न्गुएन थि डिन्ह (Nguyen Thi Dinh)
- भाद्र १२, २०८३
नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालको गतिविधि, अभिव्यक्ति, माग र दबाब हेर्दा पार्टी फूटको सङ्घारमा पुगेको अनुभव जो कोहीलाई हुन्छ । प्रधानमन्त्री केपी ओलीले पार्टी विभाजनसम्बन्धी विधेयक ल्याएको प्रसङ्ग र पार्टी तथा सभामुखको परामर्शविना एकतर्फीरूपमा वर्षे अधिवेशन भङ्ग गरेको घटना र निर्वाचन आयोगमा नेकपा एमाले दल दर्ता भएको घटनाले पार्टी फूटको स्थितिमा पुगेको अड्कल गर्न सकिन्छ । प्रमको हुँकार र एकतर्फी निर्णयको कारण प्रम र अध्यक्ष पदबाट राजीनामा माग्नु, सरकार र पार्टीको परामर्शविना आफूखुसी अघि बढ्नु, सरकार विधि र प्रक्रियाअनुसार अघि नबढेको अध्यक्ष दाहालको माग र अभिव्यक्तिले के दल फूटको बाटोमा गएको आकलन गर्न सकिँदैन ?
नेकपा अध्यक्षद्वयको चाहना पार्टी फूट भए पनि पार्टीको फूटको दोष आफूहरू लिन चाहँदैनन्, यो अर्को यथार्थ हो । पार्टी फुटाउने नेतालाई पार्टीका नेता, मन्त्री, सांसद, जनप्रतिनिधि, कार्यकर्ता र शुभचिन्तकहरूले दोष दिने र चर्को विरोध गर्ने सङ्केत देखिएकोले ती दुवै नेता प्रत्यक्षतः पार्टी फुटेको शङ्खघोष गर्दैनन् । एकतर्फी निर्णय गर्न अघि लम्केका अभिमानी प्रम ओलीको व्यवहार ‘जनयुद्ध’ छेडेर बन्दुक राजनीति गरिसकेका दाहाललाई पच्ने कुरा पनि आउँदैन । कार्यकारी अध्यक्षले पार्टी हेर्नुपर्दैन भनी हप्काउने तर काम बढाउन खोज्दा नमान्ने केपी ओलीको व्यवहारले दाहाललाई पार्टीको जिम्मेवारी दिएर अघि बढ्न नसक्ने प्रम ओलीको सङ्केत देखिन्छ । अध्यक्ष दाहाललाई पालो पालो प्रम बनाउने मौखिक सहमति तोडेर कार्यकारी अध्यक्षको जिम्मा दिएको लोभले उक्त कुरा पुष्टि गर्छ । ती दुई नेताको आरोप–प्रत्यारोप हेर्दा, बुझ्दा, अध्ययन गर्दा पार्टी फुटेको नै राम्रो भन्ने लागेको हुनुपर्छ । दुई अध्यक्षलाई प्रमको पद र अध्यक्षजस्तो दुइटै पद नदिने दाहालको अडान र कुनै पनि पद नछाड्ने ओलीको अडानले दुवै नेताको अन्तद्र्वन्द्व वैचारिक बहस होइन पदकै निम्ति हो भन्ने कुरा छर्लङ्ग छ । हालको दुई अध्यक्षको स्थिति हेर्दा दाहाल रक्षात्मक स्थितिमा देखिन्छ भने ओली आक्रामक स्थितिमा देखिएको छ । जबकि आन्तरिक विवादमा सुरुका दिनमा दाहाल आक्रामक स्थितिमा र ओली रक्षात्मक स्थितिमा देखिएको थियो । प्रमको राजीनामा माग कुनै हालतमा न्यायोचित नभएको स्वर सल्केपछि दाहाल रक्षात्मक स्थितिमा पुगेको हो कि ¤ अब कुन दिन के विषयमा कहिले सहमति हुने हो, सहमति भएपछि दुवैको कार्य क्षेत्र कसरी अघि बढ्ने हो ? राजनीतिक वृत्तमा चर्चाको विषय स्वाभाविक हो ।
Leave a Reply