पूरा नभए पनि तिनले चीनको व्यापक सांस्कृतिक, राजनीतिक तथा भौगोलिक सर्वेक्षण गरेका थिए । पेइचिङमा माकार्टनी दूतावास रहेकै बेला चीनमा इस्ट इन्डिया कम्पनीले भारतबाट अफिम निर्यात गथ्र्यो । सो व्यापारमा उच्चत्तम नाफा देखियो । सन् १८२९ मा चिनियाँ सरकारले अफिम आयात निषेध ग¥यो । त्यसपछि बेलायतसँग चीनको सम्बन्ध अझ खस्कियो । लगत्तै सन् १८३९–४२ मा बेलायतले चीनविरुद्ध पहिलो अफिम युद्ध ग¥यो । नान्चिङ सम्झौतामा चीनलाई हङकङ छोड्न बाध्य पारियो । त्यहाँबाट चीन ५ वटा सम्झौतामा फस्यो र चीनको अपमानको युग त्यहीँबाट सुरु भयो ।
यसरी चीनले सन् १८०० मा जापानको हाराहारीमै विकासमा अगाडि बढे पनि पछि चीन औद्योगिकीकरणमा पछाडि प¥यो । युरोप चीनका निम्ति निकै टाढा भयो । आर्थिक कमजोरी र थुप्रै असफलता र अपमानबीच अगाडि बढिरहेको चीनले सन् १९७८ बाट भने दु्रत विकास गर्नथाल्यो । अपमानको शताब्दीबाट चीन आधुनिकताको शताब्दीमा पदार्पण हुँदा त्यो बीचको समयमा चीन मानसिकरूपले भयभित जरुर थियो । यद्यपि, चीन पश्चिमाभन्दा फरक आप्mनो इतिहासको जगमा टेकेर अगाडि बढ्दै गयो ।
सूर्यमा आफ्नो स्थान
ईसापूर्वको २०६ सम्ममा छिन (Qin) साम्राज्यको समयमै चीनले आधुनिक समयको आकार ग्रहण गरिसकेको थियो । दक्षिणमा भियतनाम र उत्तरमा ग्रेटवालसम्मको घना बस्ती भएको याङ्जी र पहेँलो नदीबीचको क्षेत्र चीनको थियो । छिन वंशको पतनपछि उदाएको हान वंशको समयमा (ईसापूर्व २०६–२२०) पनि राज्य विस्तारले निरन्तरता पायो । विशाल चीनको सिमाना विस्तार प्राकृतिक संरचनाले सीमित ग¥यो । उत्तरमा घाँसेमैदान, पूर्व र दक्षिणमा समुद्र किनारा र दक्षिणपूर्वमा हिमालय पर्वतको अवस्थिति नै त्यसको कारण बन्यो ।
अत्यधिक आन्तरिक बसाइसराइ, सञ्चारमा सुधार र शताब्दीयौँ लामो शान्तिकाल वा एकताको समयले विशाल जनसङ्ख्याबीच सांस्कृतिक एकरूपता निर्माण भयो । छिन वंशको समयमा झन्डै ४,००० मिल लामो राजमार्गको निर्माण भएको थियो । जुन रोम साम्राज्यको निर्माणसँग तुलना गर्न सकिन्छ । चीनमा झन्डै दुई शताब्दी कन्प्mयुसियस (ईसापूर्वको ५५१–४७९) को राजनीतिक तथा नैतिक शिक्षाको प्रभावमा राज्य सञ्चालित थियो । तौल, मापन र मुद्रा मानकिकृत थियो । सन्तान चेतसहितको धर्मपरायणतामा आधारित परिवार, भाषामा साझा चिन्ह र प्रतीकको प्रयोग, पैतृक उपासनामा आधारित धर्ममा चिनियाँ मूल्य मान्यता जोडिएको थियो । तेह्रौँ शताब्दीमा मङ्गोल र सत्रौँ शताब्दीमा मञ्चुरियाको आक्रमण र शासनमा पनि चिनियाँ भाषाको निरन्तरता र विस्तारले चिनियाँ संस्कृतिको क्षमता प्रदर्शित गर्छ ।
