भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को बजेट वक्तव्य
- असार ११, २०८३
जापानको हिरोशिमा सहरमा संरा अमेरिकी साम्राज्यवादले पहिलो आणविक बम आक्रमण गरेर १ लाख ३० हजार मानिसको एकै चिहान र ३ लाख ५० हजारलाई घाइते बनाएको बुधबार ७५ वर्ष पूरा भयो । हेर्दाहेर्दै आकाश अन्धकार भएको, सहरभरि आगोको मुस्लो देखिएको, हजारौँ मानिस जलेर मरेको, कैयौँ मानिस रक्ताम्य भएर चिच्याउँदै भाग्दै गरेको, कैयौँ भुईँमा रगतले लतपतिएर हारगुहार गरिरहेको दृश्य सम्झिने ज्येष्ठ जापानी नागरिक आज पनि भन्छन् – यस्तो विपत्ति कसैले कहिल्यै देख्न नपरोस् ¤ हिरोशिमा आक्रमणपछि संरा अमेरिकाले अगष्ट ९ को दिन जापानकै नागाशाकी सहरमा ८० हजारको ज्यान लिने गरी अर्काे आणविक आक्रमण गरेर आफ्नो साम्राज्यवादी चरित्र अझ उदाङ्गो पा¥यो । अमेरिकी आणविक आक्रमणको कारण आज पनि कैयौँ केटाकेटी विकलाङ्ग जन्मिँदै छन् । त्यसैले हिरोशिमा बम आक्रमण मानव इतिहासमा सबभन्दा निन्दनीय कालो दिनको रूपमा संसारभर लिइन्छ ।
निश्चय नै जापानले विशाल चीनलगायत उत्तरपूर्वी एसियाका देशहरूमाथि आफ्नो औपनिवेशिक पञ्जा गाडिराखेको थियो । दोस्रो विश्व युद्धमा जर्मनी, इटाली, जापानको संयुक्त ‘एक्सिस’ शक्ति थियो भने संरा अमेरिका, बेलायत, फ्रान्स, सोभियत सङ्घ ‘एलाइड’ शक्तिको रूपमा दुई धु्रवका युद्ध मोर्चा बनेका थिए । ‘एलाइड’ शक्तिभित्रको सोभियत सङ्घमा समाजवादी झन्डा फहरिसकेपछि जापानमा कम्युनिस्ट झन्डा नफहरियोस् भन्ने प्रमुख कारणले हतपत जापानलाई आत्मसमर्पण गराउने नाममा आफ्नो जिम्मामै नपरेको देश जापानमाथि आक्रमण ग¥यो अमेरिकाले । एलाइड शक्तिबीचको निर्णयअनुसार सन् १९४५ अगष्टमै सोभियत सेना जापानमाथि आक्रमणको तयारी गर्दै थियो । यसरी जापानमा समाजवादी प्रभाव रोक्ने उद्देश्यका साथ अमेरिकाले लाखौँ मानिस मारेको प्रमाणित हुन्छ । अर्काे कुरा, अमेरिका आफूलाई महाशक्तिको रूपमा देखाउन खोज्दै थियो भने आणविक बमको विनाशकारी क्षमताको आकलन गर्ने उद्देश्यसाथ हिरोशिमामा बम आक्रमण गरेको इतिहासकारहरूको ठहर हो । आज पनि अमेरिकी साम्राज्यवाद विश्वका स–साना र निर्धन देशहरूमाथि हैकम चलाउन आणविक युद्धको धम्की दिइरहेको छ । संसारलाई कैयौँ पटक ध्वस्त गर्न सकिने आणविक अस्त्र थुपारेर संरा अमेरिका स–साना देशले आणविक परीक्षण वा हतियार बनाएको रिसमा तिनविरूद्ध युद्धको धम्की र युद्ध लादिरहेको छ । त्यसैले साम्राज्यवादी युद्धको विरोध संसारभरका न्यायप्रेमी जनता गर्दै छन् ।
Leave a Reply