कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –१
- श्रावण १, २०८३
नेभिल म्याक्सवेलको ‘भारतको चीन युद्ध’ पुस्तकबारे ‘शमशेरजीले लेख्नुभएको समीक्षा (२०७७ साउन २७ गते) र त्यसअघि ‘मजदुर’ दैनिकमा धाराबाहिकरूपमा ४० भागसम्म प्रकाशित सो पुस्तकको अध्ययनमा आधारित लेखहरू पढ्ने अवसर पाएँ । त्यस पुस्तकबारे विश्वविद्यालयका प्राध्यापक र राजनैतिक नेताहरू माझमा बरोबर चर्चा हुन्थ्यो । भारततिर झुकाव राख्ने प्राध्यापकहरूले मन दुखाउलान् भनी कलेजका अनौपचारिक छलफलमा कति मौन बस्थे त कति जनाले विषय नै बदल्थे । तर, सत्य त सत्य नै हुन्छ ।
पुस्तकको नाम जे लेखिए पनि सन् १९६२ को त्यस ‘युद्ध’ लाई ‘चीन –भारत सीमा भिडन्त’ र ‘भारत–चीन सीमा विवाद’ को रूपमा बढीले हेर्थे । युद्ध निश्चित उद्देश्यको निम्ति हुने गर्छ । के साँच्चै चीन ‘आक्रामक’ र ‘साम्राज्यवादी’ भएको भए पछाडि हटेर युद्धविरामको घोषणा गथ्र्याे ?
भारतले ‘चिनियाँ बाँदरहरूलाई लखेट’ भन्दै दिल्लीले आदेश दिएको थियो । भारतको तर्फबाट लडेका नेपाली सिपाहीहरू लडाइँको अग्रपङ्क्तिमा नै राखिएका थिए ।
युद्धपछि भारततर्फबाट लडेका घाइतेहरूलाई चिनियाँहरूले नै आवश्यक उपचार गरे । चिनियाँहरू ‘आक्रामक’ भए भारतीयहरूले नै चिनियाँ घाइतेहरूलाई उपचार गरेका हुन्थे । चिनियाँ भूमिमा आक्रमण गर्दा घाइते पनि चिनियाँ भूमिमा हुनु स्वाभाविक थियो ।
अन्य भारतीय युद्धबन्दीहरूलाई तिनीहरूले बुझ्ने भारतीय भाषाका चिनियाँ सहयोगीहरूले सेवा गर्थे । भारतको तर्फबाट लडेका घाइते सिपार्हींहरूलाई चिनियाँहरूले चीनको सरकार मजदुर–किसानहरूको सरकार र समाजवादको निम्ति लडेको सरकार भनी सम्झाउँथे । चीनले छिमेकी देशहरूसँग लड्ने उद्देश्य नराखेको भन्थे । चिनियाँ र भारतीय जनता एसियाली दाजुभाइ हुन् भन्थे ।
युद्धबन्दीहरूलाई सुपुर्द गर्दा भारतीय सिपाहीँहरू चिनियाँ सहयोगीहरूसँग अङ्गालो मिलाएर मित्रताको आँसु झार्दै फर्केका थिए ।
त्यस्ता सबै जवानहरूलाई ‘चिनियाँहरूले हृदय परिवर्तन गरायो’ भन्दै अवकास दिएको हल्ला भएको थियो ।
पक्राउ परेका भारतीय माथिल्ला सैनिक अफिसरहरूलाई चीनका सहरहरूबाट हङकङमा लगेर भारतीय अधिकारीहरूसमक्ष सुम्पियो भन्ने खबर सुनिएको थियो ।
तर, म्याक्सवेलको ‘भारतको चीन युद्ध’ पुस्तकमा कुङमिङका भारतीय अधिकारीहरूसमक्ष सुम्पियो भन्ने उल्लेख छ ।
युद्धबन्दी सिपाहीँहरूका बन्दुक, तिनका सामान र हतियारको नम्बरसमेतको सूची भारतीय पक्षलाई हस्तान्तरण गरिएको चर्चा चलेको थियो ।
लडाइँको २० वर्षपछि नेफामा बसेका एक बङ्गाली सैनिक अफिसरको भनाइ थियो, “त्यो लडाइँ किनिएको लडाइँ थियो र वरफिलो ठाउँमा सीसाको घरमा बसिन्थ्यो, पानीको सट्टा वियर र दामी रक्सी खाइन्थ्यो । गरिब देशलाई अनावश्यक खर्च गर्न दिएको लडाइँ थियो ।”
आसाम वा अरुणाञ्चल क्षेत्रमा सडक बनाउने एक नेपाली इन्जिनियर भन्थे, “अस्तिमात्रै बनाएका पुललाई चिनियाँहरू नआऊन् भनी टीएनटीले अर्थात् बारुदले उडाउन आदेश दिइयो । डोजर र अन्य सडक बनाउने गाडीहरू स्टार्ट गरी तारका मोटा–मोटा डोरीले विस्तारै पहाडका खोँचमा खसालियो । २ वर्षपछि ती गाडीहरू तान्दा स्टार्ट भएको थियो र माथि तानियो ।”
जान्ने– सुन्ने भारतीयहरूसमेत चिनियाँहरू बङ्गालको बन्दरगाह कब्जा गर्न आउने बताउँथे । ती ठाउँका धनीमानी परिवार आफ्नो सम्पत्ति बोकेर रेलबाट कलकत्तातिर गइरहेका थिए ।
तर, भारतीय पुँजीवादी बुद्धिजीवीहरू समाजवादी र साम्राज्यवादीहरूबारे राम्रो जानकारी राख्दैनन् । भगतसिंहकै बेला एकाध ज्येष्ठ क्रान्तिकारीहरू, दोस्रो विश्वयुद्धमा रुसी लालसेनाले पूर्वी युरोपका देशहरूमा समाजवादी सरकारहरू स्थापना गरेजस्तै चिनियाँहरूलाई भारतमा स्वागत गर्ने होला भन्ठान्थ्यो । त्यसो भएन ¤ त्यसबेला सङ्कटकाल लगाइएको थियो र कम्युनिस्टहरू पक्राउ पर्नाले साँचो कुरा भारतीय जनतासम्म नपुगेको देखिन्छ ।
Leave a Reply