सोभियत सङ्घमा मिखाइल गोर्भाचोभले अगाडि सारेको ग्लास्नोस्ट र पेरेस्ट्रोइका सुधार नीति चर्चाको शिखरमा रहँदा एक क्रान्तिकारी कम्युनिस्ट नेतृ एवम् रसायनशास्त्रका प्राध्यापक नीना एन्ड्रेएभाले सो नीतिको आलोचना गरिन् । नीनाको धारणा सन् १९८८ मार्च १३ मा सोभेत्स्काया रोसिया नामक पत्रिकामा पहिलो पटक छापियो । ग्लास्नोस्ट र पेरेस्ट्रोइका तत्कालीन सोभियत सङ्घका निमित्त उपयुक्त नीति थिएन । आर्थिक सुधारको कुरा गरे पनि गोर्भाचोभको प्रस्ताव समाजवादी मूल्यमान्यता, कम्युनिस्ट सिद्धान्त, लेनिनवादी नीति तथा स्तालिनको अडानविरुद्ध थियो । ग्लास्नोस्ट र पेरेस्ट्रोइका सोभियत सङ्घको मर्मविपरीत भएकै कारण नीनाले अडान लिइन्, “म मेरो सिद्धान्त त्याग्न सक्दिनँ, सम्झौता गर्न सक्दिनँ ।” नीनाको विचार र विश्लेषणमा धेरै पार्टी पोलिट्ब्युरो सदस्यहरूले सहमति जनाए । गोर्भाचोभ र यल्सिनको एकताले सोभियत सङ्घको समाजवाद ध्वस्त बनाउनेतर्फ ती सचेत थिए ।

तर, गोर्भाचोभको संशोधनवादी नीति, अर्थवादी नीतिकै कारण स्तालिनको मृत्युपछि सोभियत सङ्घ ढल्यो । सोभियत सङ्घ ढलेपछि एन्ड्रेएभाले बोल्सेविकहरूको अखिल कम्युनिस्ट पार्टी स्थापना गरिन् । जीवनको अन्तिम क्षणसम्म कम्युनिस्ट पार्टीका निम्ति, समाजवाद तथा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका निम्ति योगदान गरिन् ।
नीना एन्ड्रेएभाको पत्र ‘म मेरो सिद्धान्त त्याग्न सक्दिनँ’ ( I cannot Forsake my principles) मा के छ ?
ग्लास्नोस्ट र पेरेस्ट्रोइका नीतिमाथि लामो विचार मन्थनपछि नीनाले आप्mनो विचार लेख्ने निधो गरिन् । उनी एक रसायनशास्त्री थिइन् । लेनिनग्राडको लेनसोभेट प्राविधिक संस्थामा प्राध्यापन गर्थिन् । प्राध्यापनसँगसँगै उनी विद्यार्थीहरूको समूह र तिनको झुकाव अध्ययन गर्दै थिइन् । सामाजिक उदासिनता र बौद्धिक निर्भरताको अवधि पछ्याउँदै तिनीहरू तत्काल हुने क्रान्तिकारी परिवर्तनको पक्षमा अघि सर्दै थिए । विकास र पुनः निर्माणका आर्थिक र विचारधारात्मक पक्षहरूमा छलफल चल्यो । ग्लास्नोस्ट अर्थात् खुलापनको चर्चाले तत्कालीन विशेषतः युवादस्तालाई छोयो । पश्चिमी मिडिया र समाजवादको आवश्यकतालाई हल्का ढङ्गले लिने स्वदेशी जनता ग्लास्नोस्ट नीतिबाट प्रभावित थिए । थुप्रै विषयमा छलफल अगाडि बढ्यो । बहुदलीय शासन प्रणाली, धार्मिक प्रचारबाजीमा स्वतन्त्रता, विदेशमा बसाइ सराइको प्रावधान, प्रेसमा लैङ्गिक समस्याबारे खुलेर छलफल गर्न पाउने अधिकार, नेतृत्वको संस्कारमा विकेन्द्रीकरणको आवश्यकता, अनिवार्य सैन्य सेवाको उन्मूलन, यी