तुलनात्मकरूपमा आधुनिक कृषिले विशाल जनसङ्ख्या भएको समाजलाई व्यवस्थित राज्यमा विकसित गर्न सहयोगी ऐतिहासिक तथ्यको उदाहरण थियो, चीन । कोदो र धान चीनको उत्तरी र दक्षिणी क्षेत्रमा १२,००० वर्ष पहिले नै पाइएको मानिन्छ । मेसोपोटामियामा यो ८,००० वर्ष पहिलेदेखि मात्र पाइएको हो । उत्तरी चीनमा लामो समयसम्म जौ र विभिन्न प्रजातिका गहुँजस्ता सुख्खा कृषि उत्पादन भएको र पहिलो शताब्दीको सुरुआतबाट विकास भएको धानको उत्पादनसँगै चीनको कृषि क्षेत्रमा उल्लेख्य प्रगति भएको तथ्य भेटिन्छ । बीउको छनोट, बेर्ना रोप्ने नयाँ कृषि औजारको विकास, सिँचाइको विकास आदिले चीनले धान उत्पादनमा उल्लेख्य वृद्धि ग¥यो । त्यतिबेलै चीन संसारकै उत्कृष्ट अत्याधुनिक कृषि प्रणाली भएको मुलुक बन्यो । सन् ५००–९०० को अवधिमा इँट्टाले छापेका बाटो निर्माण हुनथाल्यो । नदी, कुलो र समुद्रमा जलयात्राको विस्तार अझ उल्लेख्य बन्यो । युरोपको सबैभन्दा ठूलो समुद्र्र्र्री बन्दरगाह भएको भेनिस निवासी यात्री मार्कोपोलोले तेह्रांै शताब्दीको अन्त्यतिर याङ्सी नदीको भ्रमणपछि भनेका थिए – “लामो नदीले यति धेरै क्षेत्र र किनाराका सहरहरू पार गर्दै बग्छ कि यस नदीमा चल्ने जहाज र यसले बोक्ने सामग्रीका परिमाण, सारा युरोपेली (क्रिश्चियन) हरूको संयुक्त एवम् समृद्ध जहाजहरूको परिमाणभन्दा बढी हुन्छ ।”
उत्तर र दक्षिण चीनमा १२ औँ शताब्दीबाट प्रयोगमा आएको कागजको मुद्रासँगै चिनियाँ अर्थतन्त्र व्यावसायिक बन्न थालेको थियो । सोङ वंश ( सन् ९६०–१२७९) मै सामुद्रिक व्यापार जापानदेखि दक्षिणपूर्वी एसियासम्म विस्तार भइसकेको थियो । साथै, सहरको विकास हुन थाल्यो । तेह्रौँ शताब्दीको अन्त्यतिर चीनको सबैभन्दा ठुलो सहर हान्चाउ (Hangzhow) को जनसङ्ख्या ७० लाख थियो । चीनमा सहरी जनसङ्ख्या त्यसबेला १० प्रतिशत थियो । सरकारको प्रोत्साहनमा अध्ययन र नवीन अन्वेषणको डेढ शताब्दीलाई चीनको (९६०–११२६) पुनर्जागरणको युगको रूपमा लिइन्छ । यस अवधिमा गनपाउडर (बारुद)(Mortar)), प्रिन्ट, पुस्तकको बिक्री वितरण, आधुनिक गणित (विज्ञान) को विकास, प्राकृतिक विज्ञान, खगोलशास्त्र र भूगोलमा नयाँ – नयाँ खोज एवम् अन्वेषण गरिए । वास्तवमा युरोपको पुनर्जागरण उत्तर चीनको सोन पुनर्जागरणको दुई शताब्दीपछि मात्र भएको हो । युरोपको मध्ययुग कागज, कम्पास, ठेलागाडा (Wheel barrow), प्रिन्टिङ प्रेस आदि चिनियाँ अन्वेषणमै निर्भर थियो ।
तेह्रौँ शताब्दीमा मङ्गोल आक्रमणसँगै चीनमा स्थापित युआन वंश (१२७९–१३६८) मा चीनले यथास्थितिको सामना गर्नुप¥यो । उत्तरबाट बसाइ सरी आएको ठुलो जनसङ्ख्याका कारण कृषि उत्पादन क्षेत्रमा कमी र स्रोतको अपर्याप्तताका कारण अर्थतन्त्रमा ठुलो धक्का पुग्यो । सोङ वंशको समयमा जापान, दक्षिणपूर्वी एसिया, भारत र अफ्रिकी समुद्र किनारका मुलुकहरूसम्म निर्यात गर्ने चीन मिङ्ग वंश (१३६८–१६४४) को अवधिमा उल्टो बाटो हिँड्यो । सन् १७५७ सम्म आइपुग्दा अन्तर्राष्ट्रिय वैधानिक व्यापारका निम्ति क्यान्टनमा एकमात्र बन्दरगाह बाँकी थियो ।
