‘विदेशी पुँजीले नेपालीको पुँजीलाई खाने खतरा छ’
- पुष १६, २०८२
जेनेभा, ११ अगस्ट । कोभिड–१९ महामारीविरुद्ध लड्ने खोप (भ्याक्सिन) संसारका सबैतिर सबैको पहुँचमा पु¥याउन १ खर्ब अमेरिकी डलरको खाँचो पर्ने विश्व स्वास्थ्य सङ्गठनले बताएको छ ।
जेनेभास्थित विश्व स्वास्थ्य सङ्गठनको मुख्यालयमा आयोजित भर्चुएल पत्रकार भेटघाटमा महानिर्देशक टेड्रोस अधानम घेब्रिससले भने, “धेरै मानिस यति धेरै पैसाको कुरा सुनेर आत्तिन सक्छन् । तर, जी २० मा समावेश देशहरूले कोभिड–१९ को कारण आफ्नो अर्थतन्त्रमा पारेको प्रभाव नियन्त्रणको लागि जारी गरेका आर्थिक कार्यक्रम १ शंख (१० त्रिलियन) अमेरिकी डलर बराबर भएको तुलनामा यो पैसा निकै थोरै हो ।”
उनले आगामी तीन महिना विश्व स्वास्थ्य सङ्गठनले जारी गरेको एक्टको कार्यप्रगतिबारे बुझ्ने निकै महत्वपूर्ण समय हुने बताए । कोभिड १९ को परीक्षण, उपचार र खोपको लागि विकास, उत्पादन र समतामूलक पहुँचलाई गति दिन विश्वव्यापी सहकार्यको कार्यक्रमलाई नै एक्ट कार्यक्रम भनिएको छ ।
महानिर्देशक घेब्रिससले एक्टको कार्यप्रभावकारिताको मापन गर्नुअघि संसारले यसमा लगानी सुनिश्चित गर्नुपर्ने बताए ।
उनले एक्ट कार्यक्रमको लक्ष्य र त्यसको निम्ति संसारबाट जम्मा हुने रकमबीच ठुलो अन्तर कायम नै रहेको बताए । “हामीले अहिलेसम्ममा जम्मा १० प्रतिशतमात्र रकम सङ्कलन गर्नसक्ने अवस्था बनेको छ”, उनले भने ।
“नेताहरूले अब काम गर्ने बेला भएको र नागरिकले नयाँ सावधानीका उपायबारे सचेत हुनुपर्नेछ”, उनले भने ।
समूहगतरूपमा विश्व स्वास्थ्य सङ्गठनबाट हट्ने प्रस्तावको विरोध
चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ ली चेनले अगस्ट ११ तारिख नियमित पत्रकार सम्मेलनमा विभिन्न पक्षले वास्तविक कारबाहीमार्फत बहुपक्षीयतावादको समर्थन दिन र विश्व स्वास्थ्य सङ्गठनलाई विश्व महामारीविरुद्ध सहयोगमा निरन्तररूपमा नेतृत्व भूमिका निर्वाह गर्न समर्थन दिने आशा व्यक्त गर्नुभएको छ ।
रोयटरले जनाएअनुसार, नामरहित अधिकारीका अनुसार, फ्रान्स र जर्मनीले विश्व स्वास्थ्य सङ्गठनको सुधारसम्बन्धी सात मुलुक समूहको वार्ताबाट हटेको र हट्नुको कारण अमेरिकाले विश्व स्वास्थ्य सङ्गठनबाट हट्ने कुराको घोषणा गरेपछि सधैँ नै सम्बन्धित वार्ताको नेतृत्व गरेको हो । इटालीको स्वास्थ्य मन्त्रालयले वार्ता सधैँ भइरहेको तर इटालीको अडान फ्रान्स र जर्मनीसित एउटै भएको कुरा बताएको छ ।
प्रवक्ता चाउले विश्व स्वास्थ्य सङ्गठनले विश्वको कोरोना भाइरस महामारीको सामना क्षेत्रमा केन्द्रीय समन्वय भूमिका निर्वाह गरेको र विश्व स्वास्थ्य सङ्गठनलाई समर्थन दिनु अन्तर्राष्ट्रिय महामारीविरुद्धको सहयोगको समर्थन दिनु हो भन्दै यो अन्तर्राष्ट्रिय समाजको व्यापक सहमति भएको बताउनुभयो ।
रूस बन्यो कोभिड–१९ खोपलाई स्वीकृति दिने पहिलो देश
संसारमा सबैभन्दा पहिले कोभिड–१९ खोपलाई स्वीकृति दिँदै यसलाई राज्यमा दर्ता गर्ने पहिलो मुलुक रूस बनेको रूसी समाचार संस्था स्पुतनिकले जनाएको छ ।
“मेरो जानकारीअनुसार संसारमा कोभिड–१९ सङ्क्रमणविरुद्धको पहिलो खोप आज बिहान दर्ता गरिएको छ,” राष्ट्रपति भ्लादिमीर पुटिनले सरकारसँगको बैठकमा भन्नुभयो ।
“मलाई आशा छ कि निकट भविष्यमा हामी यस औषधिको सामूहिक उत्पादन सुरु गर्न सक्षम हुनेछौँ, जुन एकदम महत्वपूर्ण छ,” उहाँले थप्नुभयो । यसैबीच, रूसका स्वास्थ्यसेवा मन्त्री मिखाइल मुराश्कोले रुसी माइक्रोबायोलोजी अनुसन्धान केन्द्र गमलेयाको कोभिड–१९ खोपलाई राज्यले दर्ता गरेको जानकारी दिनुभएको छ । गमलेयाले बनाएको खोप सुरक्षित र प्रभावकारी साबित भएको उहाँले बताउनुभयो ।
यद्यपि खोपबारे विश्व स्वास्थ्य सङ्गठनको आधिकारिक धारणा आइसकेको छैन ।
आफ्नी एउटी छोरीले खोपको परीक्षणका लागि एक मात्रा प्रयोग गर्ने सौभाग्य पाएको भन्दै रूसी राष्ट्रपतिले यसमा खुसी व्यक्त गर्नुभयो ।
“मेरी छोरीमध्ये एक छोरीलाई खोप दिइयो । वास्तवमा उनले एक प्रयोगमा भाग लिइन् । पहिलो खोप लगाएपछि उनको शरीर ३८ डिग्री सेल्सियस (१०० डिग्री फरेनहाइट) पुगेको थियो । तर भोलिपल्ट तापक्रम केही कम तर ३७ डिग्रीभन्दा माथि रहेको थियो ।”
जोन्स हकिन्स विश्वविद्यालयको पछिल्लो अपडेटअनुसार हालसम्म कोभिड–१९ बाट विश्वमा दुई करोड ९२ हजार ८५५ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ भने हालसम्म सात लाख ३६ हजार २५४ सङ्क्रमितको मृत्यु भएको छ ।
विश्व स्वास्थ्य सङ्गठनले गत मार्च ११ मा कोरोना भाइरसलाई महामारीका रूपमा विश्वभर फैलिएको घोषणा गरेको थियो ।
Leave a Reply