विषयहरूमा विद्यार्थीहरूबिच देशको विगतसँग तुलना गर्दै छलफल चलेको थियो । प्राध्यापक र लेक्चररहरूलाई विद्यार्थीका ती विरोधाभाषपूर्ण प्रश्नहरूमा इमानदारीपूूर्वक जवाफ दिने, फराकिलो सांस्कृतिक ज्ञान र बुझाइको धरातलमा टेकेर जवाफ दिने जिम्मेवारी थियो । यी प्रश्नहरूमा सामाजिक विज्ञानका प्राध्यापकहरूको मात्र जिम्मेवारी थिएन, सम्पूर्ण शिक्षक प्राध्यापकहरूको दायित्व थियो ।

युवाहरूमाझ नीना
नीना आप्mना विद्यार्थीहरूसँग पेटरगफ पार्कमा हिँड्न मनपराउँथिन् । त्यहाँको मनोरम दृश्यसँगै विद्यार्थीका तर्कवितर्क सुन्न रुचाउँथिन् । तातो रगत भएका युवा विद्यार्थीहरूसँग तत्काल समस्या समाधान गरी भविष्यको मार्गचित्र या नक्सा कोर्ने जोशजाँगर हुनु स्वाभाविक नै हो । नीनालाई लागिरहन्थ्यो ‘यी युवाहरूलाई, भर्खरका जोशिला मनहरूलाई गलत विचार र दृष्टिकोणबाट कसरी टाढा राख्ने ? आप्mनो देशको इतिहासको सत्यतथ्य कसरी बताउने ? सङ्घर्षशील विगतप्रति गौरव गर्न कसरी सिकाउने ? आखिर तिनले नै भविष्यको निर्माण गर्छन् । तिनलाई गलत सिकाइहरूबाट कसरी जोगाउने ?’
प्राविधिक शिक्षा र विज्ञानका विद्यार्थीहरूलाई नाजी आक्रमणविरुद्धको युद्ध र युद्धका नायकहरूको यथार्थ कथा सुनाउन जरुरी थियो तर इतिहास बताउनेहरूले गल्ती गरे के गर्ने ? आजका मानिसहरूमा सही ज्ञान नभए भविष्यमा इतिहासको मर्म मर्नेछ । यसका थुप्रै दृष्टान्तबारे नीनाले चिन्तन गरेकी थिइन् । तत्कालीन समयमा प्राविधिज्ञहरूसमेतले सामाजिक विज्ञानका सैद्धान्तिक समस्याहरूमा चासो देखाउनु अत्यन्त सुखद पक्ष थियो । तर, नीना युवाहरूबीच चलेका सम्पूर्ण छलफलहरूमा सकारात्मक थिइनन् । केही विद्यार्थीहरूमा नीहिलिश्टिक अर्थात् जीवनलाई सम्पूर्ण धर्म र नैतिक सिद्धान्तमाथिको विश्वासका आधारमा अर्थहीन बताउने विचारको छाप परेको थियो । युवाहरू वैचारिकरूपमा अलमलमा पर्ने छलफल नीना रूचाउँदिनथिन् । गुलिया र चम्किला तर असत्य विषयहरूमा युवालाई तान्दै लगेकोमा खेद प्रकट गर्थिन् । एक समय प्रचार भयो, “कम्युनिस्टहरू सन् १९१७ देखि देश र जनताको जीवनमाथि अमानवीय शासन गर्न आएका हुन् ।” युवा–विद्यार्थीलाई यस्ता गलत कुरा सिकाउँदा देश र समाजवादको भविष्य अँध्यारो हुने तर्क नीनाको थियो । समाजवाद जोगाउन, इतिहासको गौरव कायम राख्न युवा–विद्यार्थी सुशिक्षित हुनुपर्नेमा उनी अडिग थिइन् ।
नीनाले सधँै युवा विद्यार्थीलाई वर्गीय चेतना दिनुपर्ने, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय सन्दर्भमा वर्गसङ्घर्षको शिक्षा दिनुपर्ने तर्क राख्थिन् । समाजमा वर्गको अस्तित्व र इतिहासदेखि वर्तमानसम्म वर्गहरूबीचको भिन्नतालाई छलफल र सिकाइको विषयवस्तु बनाइनुपर्छ, भन्थिन् । वर्गचेतना महत्वपूर्ण हुन्छ भन्ने सन्दर्भ नीनाले पत्रमा महत्वका साथ उठाएकी छिन् ।
समाजवाद जोगाउन सङ्घर्ष भइरहेकै समयमा रुसमा प्रतिक्रियावादीहरू सक्रिय थिए । सोभियत रुसमा प्रतिक्रियावादी लेखक र पत्रिकाहरूले झूठो र सनसनीपूर्ण खबर लेखकहरूमार्पmत जनता भड्काउने कार्य गर्थे । सोभियत सङ्घमा सन् १९२० देखि १९३० सम्मको प्रतिक्रान्तिकारी गतिविधिबाट जनताले के पाए ? जर्मनीमा हिटलर र फासीवादी शक्तिको उदयका लागि स्तालिन किन दोषी ? थुप्रै पुस्ता र सामाजिक समूहमा स्तालिनवादीहरूको हिसाबकिताब किन ? प्रतिक्रियावादी लेखकहरू यी प्रश्न जनतालाई अलमलमा पार्नकै निम्ति गर्छन् । त्यस्तो साहित्य र लेखकको विरुद्ध नीनाले कलम चलाइन् ।

आफ्नो कार्यकक्षमा नीना
तत्कालीन समयमा जस्तो खालका नाटक, वृत्तचित्र, चलचित्र बन्थे, त्यस्तै प्रभाव नयाँ पुस्तामा पर्दै गयो । किरोभ हत्याकाण्डको विषयमा राम्रो वृत्तचित्र बनेको थियो तर त्यसमा दिइने सबटाइटल भ्रामक खालको थियो, सत्य दबाउने खालको थियो । समाजवाद निर्माण र विकासको जनइच्छा, उत्सुकतालाई दबाउने खालका थुप्रै चलचित्रहरू बनाइएका थिए । लेखक साट्रोभ (Shatrov) लिखित एउटा नाटकको उदाहरण प्रस्तुत छ – ‘The Brest Peace’ नामक नाटकमा लेनिनलाई ट्रोट्स्कीसामु घुँडा टेक्न लगाइन्छ । त्यो सङ्घर्षकै अपमान थियो । देशको इतिहासको गलत व्याख्या कला–साहित्यको माध्यमबाट निर्माता निर्देशकहरूले गर्दै थिए जसको प्रत्यक्ष प्रभाव युवादस्तामा पर्दै थियो ।
साट्रोेभलिखित त्यस नाटकलाई पछि सोभेत्स्काया रोसिया र प्राब्दाले खण्डन गरे । साट्रोभको नाटकले समाजवादको मूल्यमान्यतालाई भत्काउन खोजेको थियो । समाजवादी व्याख्याका लागि सर्वहारा जनता र बोल्सेविक पार्टीको भूमिकालाई गौण बनाई गैरजिम्मेवार राजनीतिज्ञ र संशोधनवादीहरूलाई महत्वका साथ उभ्यायो । त्यसकारण इतिहासका अध्येता र सच्चा माक्र्सवादी–लेनिनवादीहरूले नाटकको आलोचना गरे । नाटकका लेखक साट्रोभले सर्वहारा वर्गको अधिनायकत्व अस्वीकार गर्दै ट्रोट्स्की र किरोभको हत्याको आरोप स्तालिनमाथि थोपरे । साथै, स्तालिनले लेनिनलाई बिरामी पर्दा एक्ल्याइएको आरोपसमेत लगाए । कुनै प्रमाणबिना एक ऐतिहासिक व्यक्तित्वविरुद्ध कसरी पक्षपातपूर्ण आरोप लगाउन सक्छन् भन्ने प्रश्न नीनाले गरेकी थिइन् । यस्ता थुप्रै लेखक, लेख, फिल्म र नाटकहरूको विषयमा नीनाले तीखो आलोचना गरेकी थिइन् ।
सामाजिक विज्ञानका थुप्रै पक्षहरूमा भइरहेको छलफलमा उनले लेखेकी थिइन् – “म एक प्राध्यापकको नाताले ती अनावश्यक र भड्किलो छलफलले युवापुस्तामा पार्ने असर या प्रत्यक्ष प्रभावमा बढी चासो राख्दछु । युवाहरूको वैचारिक तथा राजनीतिक शिक्षा, उनीहरूको नैतिक स्वास्थ्य र उनीहरूको सामाजिक सकारात्मकताजस्ता विषयमा बढी ध्यान दिने गर्दछु ।” स्तालिनविरुद्ध, इतिहासविरुद्धका गलत र एकतर्फी व्याख्यालाई चिर्न आवश्यक रहेको उनले औँल्याएकी थिइन् ।
उदाहरणका लागि सोभियत सङ्घको इतिहासमा जोसेफ स्तालिनको स्थानबारे प्रश्नलाई महत्वका साथ उठाएकी छिन् । प्रतिक्रियावादी र स्तालनविरोधीका सम्पूर्ण प्रहार आक्रोश र निर्मम आक्रमण स्तालिनको नामसँग जोडियो तर स्तालिनकालीन ऐतिहासिक युगको कुरा गर्दा, सङ्क्रमणको त्यो अवधिको सन्दर्भ उठ्दा स्तालिनमात्रको कुरा गर्नु मनासिव हुन्न, सम्पूर्ण पुस्ताकै भूमिका कोट्याउन जरुरी हुन्छ भन्ने अभिव्यक्ति नीनाको हो । प्रतिक्रियावादीहरूले व्यक्तिपूजाको आक्षेप लगाई स्तालिनविरुद्ध विषवमन गरेका थिए । औद्योगिकिकरण, सामूहिकीकरण र सांस्कृतिक क्रान्तिमार्फत सोभियत रुसलाई महान् विश्व शक्तिराष्ट्र बनाउने नेतृत्वदायी भूमिकालाई व्यक्तिपूजाको सीमित घेराभित्र राख्न खोजिएकोमा नीनाको विरोध थियो । स्तालिनको पथमा हिँड्ने स्तालिनवादीहरूलाई बलपूर्वक पश्चाताप गर्न बाध्य बनाइँदै थियो । स्तालिनको त्यो युगलाई नै जनताको दुखान्त (तचबनभमथ या तजभ उभयउभि) को रूपमा प्रस्तुत गर्ने साहित्य र चलचित्रहरूलाई प्रोत्साहन गरिइँदैै थियो । तर, इतिहासकै अन्त्य अर्थात् इतिहासलाई नै अर्थहीन बताउने त्यस्ता साहित्य र चलचित्रको निरन्तर खण्डन गरिन् । जनतालाई सत्यतथ्य बताउने पक्षमा नीना उभिइन् ।
नीनाले पत्रमा लेखेकी थिइन्, “म र मेरो परिवारका सदस्यहरू कुनै पनि भूमिकामा स्तालिनसँग काम गर्ने अवसर पाएनौँ । मेरा बुबा लेनिनग्राड बन्दरगाहमा मजदुर हुनुहुन्थ्यो । मेरी आमा र ठुलो दाइ किरोभ आयोजनामा काम गर्नुहुन्थ्यो । मेरा बुबा, दाइ, बहिनी हिटलरविरोधी युद्धमा मारिए । मेरो एक आफन्त पार्टी कारबाहीमा परी २० औँ पार्टी अधिवेशनबाट पुनः चुनिए । सन् १९३० र १९४० को दशकको शुद्धीकरण आन्दोलनमा आम रुसी जनताको जस्तो अनुभव अर्थात् पार्टी नेतृत्वप्रतिको रिस र क्रोधको भावना थियो, म पनि त्यही समयबाट गुज्रेकी हुँ । तर, अहिले तत्कालीन समयको एकतर्फी दृष्टिकोणबाट पार्टी र नेतृत्वलाई चित्रण गर्ने कार्य प्रेस मुखपत्रहरूबाट भइरहेको छ जसको विरोध आवश्यक छ ।” यो अभिव्यक्तिले नीना स्तालिनकी नातिनी भएकै कारण स्तालिनको समर्थन उनले गरेको होइन भन्ने बुभ्mन सकिन्छ ।
समाजवादको गौरवलाई अझ उँचो बनाउन पार्टीले गरेको आह्वानमा नीनाले समर्थन जनाइन् । स्तालिनसहित पार्टी र देशका नेताहरूको ऐतिहासिक भूमिका नयाँ पुस्तालाई बताइनुपर्ने उनको तर्क थियो । नेतृत्वलाई कुनै व्यक्तिगत विषयमा अर्थात् कुनै कठिन घडीमा तल्लो स्तरमा झारेर कुरा गर्नु गलत हो । ती नेताहरू आजको निमित्त पनि उत्साह र ऊर्जाको केन्द्र बन्न सक्दछन्, आदर्श बन्न सक्छन् भन्ने ठम्याइ नीनाको हो ।
स्तालिनको व्यक्तित्वमाथि हिलोछ्याप्ने काम एकोहोरो भइरहेको बेला देशबाहिरका शत्रुहरूले भने स्तालिनको नेतृत्व कौशलको प्रशंसा गरेका थिए । सन् १९१९ मा सोभियत सङ्घर्षतर्फ फर्कंदा बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिल स्तालिनको व्यक्तित्वबाट प्रभावित बनेका थिए भन्ने सन्दर्भ नीनाको पत्रमा उल्लेख छ ।
सन् १९१७ को क्रान्तिपछि भर्खर जन्मेको सोभियत सङ्घलाई तहसनहस बनाउन १४ वटाभन्दा बढी विदेशी राज्यले सैन्य आक्रमण गरेका थिए । स्तालिनले सोभियत सङ्घलाई जोगाउन गरेको प्रतिकारबाट उनका अत्यन्त कट्टर राजनीतिक प्रतिद्वन्द्वी चर्चिलले ४० वर्षपछि यस्तो बोलेका थिए ।
“स्तालिन हाम्रो कठिन युगका अत्यन्त प्रभावशाली र जुझारु व्यक्तित्व थिए । स्तालिन असाधारण ऊर्जा, ज्ञान, विद्वता र अपरिवर्तनीय इच्छाशक्तिका धनी थिए । स्तालिन अडिग, साधारण मान्छेले हराउन नसक्ने, तथ्यतथ्याङ्कमा विश्वास गर्ने, कसैप्रति दयामायाकै आधारमा व्यवहार नदेखाउने व्यक्ति थिए ।” चर्चिलको भनाइ छ, “म बेलायती संसद्मा हुर्केको मान्छे तर मैले तर्क र बुद्धिमत्तामा उनलाई हराउन सकिनँ । यही असाधारण गुणका कारण स्तालिनलाई अन्य नेताहरूभन्दा पृथक र विशेष बनायो । त्यसकारण, उनी जनताको आकर्षणको केन्द्र बने । जतिबेला स्तालिन याल्टा सम्मेलन कक्षमा प्रवेश गर्थे, हामी सबै उभिने गथ्र्यौँ हामीलाई कसैले आदेश दिएझँै गरी उभिन्थ्यौँ ।” “आश्चर्यको कुरा त के हो भने हामी अत्यन्त सावधानीपूर्वक अभिवादन गथ्र्यौँ । स्तालिन अत्यन्त गहिरो, सुन्दर, तर्कसङ्गत र समझदार ज्ञानले सुसज्जित थिए । उनले रुसको अत्यन्त कठिन घडीबाट आशावादी परिस्थितिसम्म डो¥याउन पथप्रदर्शक या मार्गदर्शकको भूमिका निर्वाह गरे । उनी त्यस्ता व्यक्ति थिए जसले आप्mनो शत्रु नष्ट गर्न आफ्ना शत्रुनै प्रयोग गरे । साम्राज्यवादीहरूसँग लड्न उनले हामीसँग आह्वान गरे । काठको हलो प्रयोग गर्ने रुसबाट आणविक हतियार सम्पन्न रुसमा विकास गर्ने व्यक्ति स्तालिन नै थिए ।”
प्रस्तुती ः सुनीति
Leave a Reply