‘विदेशी पुँजीले नेपालीको पुँजीलाई खाने खतरा छ’
- पुष १६, २०८२
भक्तपुर, २४ साउन । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि. को भक्तपुर नगर सहकारी समन्वय उपसमितिको आयोजनामा आ.व. २०७७÷७८ को साधारणसभा सञ्चालनबारे भक्तपुर नगरपालिका क्षेत्रमा अवस्थित सहकारी संस्थालाई जानकारी र राय सुझाव लिने उद्देश्यले शनिबार अन्तरक्रिया कार्यक्रमको आयोजना भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उपत्यकामा कोभिड – १९ को सङ्क्रमण दिनप्रतिदिन बढिरहेको विषम परिस्थितिमा धेरै मान्छे जम्मा हुने खालका कुनै पनि गतिविधि सञ्चालन नगर्न÷नगराउन आग्रह गर्नुभयो । लकडाउनको अवधिभर भक्तपुरका सहकारी संस्थालगायतका सङ्घ संस्थाहरूले गरेको सहयोगप्रति धन्यवाद दिँदै उहाँले भक्तपुर नपाले सङ्क्रमणको जोखिमलाई ध्यानमा राखी ऐतिहासिक तथा सांस्कृतिक जात्रा तथा पर्व स्थगित गरेको बताउनुभयो ।
भक्तपुर नपाले यहाँका विकास निर्माण तथा नियमित कार्यहरूमा मितव्ययिता अपनाइरहेको जानकारी दिँदै नगर प्रमुख प्रजापतिले रोजगारीको समस्या भएको बेला सहकारी संस्थाले सदस्यहरूलाई आत्मनिर्भर बनाउने खालका तालिमहरू सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
शैक्षिक संस्था बन्द रहेको यो अवस्थामा विद्यालयहरूले अनलाइन तथा भर्चुअल कक्षा सञ्चालन गरी प्रविधिमैत्री शिक्षा प्रदान गरिरहेको चर्चा गर्दै प्रमुख प्रजापतिले व्यक्तिभन्दा समाज अगाडि हो भन्ने मान्यताअनुरूप अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि.का अध्यक्ष कृष्णगोविन्द लाखाजुले कोभिड १९ को प्रभावका कारण सहकारी संस्थाहरूको सहकारी ऐनबमोजिम साधारणसभा गर्ने सम्बन्धमा अन्योल सिर्जना भएको बताउँदै सङ्घले भक्तपुर नपा र प्रशासनसँग समन्वय र सहकार्य गरी सचेतना कार्यक्रमहरू सञ्चालन गरेको बताउनुभयो । उहाँले सहकारी संस्थाको भूमिका जस्तोसुकै अवस्थामा समुदायप्रति जवाफदेही हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका सभापति एवम् भक्तपुर नगर सहकारी समन्वय उपसमितिका संयोजक जगनाथ प्रजापतिले साधारणसभा सञ्चालनको लागि सबैको साझा धारणा र राय सुझाव सङ्कलनको लागि सङ्घले भक्तपुर जिल्लाको चारवटै नगरपालिकामा अन्तरक्रिया र छलफलहरू सञ्चालन गरिरहेको बताउनुभयो ।
कार्यक्रममा सङ्घका व्यवस्थापक बालकृष्ण ध्वजुले सङ्घको उद्देश्य र बन्दाबन्दीको समयमा सङ्घले खेलेको भूमिकाबारे प्रस्ट पार्नुभयो ।
अन्तरक्रिया कार्यक्रममा भक्तपुर नगर सहकारी समन्वय उपसमितिका सदस्य राम सिख्व र सत्यनारायण पक्काले पनि बोल्नुभएको थियो ।
साधारणसभा सञ्चालनबारे भएको छलफलमा सहभागी भक्तपुर नपाभित्रका विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरूले कोभिडको महामारीबीच धेरै भीड जम्मा हुने किसिमले साधारणसभा सञ्चालन गर्नु उपयुक्त नहुने र सकभर यस आर्थिक वर्षको लागि स्थगित गर्नुपर्ने, सहकारी संस्थाहरूले सदस्य सङ्ख्याको आधारमा क्षेत्रगतरूपमा साधारणसभा सञ्चालन गर्न सकिने र आर्थिक मितव्ययिता र सामाजिक दुरी कायम गरी गर्न सकिनेलगायतका धारणा व्यक्त गरेका थिए ।
Leave a Reply