सोङ वंशको स्थापनादेखि मिङ्ग वंशको सुरुआती अवधि (१४०५–१४३३) सम्मको झन्डै साढे चार शताब्दीको समयावधि उल्लेख्य समुद्री अभियानहरूको समय थियो । दक्षिणपूर्वी एसिया, हिन्द महासागर र अफ्रिकाको पूर्वी तटको लागि चेङ्ग हे (Zeng He) ले पन्ध्रौँ शताब्दीको सुरुआतमा गरेको यात्रामा प्रयोग भएको जहाज त्यतिबेलासम्मकै अत्याधुनिक जहाज थियो । यस यात्राको अन्त्यसँगै चिनियाँ सामुद्रिक कौशलको तीव्र ओरालो यात्रा सुरु भयो । राजधानी नानचिङबाट पेइचिङ सारिनु (१४२१), मङ्गोल आक्रमणको जोखिम, समुद्री यात्राप्रति मिङ्ग वंशको दृष्टिकोण आदिका कारण चेङ हपछि समुद्रीयात्राले निरन्तरता पाउन सकेन ।
चीनको अर्थतन्त्र १५०० देखि १८०० को अवधिमा यथास्थितिबाट आर्थिक विकास र व्यावहारिक समृद्धितिर अगाडि बढ्यो । नयाँ खाद्य उत्पादन (मकै, बदाम) र राम्रो सिंचाइका कारण खाद्य आपूर्तिमा निरन्तर प्रगति भयो ।

१४०० बाट १८०० मा पुग्दा चीनको जनसङ्ख्या ५ गुणाले वृद्धि भयो । तर, सोङ वंशको मध्ययुगीन विकासको तुलनामा यस अवधि अन्वेषणको क्षेत्रमा निकै पछाडि थियो । अठारौँ शताब्दीमा चीन विश्वकै पहिलो अर्थतन्त्र रह्यो । भारत र युरोप त्यसपछिका आर्थिक शक्ति रहे । बजारमा आधारित अर्थतन्त्रको अनुपम उदाहरणको रूपमा आदम स्मिथले सन् १७७६ मा चीनको बारेमा भनेका थिए – “युरोपको कुनै पनि क्षेत्रको तुलनामा चीन धेरै धनी मुलुक हो ।” सन् १८७० मा मात्र पेइचिङलाई पछाडि पारेर लण्डन संसारकै ठुलो सहर बनेको थियो ।
१८ औँ शताब्दीको अन्त्यतिर बेलायतमा देखिएको स्रोतको बढ्दो अभाव उपनिवेश बनाइएका मुलुकहरूको दोहनबाट पूर्ति ग¥यो । तर चीनमा त्यस्तो भएन । चिनियाँ व्यवसायीहरूले बेलायती व्यवसायीको तुलनामा थोरै स्वतन्त्रता पाएका थिए र कर्मचारीतन्त्रको मातहतमा बसेर काम गर्नुपथ्र्यो । उच्च जनघनत्व रहेका चिनियाँ सहरहरूमा काठ, ऊर्जा, कपडाको ऊन, जनावर, धातु, राम्रो खेत खलिहान आदिको चरम अभाव हुनथाल्यो । जमिन र अन्य स्रोतमा जनसङ्ख्या वृद्धिका कारण अत्यधिक चाप बढ्यो । एकातिर बाह्य पहुँच नभएको र अर्कोतिर आप्mनो श्रोतको सीमितताका कारण उत्पन्न समस्या समाधान गर्न चीनसँग कुनै साधन थिएन ।
श्रमको खस्कँदो मूल्य, नाफादरमा कमी र स्थिर बजारका कारण पुँजीको पर्याप्तताका अलावा श्रममा कमी ल्याउने आधुनिक यन्त्रमा लगानी गर्ने स्थिति थिएन । बेलायतमा औद्योगिक क्रान्ति भइरहँदा चीनमा प्राविधिक क्षेत्रमा छलाङ मार्ने कुनै गतिविधि अगाडि बढेन । बढ्दो बजार र आकासिँदो श्रम मूल्यका कारण बेलायतमा श्रम कम लाग्ने प्रविधि, यन्त्रमा बढ्दो लगानी, अन्वेषणको प्रयोग, श्रम उत्पादकत्वमा वृद्धि र आर्थिक वृद्धिको सिलसिला चल्दै गर्दा चीन पुरानै परिणतिहरूमा अल्झिरह्यो ।
चिनियाँ राज्य
युरोप र चीनबीचको मुख्य भिन्नता औद्योगिकीकरणको समयमा भएको अन्तरका कारण पक्कै होइन । बरु यी दुईबीचको राज्यको आकार र निर्माणका कारण हो । जुन पछिल्लो दुई सहस्राब्दीमा निरन्तर रह्यो । पछिल्लो दुई हजार वर्ष चीनले एकता र युरोपले फुटमा बितायो । रोमको साम्राज्य विघटनपछि युरोेप कहिल्यै केन्द्रीय नियन्त्रणमा एक भएन । साना–साना एकाइमा राजनीतिकरूपमै विभक्त रहिरह्यो ।
