भर्खरै :

पार्टी प्रकाशन अध्ययनमा जोड

काठमाडौँ, २४ साउन । नेपाल मजदुर किसान पार्टी, तारकेश्वर नगर समितिको आयोजनामा तारकेश्वर नपा ७ फुटुङ्गमा पार्टी प्रकाशन ‘मजदुर–किसान’ वर्ष १० अङ्क १ को अन्तरक्रिया कार्यक्रम भयो ।
उक्त अन्तरक्रिया कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेश सांसद सुरेन्द्रराज गोसाईले कार्यकर्ताले पार्टीका प्रकाशनहरू अध्ययन गरी जनताको सेवामा लाग्नुपर्ने बताउनुभयो ।
शासक दलहरूले आफ्ना कार्यकर्ता र नेपाली जनतालाई सिद्धान्त र विचार दिएर राजनैतिक चेतना दिनुको सट्टा ठेक्कापट्टा र गैरसरकारी सङ्घसंस्थामा खटाएर अकुत सम्पत्ति कुम्ल्याइरहेको बताउनुभयो ।
अर्का केन्द्रीय सदस्य सनकमान महर्जनले दुईतिहाइ बहुमतको ओली सरकारले ठुलठुला व्यापारी, भ्रष्ट ठेकेदारको सल्लाहमा बदनाम व्यक्तिलाई विभिन्न समितिमा नियुक्ति गर्नु अनुचित भएको बताउनुभयो ।
उहाँले ओली सरकार पुँजीवादी सरकार भएको हुँदा बहुमत नेपाली जनताको पक्षमा नभएको बताउनुभयो ।
अन्तरक्रिया कार्यक्रममा केन्द्रीय सदस्य राजवीर डंगोल, वैकल्पिक केन्द्रीय सदस्य नारायणबहादुर दुवाल, मन्दिरा महर्जन, रमिता महर्जन, विद्या महर्जनले पनि मजदुर किसानमा प्रकाशित लेख रचनाबारे आ–आफ्नो विचार राख्नुभएको थियो । कार्यक्रमको सभापतित्व नगर अध्यक्ष श्यामकुमार महर्जनले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *