कङ्गोमा एक हजार जनाभन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि : डब्ल्यूएचओ
- असार ११, २०८३
काठमाडौँ, २४ साउन । नेपाल मजदुर किसान पार्टी काठमाडौँ महानगर समितिको आयोजनामा पार्टी मुखपत्र ‘मजदुर किसान’को अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भयो ।
कामपा वडा नं. २६ मा भएको उक्त कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले कार्र्ताको राजनीतिक र सांस्कृतिक स्तरलाई उठाउन पार्टीले प्रकाशनलाई जोड दिँदै आएको प्रस्ट पार्दै कार्यकर्ताहरूले पार्टी प्रकाशनहरू अनिवार्यरूपमा अध्ययन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले चीनका लु सुन र रूसका म्याक्सिम गोर्कीका साहित्यबाट जनता सचेत गराउने काम भएकोले चिनियाँ र रूसी क्रान्तिमा उहाँहरूको योगदान ठुलो रहेको बताउनुभयो ।
“नेमकिपाले देश र जनताको हितमा इमानदारीपूर्वक सेवा गरिरहेको अवस्थामा सबै राजनैतिक कार्यकर्ताहरूले पार्टीको सिद्धान्त र विचारलाई जनतामाझ प्रचार गर्नु आवश्यक छ,” उहाँले भन्नुभयो ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य राजवीर डंगोलले संसारका हरेक ठुल–ठुला घटनाले सकारात्मक र नकारात्मक असर पार्ने धारणा राख्दै सकारात्मक पक्षलाई अनुसरण गर्नुपर्ने बताउनुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य नारायणबहादुर दुवालले ‘मजदुर–किसान’ पुस्तक गहिरिएर अध्ययन गरी व्यावहारिकतामा जानुपर्ने बताउनुभयो ।
उहाँले देश र जनताको सेवामा लाग्ने पार्टी कहिल्यै पराजय नहुने स्पष्ट पार्नुभयो ।
आयोजक समितिका अध्यक्ष सुरेन्द्र महर्जनको सभापतित्वमा भएको कार्यक्रममा प्राध्यापक आशाकाजी महर्जन, लेखक शेखर सुवाल, कुलनारायण डंगोल, अधिवक्ता सानुकाजी महर्जनले ‘मजदुर–किसान’ का विभिन्न लेख–रचनाबारे आ–आफ्नो बुझाइ राख्नुभएको थियो ।
Leave a Reply