यसैकारणले चीन र युरोपको दृष्टिकोण निर्माणमा आधारभूत भिन्नता उत्पन्न भयो । चिनियाँहरू एकतालाई अन्य कुनै कुरालाई भन्दा बढी महत्व दिन्छन् भने युरोपेलीहरू राष्ट्र–राज्य (nation-state) लाई पूरै युरोपको सार्वभौमिकतालाई भन्दा बढी महत्व दिन्छन् । चीनको एकताका तीन आयाम छन् । राज्य र जनताको एकता, यस एकताका लागि राज्यको केन्द्रीय भूमिका, साझा चिनियाँ पहिचानको सशक्त भावना जरुरी हुन्छ । द्वन्द्वका कारण ठुलो मूल्य चुकाउन परेको अनुभव गरेका कन्फ्युसियसले पढाएको सहिष्णुताको पाठबाट चिनियाँहरूले एकताको परम्परा सुरु गरेका थिए ।
यसबाहेक चीन र युरोपेली राज्यबीचको भिन्नता भनेको चीनका कुलीनहरूको बीचमा एक अर्काको शक्ति नियन्त्रणका लागि कुनै खालको प्रतिस्पर्धा नभएको झन्डै एक सहस्राब्दी भइसकेको थियो । दसांैँ शताब्दीको मध्यतिर सबैखालको कुलीन वर्गको अन्त्य भयो । यसको ठिक उल्टो राज्य नियन्त्रित कर्मचारीतन्त्रको स्थापना भयो । समाजको व्यापक क्षेत्रबाट कन्प्mयुसियसको शास्त्रीय ज्ञानको आधारमा लामो समयको अभ्यासबाट खारिएको परीक्षण प्रणालीबाट सफल प्रशिक्षार्थीबाट कर्मचारी पदपूर्ति हुन्थ्यो । जबकि युरोपका कुलीनहरू तुलनात्मकरूपमा (स्वतन्त्र) स्वायत्त थिए ।
चीनमा राज्यमाथि कुनै खालको कुलीन वर्गको शक्तिले चुनौती दिने अवस्था थिएन । युरोपमा राज्य र समाजबीचको सिमाना प्रस्टसँग छुट्टिएको र निरन्तर सङ्घर्ष भइरहन्थ्यो । चीनको विशाल भूमिमा शासन गर्न भौतिक शक्ति प्रयोग गरी कानुन मान्ने बनाउन सम्भव थिएन र छैन पनि । मिङ्ग र छिङ्ग वंशको अवधिदेखि नै चीनले कन्प्mयुसियस सिद्धान्तमा आधारित रहेर जनतालाई साझा मूल्य र परम्पराको भावनाका आधारमा व्यक्तिगत र सामाजिक नियन्त्रणको अभ्यास लागू ग¥यो । आस्थाका आधारमा पूजा गर्ने स्वतन्त्रता राज्यले प्रदान ग¥यो । तर, सामाजिक अशान्ति पैmलाउने अभ्यासलाई राज्यले निरुत्साहित ग¥यो ।
राज्यमा सुशासन र संयमता आवश्यक रहेको बोध गरियो । कन्प्mयुसियसको सिद्धान्तअनुसार शासकले नैतिक जिम्मेवारी पालन गर्थे । युरोपमा शासक हुन राजाको सन्तान हुनुपर्ने अभ्यासभन्दा फरक चीनमा शासक हुनुको वैधानिकता उसको नैतिकताको आधारमा हुन्थ्यो । युरोप र चीनमा स्वर्गको परिकल्पना फरक थियो । अनिकाल, भूकम्प, गरिबी, प्राकृतिक विपत्ति आदि भएमा त्यसलाई रोक्न नसके राजाको शासन गर्ने अधिकार फिर्ता गरिने अभ्यास चीनमा थियो ।
चिनियाँ राज्यको आप्mनो जिम्मेवारी बहन गर्ने दिशामा नैतिक भूमिका एक अंशमात्र हो । शासकलाई शासन गर्ने अधिकार प्राप्त हुनु भनेको जनताको जनजीविका सहजीकरणका लागि हो । साथै, पर्यावरण र आर्थिक प्रश्नहरूमाथि सम्बोधन गर्नु पनि राज्यको दायित्व हुन्छ । युआन वंश (१२७१–१३६८) बाट सुरु भएको अभ्यासको निरन्तरताको रूपमा अठारौँ शताब्दीमा छिङ्ग वंशको समयमा खाद्यान्नको मूल्य स्थिरताका निम्ति राज्यले खाद्यान्न भण्डारको व्यवस्था गर्नु यसको एउटा उदाहरण हो ।
Leave a Reply